सरकार निर्लज्ज रुपमा प्रस्तुत भयोः रामचन्द्र पौडेल

२०७७ माघ १३ गते, मंगलवार

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सोमबार नागरिक आन्दोलनमाथि लाठीचार्ज र पानीका फोहरा प्रहार गरेकोमा विरोध गर्दै सरकार निर्लज्ज रूपमा प्रस्तुत भइरहेको बताएका छन् ।
पौडेलले सोमबार नागरिक आन्दोलनमाथि लाठीचार्ज र पानीका फोहरा प्रहार गरेकोमा विरोध गर्दै ‘प्रधानमन्त्री केपी ओलीका अभिव्यक्ति र सरकारले नागरिकमाथि गर्ने व्यवहार हेर्दा सरकार निर्लज्ज रुपमा प्रस्तुत भएको छ,’ मंगलबार पौडेलले फेसबुकमा लेखेका छन् ।
‘हरेक प्रतिगामी शासक र तानाशाह आफ्नो अन्तिम समयमा यसैगरी बर्बराउने गर्दछन्, जसरी अहिले प्रधानमन्त्री ओली आफ्नो विरोधीलाई अपमानित गर्न तम्सनुभएको छ,’ उनले भनेका छन्। दमनले नागरिकलाई थप ऊर्जा दिने पनि पौडेलको भनाइ छ।
‘सबै प्रतिगामी शासक र तानाशाह नागरिकमाथि आफ्नो अन्तिम घडीमा यसैगरी दमनमा उत्रने गर्दछन्, जसरी सोमवार प्रबुद्ध नागरिकमाथि प्रहार भयो,’ उनले भनेका छन्, ‘तर दमनले नागरिकलाई थप उर्जा प्रदान गर्दछ र अझै प्रतिमनसँग डटेर लड्नका लागि प्रतिगमन विरुद्धका सबै आन्दोलनमा मेरो साथ र सर्मथन रहनेछ।’
पौडेलले लोकतन्त्र र संविधान रक्षाका लागि आफू पनि आन्दोलनको मोर्चामा रहने बताएका छन्। उनले थपेका छन्, ‘लोकतन्त्र र लोकतान्त्रिक संविधानको रक्षाका लागि हुने आन्दोलनमा म आफैं अघिल्लो मोर्चामा हुनेछु।’

308 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal