अस्पतालमा आगो लाग्दा पनि मुटुको सर्जरी गरिरहेका चिकित्सकहरूको फोटो एकाएक भाइरल

२०७७ चैत्र २३ गते, सोमबार

एजेन्सी । रुसमा चिकित्सक र नर्सहरूको एक समूहले आफ्नो कर्तव्य पालन गर्दै ब्लागोभेशचेन्स्कमा रहेको अस्पतालमा आगलागी हुँदा पनि मुटुको शल्यक्रिया जारी राखेका छन् ।
भवन आगोको लप्कामा घेरिँदा पनि चिकित्सकहरूले रोगीको शल्यक्रिया गरिरहे । घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । रोगीको ज्यान बचाउन आफ्नै ज्यान जोखिममा पार्ने अस्पताल कर्मचारीलाई धेरै मानिसले प्रशंसा गरिरहेका छन् ।
रुसको आपतकालीन मनधालयका अनुसार, आगलागी भयंकर रहेकाले त्यसलाई निभाउन ५९ जना अग्निनियन्त्रकहरू लागेका थिए । घटनामा कसैलाई चोटपटक नलागेको भए पनि निभाउन घन्टौं लागेको थियो । बिजुलीको गडबडीका कारण आगलागी भएको हो ।
१२० भन्दा बढी रोगीलाई अस्पतालबाट निकालिएको थियो । तिनमा ६७ जना रोगी थिए । कतिपयलाई हालै मात्र मुटुको शल्यक्रिया गरिएको मन्त्रालयले जनायो ।
अस्पतालको पहिलो तल्लामा एकजना रोगीलाई बाइपास सर्जरी गरिरहेको बेलामा छतमा आगो लागेको खबर पहिला आएको थियो । तर आठ सदस्यीय टोलीले शल्यक्रिया जारी राख्यो ।
‘कतै जाने ठाउँ थिएन, रोगीलाई बचाउनैपर्ने थियो । हामीले सक्ने जति सबै प्रयास गर्‍यौं,’ मुटुरोग केन्द्रको शल्यक्रिया विभागका प्रमुख भ्यालेन्टिन फिलातोभले बताए । आमुर क्षेत्रका गभर्नर भासिली ओर्लोभले चिकित्सकहरूका लागि पुरस्कारको घोषणा गरेका छन् ।

https://youtu.be/fJhbBgbu25s
361 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal