छलफलमा सहभागी हुन नसक्ने प्रचण्ड–माधव पक्षको निर्वाचन आयोगलाई जवाफ

२०७७ माघ १६ गते, शुक्रबार

काठमाडौँ । नेकपाको प्रचण्ड–माधव पक्षले निर्वाचन आयोगले बोलाएको छलफलमा सहभागी हुन नसक्ने जानकारी गराएको छ ।
आज आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ता र निर्वाचन तयारीका लागि भएका कामबारे छलफल गर्न नेकपाका दुवै पक्षलाई आयोगमा बोलाएको थियो ।
आयोगले नेकपाका दुवै पक्ष अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सम्बोधन गरेर पाँचपाँच जना प्रतिनिधि पठाउन आग्रह गरेको थियो । आयोगको यो आग्रहपछि शुक्रबार प्रचण्ड–माधव पक्षका नेताहरु लिलामणि पोखरेल, राजेन्द्र पाण्डे र मुक्ति प्रधान आयोग पुगेर अध्यक्षद्वय प्रचण्ड र माधव नेपाल राजनीतिक कार्यक्रमका लागि उपत्यका बाहिर भएको र उहाँहरु आफै आयोगमा आउन चाहेकाले माघ १८ पछि आयोगले बोलाएमा उपस्थित हुने जानकारीपत्र बुझाएका छन् ।
‘पार्टी अध्यक्ष माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड दुवै अध्यक्ष माघ १८ गतेसम्म उपत्यका बाहिरका राजनीतिक कार्यक्रममा व्यस्त रहनुभइ प्रतिनिधि मनोनयन गर्ने अवस्था नभएको र उक्त छलफलमा अध्यक्ष स्वयम् उपस्थित भइ छलफल गर्न चाहानुभएको हुँदा सो का लागि आज तोकिएको समयमा उपस्थित हुन सम्भव हुन नसकेको व्यहोरा अवगत गराउन चाहान्छुु,’ केन्द्रीय कार्यलयका कार्यालय सचिव श्रीराम ढकालले हस्ताक्षर गरेको पत्रमा भनिएको छ ।

197 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट

२०८३ श्रावण ४ गते, सोमबार

अर्जेन्टिनालाई स्तब्ध पार्दै १६ वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि

२०८३ श्रावण ४ गते, सोमबार

मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला

२०८३ श्रावण २ गते, शनिबार

आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८३ श्रावण २ गते, शनिबार

डडेल्धुरामा जिप दुर्घटना, २ जनाको मृत्यु, ३ जना घाइते

२०८३ श्रावण २ गते, शनिबार

कमैया मुक्तिको २६ वर्ष: समस्या जहाँको त्यहीँ,पुर्जा छ, श्रेस्ता छैन

२०८३ श्रावण २ गते, शनिबार

सवारीचालक अनुमतिपत्रको राजस्व अबदेखि अनलाइनबाटै तिर्न सकिने

२०८३ असार ३२ गते, बिहीबार

नेपाल मेडिकल कलेजका विएस्सी नर्सिङ विद्यार्थीहरूलाई ‘सिमुलेसन अन ट्रायेज म्यानेजमेन्ट’ प्रशिक्षण

२०८३ असार ३२ गते, बिहीबार

ध्रुवे हात्तीलाई नयाँ रेडियो कलर जडान, ६ इन्च दाह्रा काटियो

२०८३ असार ३२ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal