अपाङ्गको प्रतिभा निखार्न ‘मिस एण्ड मिसेज डिश्याबिलिटी क्वीन’ हुने

२०७७ फाल्गुन २५ गते, मंगलवार

काठमाडौंँ । अपाङ्गता भएको ब्यक्तिहरुको क्षमता र उहाँहरुमा लुकेर रहेको प्रतिभा निखार्ने र सामाजमा उनीहरुलाईलाई फरक चिनारी बनाउन सहयोग पुर्याउने उदेश्यले सौदर्य प्रतियोगिता ‘मिस एण्ड मिसेज डिश्याबिलिटी क्वीन २०२१’ आयोजना हुने भएको छ ।
अपाङ्गता भएका ब्यक्तिहरुको सांस्कृतिक समाज नेपाल र ग्रिन आर्ट मिडिया प्रा.लिको संयुक्त प्रतियोगिता आयोजनामा हुन लागेको हो । शुक्रबार सानेपास्थित हेरिटेज गार्डेनमा एक कार्यक्रम आयोजना गर्दै आयोजकले प्रतियोगिताको बिभिन्न पक्षको जानकारी गराएको छ ।
कार्यक्रममा काठमाडौँ लाइन्स क्बल आफ काठमाडौ क्यापिटलका पुर्व अध्यक्ष तथा समाजसेवी किशोर भक्त श्रेष्ठले प्रतियोगिताले अपाङ्गता भएको ब्यक्तिलाई समाजमा अगाडि बढाउन मद्दत पुग्ने बताए । उनले आफुले अपाङ्गता भएको ब्यक्तिलाई अगाडि बढाउने कार्यक्रममा हरहमेसा सहयोगका लागि अगाडि आउने जानकारी दिए ।
त्यस्तै ग्रिन आर्ट मिडियाका सिइयो प्रविन लाकौले आपाङ्गता भएको ब्यक्तिलाई पनि समाजमा अगाडि ल्याउनु पर्छ भनेर प्रतियोगीता आयोजना गर्न लागेको बताए । उनले प्रतियोगिताको आपाङ्गता भएका ब्यक्तिले भरपुर उपयोग गर्नुुपर्ने धारणा ब्यक्ति गरे ।
अपाङ्गता भएका ब्यक्तिहरुको सांस्कृतिक समाज नेपाल (सि.एम.पि.डि नेपाल)का सभापति सरिता थुलुङ्ले प्रतियोगिताले अपाङ्गता भएको ब्यक्तिलाई अगाडि लयाउन मद्दत पुग्ने भएको आफुले सहकार्य गरेको बताइन् । प्रतियोगिताको लाभ अपाङ्गता भएको ब्यक्तिले उठाउनुपर्ने धारण उनको रहेको थियो । उनले अपाङ्ता भएको ब्यक्तिलाई फरक क्षमता भएको ब्यक्ति भन्ने गरिए पनि उनीहरुलाई अपाङ्गता भएको ब्यक्तिकै रुपमा सम्बोधन गर्नुपर्ने उनको धारणा रहेको थियो ।
आगामी चैत्र २१ गते हेरिटेज गार्डेन सानेपामै आयोजना हुने प्रतियोगीतामा अनिला श्रेष्ठको कारीयोग्राफी रहनेछ । प्रतियोगितामा शिर्ष सहित बिभिन्न उपबिधामा बिजेता छानिने र बिजेताले बिभिन्न पुरस्कार समेत जित्नसक्ने आयोजकले जनाएको छ ।

223 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

युवा : उमेर होइन, सम्भावनाको नाम हो

२०८३ श्रावण २७ गते, बुधबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal