भोजपुरी फिल्ममा देखिँदै विराज

२०७७ माघ २० गते, मंगलवार

काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा जमेका अभिनेता विराज भट्टले चार वर्षपछि नेपाली दर्शकका लागि ‘साङ्लो’ लिएर आएका थिए । यो फिल्म गत वर्ष प्रदर्शनमा आएको थियो । उनको आफ्नै निर्माण, निर्देशन र अभिनय रहेको फिल्मले प्रदर्शनको दुई दिन बक्सअफिसमा राम्रो कमाउन सफल भयो ।
‘साङ्लो’ भन्दा अगाडि फिल्म ‘जय परशुराम’ बाट उनी नेपाली फिल्ममा फर्किएका थिए । तर, यो फिल्म असफल भएपछि उनलाई पुनः नेपाली फिल्ममा फर्किन चार वर्ष लाग्यो । अब नेपाली फिल्मलाई निरन्तरता दिने बताएका विराज पुनः भोजपुरी फिल्ममा फर्किएका छन् । अहिले उनी बनारसमा एकै सेड्युलमा दुई फिल्म ‘क्रोध’ र ‘दिया बात्ती’ को छायांकन गरिरहेका छन् ।
भोजपुरी फिल्ममा बलियो स्टारडम बनाएका उनले पहिलेको जस्तै जोश र जाँगरमा काम गरिरहेको बताएका छन् । सन्तोष मिश्राले निर्देशन गरिरहेको ‘क्रोध’ मा विराजको अपोजिटमा अनुराधा र धिरेन्द्र कुमार झा निर्देशक रहेको ‘दिया बात्ती’ मा ऋचा दीक्षित छन् । फिल्म छायांकनको समयमा विराजलाई हेर्न र उनीसँग सेल्फी खिच्न दर्शकहरुको ठूलो भीड लाग्ने गरेको बताइएको छ ।

346 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal