फेकनमा उपाध्यक्षको उम्मेदवारी दिएका बस्नेतका यस्ता छन् एजेण्डा
काठमाडौं । स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन) को फाल्गुण ८ गते हुने साधारणसभा तथा नयाँ नेतृत्व चयनका लागि बासुदेव नेपालको समूहबाट प्रज्वल बस्नेतले उपाध्यक्षको लागि उम्मेदवारी घोषणा गरेका छन् ।
लामो सयमदेखि शैक्षिक परामर्शदाताको रुपमा काम गर्दै आएका उनले यो व्यवसायमा देखिएका समस्यालाई समाधान गर्न सरोकारवालासँग पहल गर्ने प्रतिबद्धता जनाएका छन् । बस्नेतले फेकनलाई आधुनिक र समयसापेक्ष बनाउन आफ्नो पहल रहने बताएका छन् । उनले विद्यार्थीमा देखिँदै आएको ‘नो अव्जेक्सन लेटर’ को समस्यालाई विशेष ध्यान दिने र समाधान खोज्ने स्पष्ट पारेका छन् । उनले उच्च शिक्षाका लागि विदेशिने विद्यार्थीका लागि सरकारले लिँदै आएको २ प्रतिशत शिक्षा सेवा करको विषय पनि प्राथमिकताका साथ उठाएका छन् । विद्यार्थीको भिषा नलाग्दा अहिले त्यो रकम विद्यार्थीले फिर्ता पाउँदैनन् बस्नेतले फिर्ता गर्नका लागि प्रतिबद्ध रहने जनाए ।
उनले अझै पनि शैक्षिक परामर्शदातालाई कुन सरकारले हेर्ने हो भन्ने टुंगो नलागेकाले त्यो विषय छिटो टुंग्याउन पहल गर्ने बताएका छन् । उनले आफूहरुको व्यवसाय कुन सरकारको कार्यक्षेत्रभित्र पर्छ पहिले त्यो निश्चित हुनुपर्ने बताए । ‘हामीलाई कुन सरकारले हेर्ने र ‘मोनिटरिङ’ गर्ने भन्ने नै अन्यौल छ, केन्द्र सरकारले नै हेरेर यो व्यवसाय गर्न सहज वातावरण बनाइदिनुपर्छ भन्ने हो ’ उनले भने ‘सरकारले हामीलाई त्यति राम्रो नजरले हेरेको छैन, हामीले हरेक ढंगले सरकारलाई योगदान दिइरहेको भए पनि सरकार र हामीबीच अझै पनि धेरै समन्वयको खाँचो छ ।’
१४ वर्षअघिबाट यो क्षेत्रमा लागेका सक्सेस एजुकेशन कन्सल्टेन्सीका प्रवन्ध निर्देशक बस्नेतले उपाध्यक्ष भएपछि आफूले गरेका प्रतिबद्धता पूरा गर्न विशेष भूमिका खेल्ने बताए । उनले आफूहरुको समूह हरेक दृष्टिकोणले उपयुक्त भएकाले व्यवसायी साथीहरुलाई खुशीका साथ मतदान गर्न पनि आग्रह गरेका छन् । बासुदेव नेपालको प्यानलले सोमबार सम्पर्क कार्यालय बागबजारको हेलो क्याफेमा पत्रकार सम्मेलन गर्दै उम्मेदवारी घोषणा गरेको छ । अध्यक्षका उम्मेदवार नेपालले २२ महिनामा २४ वटा काम गर्ने प्रतिबद्धता जनाएका छन् । उनले आफूले अघि सारेका एजेण्डा केवल देखाउनका लागि मात्र नभएको पनि दाबी गरेका छन् । नेपालले यसअघि आफू फेकनको वरिष्ठ उपाध्यक्ष हुँदा पनि संस्थालाई हकहित हुने गरी व्यवसायीको पक्षमा सधैं काम गरेको बताएका छन् । उनले वर्तमान कार्याकालमा आफू अध्यक्षको स्वभाविक उम्मेदवार भए पनि एक कार्याकालका लागि सहमतिमा छोडिदिएको पनि स्पष्ट पारे ।
समूहले घोषणा गरेको २४ वटा बुँदामा व्यवसायीको लागि सरोकारवाला विभिन्न मन्त्रालयसँग समन्वय गर्ने, व्यवसायीको क्षमता बृद्धिका लागि तालिम र गोष्ठी गर्ने, संस्थालाई सबै व्यवसायीको साझा संस्थाको रुपमा विकास गर्ने, विद्यार्थीहरुको अध्ययनका लागि नयाँ देशको सही गन्तव्य र विश्वविद्यालय खोजी गर्ने, पेशालाई मर्यादित र थप विश्वसनीय बनाउने, फेकन स्थापना भएको २०६५ मंसिर २९ लाई आधार मानी हरेक मंसिर २९ गते फेकन दिवस मनाउने, उजुरी तथा सुझावलाई तत्कालै सम्वोधन गर्ने, संस्थाले अहिले गरेका राम्रा कामलाई निरन्तरता दिने योजना समेटिएका छन् । त्यस्तै व्यवसायिक सुरक्षाको लागि फेकन व्यवसायी कल्याणकारी कोषको स्थापना गरी अप्ठेरोमा परेका व्यवसायीलाई सहयोग गर्ने, फेकन सदस्यहरुको कार्यालय र व्यक्तिगत विमाको व्यवस्था गर्ने, फेकनको दायित्व र भूमिकालाई फराकिलो बनाउँदै विदेशी विद्यार्थीलाई नेपाल अध्ययन गर्न ल्याउने पहल गर्ने, कोरोनाका कारण प्रभावित व्यवसायीलाई व्यवसायिक प्रमाणपत्र राखेर राज्यसँग ५ देखि १० लाख रुपैंयाँसम्मको सहुलियत ऋण सुविधाका लागि राष्ट्र बैंकसँग पहल गर्ने पनि योजना अघि सारेको छ ।
२०६५ सालमा स्थापना भएको फेकनको साधारणसभाले २ वर्षका लागि अध्यक्ष, दुई उपाध्यक्ष, महासचिव, दुई सचिव, एक कोषाध्यक्ष र ६ सदस्यको नयाँ नेतृत्व चयन गर्ने छ । उपाध्यक्षमा प्रज्योल बस्नेत, हेमन्तराज दुलाल, महासचिवमा विपिन केसी, सचिवमा पृथ्वीबहादुर चन्द, र अमित खड्काले उम्मेदवारी दिएका छन् । त्यस्तै कोषाध्यक्षमा अनिल शर्मा पौड्याल, र सदस्यहरुमा राजकुमार शर्मा, दिनेश न्यौपाने, दीपा लामिछाने र सुदेश पोखरेलले उम्मेदवारी दिएका छन् ।
ताजा
Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning
२०८३ असार २ गते, मंगलवार
Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning
२०८३ असार २ गते, मंगलवार
गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड
२०८३ असार २ गते, मंगलवार
MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता
२०८३ असार २ गते, मंगलवार
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
२०८३ असार १ गते, सोमबार
जेनजी भन्योः अजय सोडारी र विर्जन विश्वकर्मामाथि गृहमन्त्रीको प्रतिशोध
२०८३ असार १ गते, सोमबार
नेपालको २.१२ खर्बको बजेट महत्त्वाकाङ्क्षी, तर कार्यान्वयन चुनौतीपूर्ण : नेपाल डेभलपमेन्ट वाच
२०८३ असार १ गते, सोमबार
नेपालको सीमामा नेपालीलाई नै त्रास
२०८३ असार १ गते, सोमबार
#MDR टिमद्वारा सामाजिक सञ्जालका फाइदा र बेफाइदाबारे भिडियो क्याम्पेन सञ्चालन
२०८३ असार १ गते, सोमबार
त्यो राजदरबार हत्याकाण्ड र अहिलेको परिवेश
२०८३ जेष्ठ ३१ गते, आईतवार
विश्वकप २०२६ः ब्राजिल र मोरक्को १–१ को बराबरीमा रोकिए
२०८३ जेष्ठ ३१ गते, आईतवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





