पार्टीबाटै केपी ओलीलाई निष्कासन गर्ने प्रचण्ड–माधवको तयारी

२०७७ माघ १० गते, शनिबार

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीबाटै निष्कासन गर्ने तयारी गरेको छ । प्रचण्ड–माधव पक्षले यसअघि ओलीलाई अध्यक्ष पदबाट हटाउँदै उनको स्थानमा वरिष्ठ नेता माधव कुमार नेपालाई अध्यक्ष चयन गरिसकेको छ ।
यसअघि पार्टीको अनुशासन र विधि विधान विपरित काम गरेको भन्दै स्पस्टीकरण साधिएकोेमा उनले उक्त स्पस्टीकरणको जवाफ नदिएपछि पार्टीबाटै निष्कासन गर्न लागिएको प्रचण्ड–माधव पक्षका एक शीर्ष नेताले जानकारी दिए ।
ती नेताका अनुसार आइतबार बस्ने स्थायी समिति बैठकले ओलीलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गर्नेछ ।
नेकपाको स्थायी समिति बैठक आइतबार दिउँसो १२ बजे पार्टी कार्यालय कोटेश्वरमा बोलाइएको छ । प्रधानमन्त्री केपी ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गर्ने निर्णय गरेसँगै प्रचण्ड माधव पक्ष लगातार संघर्षमा छ ।
नेकपाको यो पक्षसहित काँग्रेस, जसपा लगायतका दल तथा नागरिक समाजका अगुवा, बुद्धिजीवी, विद्यार्थी, मजदुर लगायतले ओली कदमको विरोध गर्दै प्रतिनिधिसभा पुनःस्थापना गरेर मात्रै प्रतिगामी कदम सच्चिने बताउँदै आएका छन् ।

315 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal