अपाङ्गको प्रतिभा निखार्न ‘मिस एण्ड मिसेज डिश्याबिलिटी क्वीन’ हुने
काठमाडौंँ । अपाङ्गता भएको ब्यक्तिहरुको क्षमता र उहाँहरुमा लुकेर रहेको प्रतिभा निखार्ने र सामाजमा उनीहरुलाईलाई फरक चिनारी बनाउन सहयोग पुर्याउने उदेश्यले सौदर्य प्रतियोगिता ‘मिस एण्ड मिसेज डिश्याबिलिटी क्वीन २०२१’ आयोजना हुने भएको छ ।
अपाङ्गता भएका ब्यक्तिहरुको सांस्कृतिक समाज नेपाल र ग्रिन आर्ट मिडिया प्रा.लिको संयुक्त प्रतियोगिता आयोजनामा हुन लागेको हो । शुक्रबार सानेपास्थित हेरिटेज गार्डेनमा एक कार्यक्रम आयोजना गर्दै आयोजकले प्रतियोगिताको बिभिन्न पक्षको जानकारी गराएको छ ।
कार्यक्रममा काठमाडौँ लाइन्स क्बल आफ काठमाडौ क्यापिटलका पुर्व अध्यक्ष तथा समाजसेवी किशोर भक्त श्रेष्ठले प्रतियोगिताले अपाङ्गता भएको ब्यक्तिलाई समाजमा अगाडि बढाउन मद्दत पुग्ने बताए । उनले आफुले अपाङ्गता भएको ब्यक्तिलाई अगाडि बढाउने कार्यक्रममा हरहमेसा सहयोगका लागि अगाडि आउने जानकारी दिए ।
त्यस्तै ग्रिन आर्ट मिडियाका सिइयो प्रविन लाकौले आपाङ्गता भएको ब्यक्तिलाई पनि समाजमा अगाडि ल्याउनु पर्छ भनेर प्रतियोगीता आयोजना गर्न लागेको बताए । उनले प्रतियोगिताको आपाङ्गता भएका ब्यक्तिले भरपुर उपयोग गर्नुुपर्ने धारणा ब्यक्ति गरे ।
अपाङ्गता भएका ब्यक्तिहरुको सांस्कृतिक समाज नेपाल (सि.एम.पि.डि नेपाल)का सभापति सरिता थुलुङ्ले प्रतियोगिताले अपाङ्गता भएको ब्यक्तिलाई अगाडि लयाउन मद्दत पुग्ने भएको आफुले सहकार्य गरेको बताइन् । प्रतियोगिताको लाभ अपाङ्गता भएको ब्यक्तिले उठाउनुपर्ने धारण उनको रहेको थियो । उनले अपाङ्ता भएको ब्यक्तिलाई फरक क्षमता भएको ब्यक्ति भन्ने गरिए पनि उनीहरुलाई अपाङ्गता भएको ब्यक्तिकै रुपमा सम्बोधन गर्नुपर्ने उनको धारणा रहेको थियो ।
आगामी चैत्र २१ गते हेरिटेज गार्डेन सानेपामै आयोजना हुने प्रतियोगीतामा अनिला श्रेष्ठको कारीयोग्राफी रहनेछ । प्रतियोगितामा शिर्ष सहित बिभिन्न उपबिधामा बिजेता छानिने र बिजेताले बिभिन्न पुरस्कार समेत जित्नसक्ने आयोजकले जनाएको छ ।
ताजा
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवार
कांग्रेसको महाधिवेशन आजदेखि
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





