जोशीलाई पार्टीबाट निकाल्ने निर्णय फिर्ता लिन सिफारिस

२०७७ माघ २९ गते, बिहीबार

काठमाडौँ । कांग्रेस तनहुँ जिल्ला कार्यसमितिले नेता गोविन्दराज जोशीमाथि गरिएको कारबाही फिर्ता लिन सिफारिस गरेको छ।
बुधबार बसेको जिल्ला कार्यसमितिको बैठकले जोशीलाई पाँच वर्षका लागि पार्टीबाट निष्कासन गर्ने गत साउनको निर्णय सच्याउन केन्द्रीय अनुशासन समितिलाई पत्राचार गर्ने निर्णय गरेको हो।
तनहुँका जिल्ला सभापति बैकुण्ठ न्यौपानले निर्णयबारे जानकारी दिँदै भने, ‘उहाँको कारबाही फुकुवा गर्न वडा तहदेखि नै हामीलाई अनुरोध आएको हुँदा त्यसमा आवश्यक निर्णय लिनका लागि केन्द्रमा सिफारिस गरेका हौँ।’
२०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य चुनावमा वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध उम्मेदवारी दिएका जोशीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेको थियो।
पौडेलको दबाबमा उक्त निर्णय गरिएको भन्दै जोशीले चुनावका बेला उनीविरुद्ध अभियान नै चलाएर पराजित गराएको आरोपमा अनुशासन समितिले गत साउन १० गते उनलाई पाँच वर्षका लागि कांग्रेसको साधरण सदस्यसमेत नरहेन गरी कारबाही गरेको थियो।
स्रोतका अनुसार पौडेल र जोशीबीच विभिन्न चरणमा भएको छलफलपछि कारबाही फिर्ता लिइ मिलेर जाने समझदारी भएको छ। त्यही समझदारीअनुसार जोशीविरुद्ध गरिएको कारबाहीको सिफारिस फिर्ता लिन जिल्लाबाट प्रक्रिया सुरु गरिएको हो। तर यसबारे जोशीसँग सोध्दा उनले पार्टीको माथिल्लोदेखि तल्लो पंक्तिसम्मले आफूसँग कुनै परामर्श नगरेको बताए।
नेता भीष्मराज आङ्दम्बे नेतृत्वको पाँच सदस्यीय अनुशासन समितिले जोशीसहित पूर्व राज्यमन्त्री एवं महासमिति सदस्य पुस्करनाथ ओझा र कांग्रेस डडेल्धुराका सचिव रामबहादुर विष्टलाई पनि पार्टीबाट निष्कासित गरेको थियो।
जोशी र ओझालाई पाँच वर्ष र विष्टलाई तीन वर्षका लागि पार्टीबाट निष्कासित गरिएको छ। तर विष्ट र ओझामाथि गरिएको कारबाही फुकुवाका लागि ठोस प्रयास नभएको बुझिएको छ।

277 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal