बच्चालाई गाली गर्नुभएको छ भने ‘सरी’ भनेर तुरुन्त गल्ती सुधार्नुहोस्, यसो गर्दा आफू पनि दुःखी छु भनेर बताउनुहोस्

२०७८ जेष्ठ २८ गते, शुक्रबार

एजेन्सी
‘आइ एम सरी’ । हुन त यो तीन शब्दको सानो वाक्य हो तर यसको असर ठूलो हुनसक्छ । विशेषगरी जब कुरा बच्चाको आउँछ । यस्तै घटना अघिल्लो हप्ता अमेरिकामा भयो । जब एक कामकाजी आमा घरबाट कार्यालयको काम गरिरहेकी थिइन् । त्यति नै बेला छोरीले उनलाई डिस्टर्ब गरिन् । उनलाई स्कूलको कार्यक्रममा एउटा हंटको जिम्मेवारी दिइएको थियो ।

कहिले रातो रङको चप्पल, कहिले काइँयो गर्दै जब उनी चौथो पटक कोठामा आइन् तब उनलाई आमाले झर्केर ‘गेट आउट’ भनिदिइन् । छोरी दुःखी भइन् । आमाले निकै कठोरताका साथ छोरीलाई सो कुरा भनेकी थिइन् । यद्यपि, उनले यसअघि आफ्नी छोरीसँग यसरी कुरा गरेकी थिइनन् ।

विशेषज्ञका अनुसार यो सामान्य कुरा हो, सबै अभिभावकसँग यस्तो घटना भइरहेको हुन्छ । तर जतिबेला यस्तो हुन्छ, तपाईंले बच्चासँग माफी माग्नुपर्छ । यसबाहेक तपाईं यी तीन बिन्दुमाथि ध्यान दिन सक्नुहुन्छ ।

आफ्नो गल्ती स्विकार्नुः

न्यू साउथ वेल्स युनिभर्सिटीमा क्लिनिकल साइकोलोजीकी प्राध्यापक जेनी हडसन भन्छिन्, ‘जतिबेला यस्तो हुन्छ, तपाईं शान्त भएपछि बच्चासँग तुरुन्त माफी माग्नुहोस् र आफ्नो भावना बच्चालाई बुझाउनुहोस् । बच्चालाई भन्नुहोस् कि यसरी रिसाउँदा तपाईं पनि दुःखी हुनुहुन्छ । हताशमा यस्तो भएको हो, बच्चालाई भन्नुहोस् कि यसमा उनको कुनै गल्ती थिएन । बच्चाहरुसँग वकमा जान सक्नुहुन्छ । गहिरो सास लिनुहोस्, त्यतिबेला अन्य कुरा गर्नबाट जोगिनुहोस् ।’

आफूलाई समय दिनुहोस्ः

यस्तो स्थितीमा के गर्ने भनेर सोच्नु सकिरहनुभएको छैन भने आफूलाई थोरै समय दिन सक्नुहुन्छ । मनोवैज्ञानिक एलेक्जेन्ड्रा साक्सका अनुसार बच्चा साना हुन्छन्, उनीहरुलाई एक्लै छोड्न सक्नुहुन्नँ । तपाईं कुनै साथीलाई फोन गरेर मन हल्का बनाउन सक्नुहुन्छ ।

बच्चाको ठाउँमा बसेर सोच्नुहोस्ः

डा। साक्सका अनुसार बच्चा भावनामाथि नियन्त्रण गर्न सक्दैनन् त्यसैले तुरुन्त व्यक्त गर्छन् । उनीहरुको ठाउँमा बसेर सोच्नुहोस् । हामीमध्ये धेरैजना यो स्थितिबाट गुज्रिरहेका छौं । महामारीले आर्थिक, मानसिक तनाव यति धेरै बढाइदिएको छ कि अभिभावकले धैर्य गुमाउने गर्छन् । यो स्थितिलाई कुराकानीमार्फत् सम्हाल्न सकिन्छ ।

बारम्बार मजाक नउडाउनुहोस्, उनीहरुमा नकारात्मक भावना आउन सक्छ

जर्ज वासिङ्टन युनिभर्सिटी स्कूलमा मनोचिकित्सककी विशेषज्ञ डा। पूजा लक्ष्मिनका अनुसार बच्चालाई बेस्सरी गाली गर्नु सामान्य हो तर उनीहरुमाथि कहिल्यै पनि शारीरिक वा भावनात्मक रुपमा नकारात्मक व्यवहार नगर्नुहोस् । उनीहरुको बारम्बार मजाक नउडाउनुहोस्, प्रेममा कहिल्यै पनि कमी नगर्नुहोस् । यसले उनीहरुलाई नकारात्मक महसुस गराउन सक्छ । तर तपाईं सधैं यस्तै व्यवहार गर्नुहुन्छ भने यसले तपाईंको बच्चालाई थप हेरविचारको आवश्यकता छ भन्नेतर्फ संकेत गर्छ । यसका लागि डाक्टरको पनि मद्दत लिन सक्नुहुन्छ ।

510 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal