प्रधानमन्त्री ओलीले २३ गते हिन्दुराज्य घोषणा गर्ने !

२०७७ माघ १८ गते, आईतवार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई हिन्दुराज्य बनाउने तयारी गरिरहेको बताएका छन् ।
आइतबार प्रचण्ड–नेपाल पक्षले काठमाडौंको माइतीघरमा आयोजना गरेको धर्नामा सहभागी हुदै पाण्डेले यस्तो बताएका हुन् । उनले भने, सुन्दैछु, ओलीले हिन्दुराज्य बनाउने कोसिसमा छन् । २३ गते हिन्दुराष्ट्र घोषणा गर्दैछन् भन्ने आँकलन पनि गर्न थालिएको छ, सुनिएको छ ।
पाण्डेले अब ओली कम्युनिष्ट नभएको भन्दै अब धर्मका कुरा गरेर जनतालाई अलमलाउने बाटोमा हिडेको आरोप लगाए ।
अहिले आफुहरु नयाँ युद्धमा भएको बताउदै अहिलेको युद्ध महाभारतको युद्ध जस्तै भएको पाण्डेले बताए । महाभारतमा एकै परिवारको विचमा लडाई भएको भन्दै अहिले पनि नेकपा परिवारको बीचमा न्याय र अन्यायबीच लडाई शुरु भएको पाण्डेले टिप्पणी गरे ।

315 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal