लडाइँमा नहार्ने देश यत्रा–यत्रा डल्लासँग किन हार्नेः–प्रधानमन्त्री ओली

२०७७ माघ २० गते, मंगलवार

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय खेलकुद परिषद्लाई अन्तराष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडी छनौट गर्दा पक्ष विपक्ष नहेरी छनोट गर्न सुझाब दिएका छन् ।
राष्ट्रिय खेलकुद परिषद्ले मंगलबार काठमाण्डौमा गरेको खेलकुदसँग प्रधानमन्त्री अन्तरक्रियालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पक्षधरता विना नै प्रशिक्षक छनौट गर्ने काम परिषद्को भएको र प्रशिक्षक एवं खेलका लागि खेलाडी चयन गर्दा स्वर्ण पदकलाई मात्रै प्राथमिकतामा राख्नुपर्ने बताएका हुन् ।
विगतमा जित्‍न सक्ने खेलाडी छनौटमा नपरेका गुनासो आएको दृष्टान्त दिदै उनले पदाधिकारी र छनौटकर्ताहरुलाई तालिम देखि खेलप्रतियोगिता सम्मका खेलाडी छनौटमा भेदभाव नगर्न सुझाव दिए । ओलीले गत वर्ष नेपालले सागमा प्राप्त गरेको सफलता निकै ठूलो उपलब्धी भएको भन्दै जुनसुकै खेल पनि पदक पाउने गरि खेल्नुपर्ने बताए ।
सरकारले खेलकुद क्षेत्रको लगानीलाई बहुउत्पादनमुखी उपलब्धीको रुपमा लिएको दाबी गरे । अभ्यासलाई जित्‍ने तहमा उठाउन जरुरी रहेको भन्दै ओलीले राम्रो प्रशिक्षक र आधुनिक प्रविधि प्रयोग गर्न सुझाव दिए । खेलकुद क्षेत्र उत्पादक कि अनुत्पादक भनेर चर्चा हुने गरेको प्रसंग उल्लेख गर्दै ओलीले विजयी भएर पदक ल्याउँदा देशको गौरव बढाउने भएकाले खेल क्षेत्रको लगानी बेकार र अनुत्पादक नभएको बताए ।
ओलीले हारजीतको ठूलो महत्व रहेको भन्दै नेपाल कहिल्यै नहारेको देश रहेकाले खेल पनि जीतका खेल्न आग्रह गरे । ‘लडाइँमा नहार्ने देश यत्रा यत्रा डल्लासँग किन हार्ने ? खेल भन्या केहो रु एउटा भकुण्डो नै हान्‍ने त हो नि । किन हार्ने ? क्रिकेटमा एउटा बल हान्ने हो त्यसमा किन हार्ने ? सितेरियो, कराँते, कम्फु र भारत्तोलन, किन हार्ने ?’ अशान्ति जीत र हारका आधारमा हुने भन्दै उनले भने, ‘संसद भंग भइसक्यो चुनाव हुन लागिसक्यो, हुनुहुँदैन भनेर कराईरहेका छन् त्यो जीतका लागि हो ।’ (ईकागजबाट साभार)

350 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal