देउवा फेरि प्रधानमन्त्री हुने बाटो खुल्‍ला

२०७७ फाल्गुन १३ गते, बिहीबार

काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । प्रतिनिधि सभा पुनःस्थापना भएसँगै नयाँ बन्‍ने सरकारका विषयमा छलफल गर्न कांग्रेस पदाधिकारी बैठक दिउँसो तीन बजे बस्‍न लागेको हो ।
सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय बदर गरेपछि नेकपाको दाहाल(नेपाल समूहले कांग्रेस सभापति शेरबहादुर देउवालाई नयाँ प्रधानमन्त्रीको प्रस्ताव गरेका छन् । यद्यपी देउवा पक्षका नेताहरुले भने दिउँसो तीन बजेको बैठकपछि मात्रै यसबारेमा भन्‍न सकिने बताएका छन् ।
‘आज पदाधिकारी बैठक छ’ देउवा निकट नेता रमेश लेखकले इकागजसँग भने, ‘पदाधिकारी बैठकपछि मात्रै देउवा फेरि प्रधानमन्त्री बन्‍ने, कांग्रेस सरकारमा सहभागी हुने भन्‍ने विषयमा बोल्न सकिन्‍छ ।’
यसअघि हिजो बुधबार काठमाडौँ फर्किनेवित्तिकै दाहाल(नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल र माधव कुमार नेपाल देउवालाई भेट्‌न बुढानिलकण्ठ पुगेका थिए । दुवै जनाले देउवालाई सरकारमा सहभागी हुन र प्रधानमन्त्री बन्‍न आग्रह गरेको समाचार बाहिरिएको थियो ।
तर सरकारमा जाने वा नजाने भन्‍ने विषयमा कांग्रेसभित्र विवाद छ । यसअघि प्रतिनिधि सभा विघटनविरुद्ध सडक आन्दोलन गर्ने वा नगर्ने भन्‍ने विषयमा पनि विवाद थियो । देउवाले त्यतिबेला सडक आन्दोलन गर्न नहुने बताएका थिए ।
तर वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुको जोडबलले कांग्रेस सडक आन्दोलनमा जान बाध्य भयो । अहिले सरकारमा सहभागी हुने विषयमा देउवा सकारात्मक भए पनि वरिष्ठ नेता पौडेल पक्षीय नेताहरु भने प्रष्ट हुन नसकेको कांग्रेस नेताहरुको भनाई छ ।
कांग्रेसको साथ नपाएसम्म कामचलाउ प्रधानमन्त्री ओलीविरुद्ध संसद सचिवालयमा दर्ता भएको अविश्वास प्रस्ताव पारित हुने अवस्था छैन् । अविश्वास प्रस्ताव पारित गरेर नयाँ सरकार बनाउन पनि कांग्रेसको साथ अनिवार्य भएकाले नेकपाको दाहाल(नेपाल समूह देउवालाई फकाउन लागि परेका हुन् ।

229 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

‘ईयुमा डट कम’ले बुधबारदेखि आफ्नो औपचारिक सेवा सञ्चालनमा

२०८३ श्रावण २० गते, बुधबार

हलमा छैन ‘गौँथली’को टिकट

२०८३ श्रावण १९ गते, मंगलवार

‘आइतबारको अफिस’ को परिचर्चा सम्पन्न

२०८३ श्रावण १९ गते, मंगलवार

अर्जुन चन्द्रको ‘संवेदनाका प्रतिध्वनि’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ श्रावण १९ गते, मंगलवार

‘दुर्गा’ निर्माण गर्दै सम्राट

२०८३ श्रावण १८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक

२०८३ श्रावण १८ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal