पशुपतिनाथमा ‘क्यूआर कोड’मार्फत भेटी दान गर्न सकिने

२०७७ फाल्गुन १४ गते, शुक्रबार

काठमाडौँ– पशुपतिनाथमा अब ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने भएको छ। पशुपतिनाथ मन्दिरको दक्षिण प्रवेशद्वार, जुत्ता चप्पल कक्ष, महास्नानघर अघि र मूल मन्दिर परिसरमा राखिएको ‘क्यूआर कोड’ मार्फत भेटी दान गर्न सकिने छ।
यसका लागि ती स्थानमा यन्त्र समेत राखिएको छ। ती स्थानमा राखिएका कोड मोबाइल उपयोग गरी अनलाइन ‘पे सिस्टम’बाट बैंकमा रहेको पशुपति क्षेत्र विकास कोषका खातामा दान गर्न सकिने छ। सो प्रणालीबाट भेटी दान दिँदा दुरुपयोग हुने सम्भावना नहुने जनाइएको छ। यसबाट पशुपतिनाथका नाममा प्राप्त हुने दान, दक्षिणा पनि पारदर्शी हुने विश्वास गरिएको छ ।

कोष र बैंक अफ काठमाडौँ लिमिटेडको सहकार्यमा पशुपतिनाथ मन्दिर क्षेत्रका चार स्थानमा ‘क्यूआर कोड’ मार्फत अनलाइनबाट भेटी दान गर्न सकिने प्रणाली स्थापना गर्ने सम्बन्धी शुक्रबार सम्झौतासमेत भएको छ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सो कार्यको शुभारम्भ गर्दै देशभर यो प्रणालीको विकास गरिनुपर्ने बताए। देशभर यो चेतना बढाउन सबै लाग्नुपर्नेमा उनले जोड दिए। कोषका सदस्य सचिव डा प्रदीप ढकालले सामान किनमेल गर्दा पैसा दिने प्रणाली हुँदा कतिपय अवस्थामा पैसा फिर्ता लिन मन नलाग्ने अवस्थाबाट प्रविधिले मुक्ति दिएको बताए। बैंक अफ काठमाडौँ लिमिटेडका अध्यक्ष प्रकाश श्रेष्ठले देशका अन्य मठमन्दिरमा पनि यो सेवा पुर्‍याइने जानकारी दिए। (रासस)

235 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

‘ईयुमा डट कम’ले बुधबारदेखि आफ्नो औपचारिक सेवा सञ्चालनमा

२०८३ श्रावण २० गते, बुधबार

हलमा छैन ‘गौँथली’को टिकट

२०८३ श्रावण १९ गते, मंगलवार

‘आइतबारको अफिस’ को परिचर्चा सम्पन्न

२०८३ श्रावण १९ गते, मंगलवार

अर्जुन चन्द्रको ‘संवेदनाका प्रतिध्वनि’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ श्रावण १९ गते, मंगलवार

‘दुर्गा’ निर्माण गर्दै सम्राट

२०८३ श्रावण १८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक

२०८३ श्रावण १८ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal