नेपाली राष्ट्रबादको पक्षमा उभियो परिवार दल

२०७७ फाल्गुन १३ गते, बिहीबार

काठमाण्डौ । प्रतिशोधको राजनीति हैन मेलमिलाप र सहकार्यको राजनीतिक गर्नुपर्छ भन्दै आएको परिवार दलले सातै प्रदेशमा प्रदेश स्तरिय भेला सम्पन गरेको छ । बुधबार बाग्मती प्रदेश स्तरिय भेला सम्मन गरेसँगै सातै प्रदेशको भेला सम्पन भएको हो । पछिल्लो समय जातिय क्षेत्रीय,धार्मिक राष्ट्रबाद नभई नेपाली राष्ट्रबादको पक्षमा उभिएको परिवार दलले अग्रपन्थी लोकतन्त्रलाई आफ्नो राजनीतिक दर्शन मान्दै आएको छ । जनताले बिकल्प खोजिरहेको बेला नयाँ शत्तिको रुपमा परिवार दल अगाडि देखिएको छ । सातै प्रदेशको भेलमा नागरिक समाज, बुद्धिजिबि सञ्चारकर्मी, कलाकार, राष्ट्रसेवक लगायत सबै तह र तप्काका आम नेतृत्वको सहभाति रहेको थियो ।
बाग्मती प्रदेश सम्र्पक समितिद्धारा आयोजीत भेलामा सम्बोधन गदै नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्व मन्त्री एकनाथ ढकालले नेपालका पुराना दलहले समृद्धिका कुरा गरे पनि सुसाशनलाई कम महत्व दिएको बताउँदै नेपालको राजनीतिमा मुल्य मान्यता र निश्ठाको आवश्यकता रहेको बताए ।
अध्यक्ष ढकालले जवसम्म राज्य संञ्चालन कर्ताहरुमा इमान्दारिताको अभाव देखिन्छ तव सम्म देशमा सुसंस्कार र शुसासनको प्रत्याभूति हुन नसक्ने ठोकुवा गरे । उनले लोकतन्त्र र सुसासन माथी खतरा पढेलेखेका बुद्धिजिबि र जान्ने सुन्नेहरुबाटै रहेको बताउँदै बिभेद रहित र समातामूलक समाज निर्माण गर्न समृद्धि सुसासन,मुल्य मान्यता सँगसँगै रहमा देशको सवाङिण बिकास हुने बताए ।
म पूर्वमन्त्री एकनाथ ढकालले परिवार दल जातिय क्षेत्रीय,धार्मिक राष्ट्रबाद नभई नेपाली राष्ट्रबादको पक्षमा रहेको बताउँदै नेपाली राष्ट्रबाद भेनेको सबै जात धर्म भाषा र संस्कृतिलाई सम्मान अधिकार र समान आत्मसम्मान अनुभूति हुने खालको हो भन्दै परिवार दलको एकमात्र उदेश्य नेपाली जनताको सपना साकार पार्ने उदेश्य बोकेको बताए । उनले नेपाली राष्ट्रबाद र सपनालाई साकार बनाउन सबै नेपालीहरुलाई अफिल गरे ।अध्यक्ष ढकालले पुराना राजनैतिक दलहरुले जनतालाई पटक पटक धोका दियकाले अब बैकल्पिक शक्ति निर्माण गर्नु पर्ने बताउदै परिवार दल सोहि कार्यमा अघि बढ्ने स्पष्ट पारे ।
सामाजिक अभियान्ता एवम् पूर्व सभासद बिनोद पहाडिले परिवार दल जस्तो निस्ठावान पार्टीको सान्दभिकता अहिले झन बढेको बतए । अन्तरधार्मिक परिषद अध्यक्ष केशव चौलागाईले सबै धर्म संस्कृति प्रति सदभाव कायम गर्न परिवार दलले मह्त्वपूर्ण भूमिका खेलेको बताए ।
सोही कार्यक्रमहरु दलका महामन्त्री बिनोद डाँगीले परिवार दलले अंगीकार गरेको अग्रपंथी लोकतन्त्र सबै नेपालीलाई जोड्ने सेतु हुनसक्ने बताए । ६० लाख परिवारको साझा दल परिवार दल भएको बताउँदै परिवार दलले गरेका समाजसेवाका कार्यक्रहरुको बारेमा बताउ । राष्ट्र र जनता पहिलो प्राथमिकता तथा राष्ट्रिय जनजागरण अभियानलाई फेरी निरन्तरता दिदै देशको पूर्व देखि पश्चिम सम्म अभियान सञ्चाल गर्ने तयारी भएको दलका महामन्त्री बिनोद डाँगीले बताए । परिवार दलका प्रवत्ता सन्तोष कुमार पौडेलले भबिष्य भएको पार्टी नेपाल परिवार दलनै हो भन्दै सम्पूर्ण युबाहरुलाई आबद्ध हुन गरे । दलका बाग्मती प्रदेश संयोजक गणेश कुमार श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रमा दलकी कोषाध्यक्ष एवम् संबिधान सभासदस्य मिलन कुमारी राजबंशी दलका केन्द्रीय सदस्य गोबिन्द मिश्र, लक्ष्मी प्रसाद भण्डारी , दयाराम कडेलसन्त बहादुर पन्त, लगायत सहभागी रहको थियो ।
सोही अवसरमा लामो सययदेखि कला,साहित्य तथा विभिन्न क्षेत्रमा क्रियाशील रहेर समाज बिकासमा उत्कृष्ठ योगदान गरेका ब्यत्तित्व तथा कलाकारहरुलाई परिवार दलले सम्मान गरिएको छ । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले उनीहरुलाई सम्मान गरेका हुन् । परिवार दलले सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने गरी दिएको आदेशको स्वागत गदै बिगतका तिक्तताहरु बिर्सदै सबै राजनैतिक शक्तिहरुले राष्ट्रलाइ केन्द्रमा राखेर राष्ट्रिय मेलमिलापका साथ् अघि बढ्न पनि आग्रह गरेको छ । दलले प्रतिशोधको राजनीतिले कसैको हित नगर्ने भन्दै राष्ट्रिय सहमतिको वातावरण सृजना गर्न सकारात्मक भूमिका खेल्न पनि सबैमा आवहान गदै आएको छ ।

240 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

नेपाल समूह विजेता बन्दै क्वार्टरफाइनलमा

२०८३ आश्विन १० गते, शनिबार

नेपाल समूह विजेता बन्दै क्वार्टरफाइनलमा

२०८३ आश्विन १० गते, शनिबार

प्रधानमन्त्री बालेन आज स्वदेश फर्किंदै

२०८३ आश्विन १० गते, शनिबार

एकपल्ट पुग्नै पर्ने ठाउँ, काभ्रेको अनैकोट भ्यू टावर

२०८३ आश्विन १० गते, शनिबार

कृष्णभीरमा पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडक पूर्णरूपमा अवरुद्ध

२०८३ आश्विन ९ गते, शुक्रबार

यस्तो छ प्रधानमन्त्री बालेन्द्र शाहद्वारा राष्ट्रसंघको महासभालाई गरेको सम्बोधनको पूर्णपाठ

२०८३ आश्विन ९ गते, शुक्रबार

प्रधानमन्त्री शाहले राष्ट्रसंघको महासभालाई के–के भने

२०८३ आश्विन ९ गते, शुक्रबार

डोल्पाका जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना

२०८३ आश्विन ८ गते, बिहीबार

आजदेखि देशभर मुसलधारे वर्षा

२०८३ आश्विन ८ गते, बिहीबार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal