प्रधानमन्त्रीमा मेरो दाबी छैनः प्रचण्ड
सिन्धुली । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री पदमा दाबी नरहेको बताएका छन्।
प्रेस सङ्गठन नेपाल सिन्धुलीले सिन्धुलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आफू र आफ्नो पार्टीले प्रधानमन्त्री पदमा दाबी नगरेको बताए। उनले भने, ‘अबको प्रधानमन्त्री को बन्छ भन्ने राजनीतिक सहमतिबाट हुन्छ, जुन अहिले दलबीच छलफल चलिरहेको छ ।’ ‘सहमति अब धेरै टाढा छैन’, उनले भने।
लोकतन्त्र, समावेसी, समानुपातिक र संविधानविरुद्धका चलखेल अझै पनि नरोकिएको उनले बताए। प्रधानमन्त्रीको कार्यशैलीप्रति असुन्तुष्टि जनाउँदै दाहालले सत्य, न्याय र विधिको सधै जीत हुने बताए। अझै पनि कम्युनिष्टको बृहत्तर एकता हुनुपर्दछ भन्दै उनले सबै इमान्दार कम्युनिष्ट एकताका पक्षमा उभिनुपर्ने बताए।
केन्द्रमा सरकार परिवर्तन नभएसम्म प्रदेशको सरकार पनि परिवर्तन नहुने अध्यक्ष दाहालले बताए। उनले भने, ‘सर्वदलीय बैठकमा राष्ट्रपतिले त सामान्य कुरा नै राख्नुभयो, बङ्गलादेश भ्रमणलगायतका विषयमा जानकारी गराउनुभयो, तर प्रधानमन्त्रीले संसद् नि चल्दैन, फेरि पनि विघटनमै जानुपर्छ भन्ने खालले प्रस्तुत हुनुभयो, यसले फेरि पनि राजनीतिक दललाई चिन्तित तुल्याएको स्थिति छ।’ (रासस)
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





