बेलायतमा लकडाउन थपियो

२०७७ माघ १२ गते, सोमबार

एजेन्सी । कोरोना संक्रमण फैलिने दर नघटेपछि बेलायतले १७ जुलाईसम्म लकडाउन घोषणा गरेको छ । तर पछिल्लो पाँच दिनयता भने ब्रिटेनलाई कोरोनबाट केही राहत भने मिलेको छ । १९ जनवरीयता बेलायतमा हरेक दिन १ हजारभन्दा बढी कोरोना संक्रमितको ज्यान गुमाइरहेका थिए। आइतबार भने यो संख्या ६ सय १० मा झरेको थियो। बेलायतमा हरेक दिन ३० हजारभन्दा बढीमा कोरोना संक्रमण भइरहेको छ। साथै बेलायतले कोरोना संक्रमण धेरै भएको देशबाट आउने यात्रुहरूलाई १० दिन अनिवार्य क्वारेन्टाइन बस्न भनिसकेको छ।
आइतबार मात्रै देशभर ३० हजारभन्दा बढी कोरोना नयाँ संक्रमित फेला परेका थिए। यहाँ दक्षिण अफ्रिका भेरियन्ट कोरोनाका ७७ र ब्राजिल भेरियन्टका ९ संक्रमित पाइएका त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यसअघि गरिएको लकडाउनले संक्रमणदर घटाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै फेरि पनि लकडाउन गर्नुपर्ने अवस्था आएको बेलायतले जनाएको छ।
कोरोना भाइरसको नयाँ स्वरूप अनियन्त्रित ढंगले फैलिएपछि बेलायतमा गत पुसमा पनि डेढ महिना लकडाउनको घोषणा गरिएको थियो। मध्य फेब्रुअरीसम्म सबै स्कुल बन्द रहने, स्वास्थ्य र फिटनेस कायम राख्न हप्तामा एक दिन मात्र बाहिर आउन पाउने अनुमति दिइएको थियो ।

231 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित ‘पार्टी बस नेपाल’ पुन सुरू, काराभान र क्याम्पर भ्यान पनि थपिने

२०८३ आश्विन २ गते, शुक्रबार

१५ किलोमा पहिरो, यातायात एकतर्फी

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal