पोर्चुगल भर्सेज हंगेरी – यी हुन् हेर्नलायक खेलाडी

२०७८ असार १ गते, मंगलवार

एजेन्सी
पाँचौपटक युरोकप खेल्न लागेका रोनाल्डो यस प्रतियोगिताको इतिहासकै सर्वकालीन सफल खेलाडीमध्ये एक हुन् । यस अर्थमा उनको प्रतिस्पर्धा आफैंसँग हो । उनी युरोकपको सर्वकालिन गोलकर्ताको सुचीमा ९ गोलसहित माइकल प्लाटिनीसँगै संयुक्त रुपमा शीर्ष स्थानमा छन् । यो रेकर्ड रोनाल्डोले यसपटक एकलौटी गर्ने अपेक्षा छ ।

त्यस्तै, उनी सर्वाधिक धेरै अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडीको सुचीमा ईरानमा अली देईपछि दोस्रो स्थानमा छन् । अलीले १ सय ९ र रोनाल्डोले १ सय ४ गोल गरेका छन् । यस प्रतियोगितामा रोनाल्डो चम्कन सके उनले यो कीर्तिमान बराबरी गर्ने वा तोड्ने संभावना पनि छ । तर, व्यक्तिगत रेकर्डभन्दा पनि देशका लागि रेकर्ड राख्ने रोनाल्डोको धोको छ । सन् २०१६ को च्याम्पियन पोर्चुगलले उपाधि रक्षा गरेमा स्पेनको रेकर्ड बराबरी गर्नेछ । युरोमा लगातार दुईपल्ट उपाधि जित्ने स्पेन एक्लो टोली हो, उसले २००८ र २०१२ मा यो उपाधि जितेको थियो । ३६ वर्षीय पोर्चुगिज कप्तानका लागि सायद यो अन्तिम युरोकप हो ।

रोनाल्ड सल्लाही
जर्मन क्लब एससी फ्रेइवर्गबाटे रोनाल्ड सल्लाहीले यस सिजन ८ गोल गरे । उनले आफ्नो उच्च प्रदर्शनलाई आजको खेलमा पनि निरन्तरता दिने अपेक्षा गरिएको छ । २४ वर्षका यी विंगर खेलको गति र नतिजा परिवर्तन गर्नसक्ने खुबी राख्छन् । घरेलु मैदानमा उनी चल्न सके हंगेरीले पोर्चुगलमाथि दबाब बनाउनसक्छ ।

453 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal