सोमबारदेखि बाँके जिल्लाभरि लकडाउन

२०७८ बैशाख १२ गते, आईतवार

बाँके । स्थानीय प्रशासनले बाँके जिल्लाभरि लकडाउन गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सोमबार राति १२ बजेदेखि २० गते राति १२ बजेसम्म जिल्लाभरि लकडाउन हुने बताए।
बाँकेका कोरोना संक्रमित ह्वात्तै बढ्दा स्थानीय प्रशासनले ८ गते रातिदेखि १५ गते रातिसम्म नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा मात्रै लकडाउन गरेको थियो ।
संक्रमितको संख्या बढेपछि स्थानीय प्रशासनले जिल्लाभरि लकडाउन बढाएको हो। प्रजिअ गेलालले जारी गरेको सूचनामा दैनिक उपभोग्य वस्तु तरकारी, खाद्य, दूध, ग्यासका पसल बिहान ६ देखि ९ बजेसम्म सञ्चालन हुने उल्लेख गरिएको छ।
स्वास्थ्य, शान्ति सुरक्षा, विद्युत्, दूरसञ्चार, खानेपानी, फोहोरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, तरकारी, खाद्य तथा दुग्ध पदार्थ, औषधि पसल, बैंकको एटीएमजस्ता अत्यावश्यक सेवा एवं सार्वजनिक निर्माण कार्य, पूर्व निर्धारित परीक्षा र हवाईसेवा सञ्चालन गर्न पाइनेछ।
बाँकेका संक्रमणसँगै मृत्युदर बढेको छ । बाँकेमा रातिदेखि आइतबार अपराह्न ४ बजेसम्म सात जनाको मृत्यु भइसकेको छ। जिल्लामा अहिलेसम्म ८५ जनाको मृत्यु भइसकेको छ।

212 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी

२०८३ असार ३ गते, बुधबार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

२०८३ असार ३ गते, बुधबार

गेरुवामा निशुल्क लोकसेवा तालिम समापन

२०८३ असार ३ गते, बुधबार

‘हाम्रो उद्देश्य विद्यार्थीलाई विदेश पठाउने मात्र होइन, उनीहरूको भविष्य निर्माणमा सहयात्री बन्नु हो’ शिशिर सिंखडा

२०८३ असार ३ गते, बुधबार

राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास र निष्क्रियता

२०८३ असार ३ गते, बुधबार

पसिना र रगत बिस्तारै चुस्तै चुस्तै जवानी खेर जाने ठाउँलाई नै सायद प्रदेश भनिएको

२०८३ असार ३ गते, बुधबार

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड

२०८३ असार २ गते, मंगलवार

MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता

२०८३ असार २ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal