देउवालाई च्याँखे दाउ फाप्ने सम्भावना

२०७७ फाल्गुन १३ गते, बिहीबार

काठमाडौ । संसदमा प्रमुख प्रतिपक्षको भूमिकामा रहेको नेपाली कांग्रेस सधैं च्याँखे दाउ थाप्दै आएको छ । पार्टी सभापति शेरबहादुर देउवा पनि अवसरको राजनीति गर्न सफल र कुशल खेलाडीका रुपमा चिनिन्छन् । निर्वाचनमा जाँदा आफूलाई ज्योतिषीले सात पटकसम्म प्रधानमन्त्री हुन्छस् भनेर भनेको प्रसंग कोट्याउने उनी चारपटक प्रधानमन्त्री भइसकेका छन् । प्रधानमन्त्री भएर के काम गरें भनेर देखाउनुको साटो उनी पटक मात्र गनेर हिँडिरहेका छन् । प्रतिनिधिसभा विघटनको विषयमा प्रष्ट धारणा नराखेका उनले कहिले निर्वाचनको नारा लगाए त कहिले आन्दोलनको नाममा राजनीति गरे । देउवाले सर्वोच्च अदालतलाई दवाव नदिने भन्दै आएपनि उनका अधिकांश क्रियाकलाप पनि प्रष्ट रुपमा देखिँदैनथे ।
प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्दै सडक संघर्षमा उत्रिन पनि देउवा पछि परेनन् । पुनस्र्थापना भए पनि प्रधानमन्त्री बन्न पाइएला भनेर च्याँखे थापेका उनी अस्थिर राजनीतिलाई फाइदा उठाउन जान्ने नेताका रुपमा चिनिन्छिन् । पुनस्र्थापना भएपछि प्रधानमन्त्रीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव आएर सरकार ढल्ने अवस्थामा आफू नै बलियो उम्मेदवार भएको उनको तर्क छ । प्रतिनिधिसभा पुनस्र्थापना नभएर निर्वाचन नै भए पनि आफू नै प्रधानमन्त्री बन्छु भन्ने दाउमा थिए देउवा ।
सधैं अस्थिर र अलमलको राजनीति गर्दै आएका उनले पार्टीलाई मजबुत र जनतामुखी बनाउनुभन्दा पनि पार्टीको नाम बेचेर राजनीतिक व्यापार गर्ने कुरालाई नै प्राथमिकतामा राख्दै आएका छन् । उता वरिष्ठ नेता रामचन्द्र पौडेल सुरुदेखि नै संसद पुनस्र्थापनाको पक्षमा थिए, पुनस्र्थापना भएपछि आफूलाई फाइदा होला कि भन्ने सोचमा नै उनी केन्द्रित भए । सर्वोच्चले प्रतिनिधिसभा पुनस्र्थापित गरिसकेपछि राजनीतिक संकट बढ्ने र त्यही मौकामा राष्ट्रपति बन्न पाइन्छ कि भन्ने सोचमा पौडेल रहेका छन् । कांग्रेसका नेताहरुलाई नेकपाका दुवै समूहले अलगअलग भेटेर राजनीतिक निकासका लागि छलफल गरिरहेका छन् । बुधबार आफ्नै निवास बुढानीलकण्ठ पुगेका नेकपा दाहाल नेपाल समूहका नेतालाई देउवाले भने पार्टीमा निर्णय गरेपछि मात्र आफ्नो आधिकारिक धारणा राख्ने स्पष्ट पारेका छन् ।
संसदीय निर्वाचनमा कांग्रेस पराजित भएपछि जनताको आदेश अनुसार उ ५ वर्षसम्म सरकार बाहिर बस्नुपर्ने हो तर अवसर आयो भन्दैमा अस्थिरताको फाइदा उठाउँदै फेरि पनि सरकारमा जानु र प्रधानमन्त्री बन्न खोज्नु कम हास्यास्पद तर्क होइन ।

314 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

नेपाल समूह विजेता बन्दै क्वार्टरफाइनलमा

२०८३ आश्विन १० गते, शनिबार

नेपाल समूह विजेता बन्दै क्वार्टरफाइनलमा

२०८३ आश्विन १० गते, शनिबार

प्रधानमन्त्री बालेन आज स्वदेश फर्किंदै

२०८३ आश्विन १० गते, शनिबार

एकपल्ट पुग्नै पर्ने ठाउँ, काभ्रेको अनैकोट भ्यू टावर

२०८३ आश्विन १० गते, शनिबार

कृष्णभीरमा पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडक पूर्णरूपमा अवरुद्ध

२०८३ आश्विन ९ गते, शुक्रबार

यस्तो छ प्रधानमन्त्री बालेन्द्र शाहद्वारा राष्ट्रसंघको महासभालाई गरेको सम्बोधनको पूर्णपाठ

२०८३ आश्विन ९ गते, शुक्रबार

प्रधानमन्त्री शाहले राष्ट्रसंघको महासभालाई के–के भने

२०८३ आश्विन ९ गते, शुक्रबार

डोल्पाका जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना

२०८३ आश्विन ८ गते, बिहीबार

आजदेखि देशभर मुसलधारे वर्षा

२०८३ आश्विन ८ गते, बिहीबार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal