अस्पतालमा आगो लाग्दा पनि मुटुको सर्जरी गरिरहेका चिकित्सकहरूको फोटो एकाएक भाइरल

२०७७ चैत्र २३ गते, सोमबार

एजेन्सी । रुसमा चिकित्सक र नर्सहरूको एक समूहले आफ्नो कर्तव्य पालन गर्दै ब्लागोभेशचेन्स्कमा रहेको अस्पतालमा आगलागी हुँदा पनि मुटुको शल्यक्रिया जारी राखेका छन् ।
भवन आगोको लप्कामा घेरिँदा पनि चिकित्सकहरूले रोगीको शल्यक्रिया गरिरहे । घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । रोगीको ज्यान बचाउन आफ्नै ज्यान जोखिममा पार्ने अस्पताल कर्मचारीलाई धेरै मानिसले प्रशंसा गरिरहेका छन् ।
रुसको आपतकालीन मनधालयका अनुसार, आगलागी भयंकर रहेकाले त्यसलाई निभाउन ५९ जना अग्निनियन्त्रकहरू लागेका थिए । घटनामा कसैलाई चोटपटक नलागेको भए पनि निभाउन घन्टौं लागेको थियो । बिजुलीको गडबडीका कारण आगलागी भएको हो ।
१२० भन्दा बढी रोगीलाई अस्पतालबाट निकालिएको थियो । तिनमा ६७ जना रोगी थिए । कतिपयलाई हालै मात्र मुटुको शल्यक्रिया गरिएको मन्त्रालयले जनायो ।
अस्पतालको पहिलो तल्लामा एकजना रोगीलाई बाइपास सर्जरी गरिरहेको बेलामा छतमा आगो लागेको खबर पहिला आएको थियो । तर आठ सदस्यीय टोलीले शल्यक्रिया जारी राख्यो ।
‘कतै जाने ठाउँ थिएन, रोगीलाई बचाउनैपर्ने थियो । हामीले सक्ने जति सबै प्रयास गर्‍यौं,’ मुटुरोग केन्द्रको शल्यक्रिया विभागका प्रमुख भ्यालेन्टिन फिलातोभले बताए । आमुर क्षेत्रका गभर्नर भासिली ओर्लोभले चिकित्सकहरूका लागि पुरस्कारको घोषणा गरेका छन् ।

https://youtu.be/fJhbBgbu25s
370 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal