किसान सेन्टर एकद्वार प्रणालीमार्फत कृषिको सूचना व्यवस्थित गर्छौः मन्त्री अर्याल

२०७७ फाल्गुन १४ गते, शुक्रबार

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले किसान सेन्टर एकद्वार प्रणली स्थापना गर्ने तयारी गरिएको बताउनुभएको छ । कृषि तथा पशुपंक्षी बिटमा समाचार रिपोर्टिङ गर्ने विभिन्न सञ्चारमाध्यमका पत्रकारहरुसँग आज भेटघाट गर्दै मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो ।
कृषिको सूचना व्यवस्थित गर्ने सन्दर्भमा किसान सेन्टरमार्फत एकद्वार प्रणाली स्थापना गर्ने तयारीमा रहेको मन्त्री अर्यालले बताउनुभएको हो । ‘प्रविधि प्रशारण र प्रविधि हस्तान्तरण महत्वपूर्ण कुरा हो । अहिले जम्मा २० प्रतिशत किसानले मात्र प्रविधिको प्रयोग गर्ने रहेछन्’, मन्त्री अर्यालले भन्नुभयो, ‘प्रविधिको प्रयोग गर्ने किसानहरुको संख्या बढाउदै जानुपर्छ । हामीले किसान सेन्टर एकद्वार प्रणालीको स्थापना गरेर कृषिको सूचना व्यवस्थापन गछौ ।’
कृषिभित्र रहेको मिलिजुली ठेकेदारी प्रथा, अनुदानमा बेथिती जस्ता बिकृत्तिलाई तोडेर जाने मन्त्री अर्यालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘तपाईहरुले बारम्बार उठाउदै आउनुभएको छ । कृषिमा मिलिजुली, ठेकेदारी प्रथा, अनुदानमा बेथिती जस्ता समस्या रहेका छन् । यति पैसा लगेपछी यति मलाई भन्ने बिकृत्ति तोडेरै छाड्छौ । यसलाई तोडेरै हामी जान्छौ ।’
कालिमाटी फलफूल तथा तरकारी बजारमा देखिएको बेथिती तोड्नका निम्ती कार्यबिधी बनाइसकेको भन्दै उहाँले त्यहाँ देखिएको फोहोर व्यवस्थापन, स्टल व्यवस्थापन र सवारीसाधन व्यवस्थापनमा देखिएका समस्यालाई सिस्टममा ल्याएरै छाड्ने बताउनुभयो । उहाँले हिजोको कालिमाटी नभएर फरक खालको कालिमाटी देख्न पाउने समेत बताउनुभयो ।
आफूले पदभार ग्रहण गर्दैगर्दा उखुँँ किसानहरुको चर्को समस्या रहेको भन्दै समस्या समाधानका निम्ती के गर्न सकिन्छ भनेर उपायहरु खोज्दैजाँदा सम्बन्धित मन्त्रालय नभएपनि किसानहरुको मर्का समाधान गर्न ३ दिनभित्र निकास निकालेको बताउनुभयो । अहिले धेरै उखु किसानहरुले भुक्तानी पाइसकेको भन्दै यो क्रम बढिरहेको बताउनुभयो ।
मलको समस्या समाधान गर्न दिर्घकालिन रुपमा मलको समस्या समाधान हुनेगरी अगाडी बढेको मन्त्री अर्यालले बताउनुभयो । ‘मलको समस्या आजको समस्याको समाधानसँगै दिर्घकालिन रुपमा के समाधान दिन सकिन्छ भनेर हामी अगाडी बढेका छौ’, मन्त्री अर्यालले भन्नुभयो, ‘अब रासायनिक मलको अभावमा किसानहरु छटपटाउनुपर्दैन । हामी त्यही समस्या समाधान गर्नका निम्ती लागिरहेका छौ ।’ तर खुला सिमानाका कारण भारतबाट मल आउने र त्यसबाट उत्पन्न हुने बिकृत्तिलाई तत्काल रोक्न सक्ने अवस्था नभएपनि व्यवस्थित भने गरिने मन्त्री अर्यालको भनाई थियो । मलको समस्या समाधान गर्न सातै प्रदेशमा रासायनिक मलको भण्डार स्थापना गर्नेगरी मन्त्रालय अगाडी बढेको बताउनुभयो ।
इजरायली प्रविधिको कृषि प्रणाली भित्राउन इजरायल सरकारसँग सम्झौता भएर प्राविधिक समिति गठन भइसकेको भन्दै उहाँले यो वर्ष एक प्रदेशमा यो कार्यक्रम लागु गरिने र बिस्तारै सातै प्रदेशमा बिस्ता गरिने बताउनुभयो । मन्त्रालय किसान सूचिकृत गर्ने तयारी अवस्थामा रहेको समेत उहाँले बताउनुभयो ।
पशुपंक्षीको क्षेत्रमा नीतिगत रुपमै व्यवस्थित गर्ने बताउदै मन्त्री अर्यालले अण्डा र मासुमा नेपाल आत्मनिभर भयो भनेर छिट्टै घोषणा गर्ने चरणमा रहेको बताउनुभयो । दुधमा पनि नेपालले धेरै राम्रो प्रगती गरेको बताउनुभयो ।
त्यस अवसरमा बोल्दै मन्त्रालयका सचिव पेमनारायण कँडेलले मन्त्री अर्यालले पदभार ग्रहण गरिसकेपछी मन्त्रालयले गरेका ३ महिनाको उपलब्धी सार्वजनिक गर्ने तयारीमा रहेको बताउनुभयो ।
त्यस अवसरमा बोल्दै एसोसएिशन अफ नेपाली एग्रीकल्चर जर्नलिष्ट (अनाज)का अध्यक्ष किरण आचार्य, पत्रकारहरु मनोज श्रेष्ठ, सुरेश यादव, हरी जोशी, सरला सुवेदी, निर्मला घिमिरे, प्रशान्त खड्का, नविन ढुंगाना लगायतले मन्त्रालयबाट बितरण हुने अनुदान कार्यक्रम व्यवस्थित गर्न, सूचना प्रणाली व्यवस्थित बनाउन, कृषि क्षेत्रमा काम गर्ने पत्रकार तथा सञ्चारमाध्यमका निम्ती क्षमता अभिवृद्धि लगायतका कार्यक्रम बनाउन सुझाब दिनुभएको थियो ।

175 Views

ताजा

आज नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र

२०८२ पुष २८ गते, सोमबार

आज नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र

२०८२ पुष २८ गते, सोमबार

इक्यानको सचिवको उम्मेदवार कार्कीका यस्ता छन् एजेण्डा

२०८२ पुष २८ गते, सोमबार

विध्यसागर इङलिस बोर्डिङ स्कुलको अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

२०८२ पुष २८ गते, सोमबार

आजदेखि कांग्रेसको विशेष महाधिवेशन

२०८२ पुष २७ गते, आईतवार

इरानमा ब्यापक प्रदर्शन फैलिँदै: घाइते र लासले भरिए अस्पताल

२०८२ पुष २७ गते, आईतवार

इरानमा ब्यापक प्रदर्शन फैलिँदै: घाइते र लासले भरिए अस्पताल

२०८२ पुष २७ गते, आईतवार

निर्वाचन आउन अब ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने

२०८२ पुष २५ गते, शुक्रबार

नेपालगन्जमा स्लो वाईक प्रतियोगिता हुदै

२०८२ पुष २५ गते, शुक्रबार

निर्वाचनमा ८० हजार सेना परिचालन हुने

२०८२ पुष २४ गते, बिहीबार

सरकारले सरुवा आतंक मच्चाएको भन्दै नेपाल निजामती कर्मचारी संगठन असन्तुष्ट

२०८२ पुष २४ गते, बिहीबार

लोकप्रिय

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal