ओली राष्ट्रघाती हुन्ः युवराज ज्ञवाली

२०७७ माघ १० गते, शनिबार

बुटवल । नेकपा (दाहाल–नेपाल) समूह)का स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज युवराज ज्ञवालीले केपी शर्मा ओली राष्ट्रवादी नभएर चरम प्रतिगामी भएको बताएका छन् । जनतामा राष्ट्रवादको ठ्वाङ पिट्ने ओलीको नक्कली राष्ट्रवाद प्रष्ट भएको उनले बताए ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई पार्टी इन्चार्जबाट हटाएर हालैमात्र प्रदेश इन्चार्ज बनाइएका ज्ञवालीले बुटवलमा शनिबार पत्रकारहरूसंग भने, ‘ओलीको राष्ट्रवाद नक्कली भएको आज नेपालीले मात्र होइन विश्‍वले जानिसक्यो ।’
ज्ञवालीले राष्ट्रलाई कमजोर बनाएर केपीले राष्ट्रघाती काम गरेको बताउँदै राष्ट्रवादको नारा लगाउँदैमा कोही राष्ट्रवादी नहुने दाबी गरे । ‘केपी ओली राष्ट्रघाती हुन्, जनघाती हुन्, कम्युनिष्ट विरोधी हुन्, गणतन्त्र विरोधी हुन्, यो भन्दा ठूलो प्रमाण अरु केहि छैन’ ज्ञवालीले भने ।
उनले ओली कम्युनिष्ट आन्दोलनको केशरजंग रायमाझी बनेको आरोप लगाए । ओलीले कम्युनिष्ट आन्दोलनसहित मुलुकको लोकतन्त्र नै विसर्जन गर्न खोजेको आरोप ज्ञवाली छ । ‘केशरजंगले राजाबाट ‘कू’ गराएर लोकतन्त्र राजालाई सुम्पेका थिए, केपीले आफै संविधानमाथि ‘कू’ गरेर आफै राजा बन्‍न खोज्दैछन्’, ज्ञवालीले भने, ‘अबको राजनीतिमा ‘नो केपी ओली’ ।’
ज्ञवालीले ओलीको नेतृत्वमा अब कहिल्यै पनि कम्युनिष्ट पार्टी बन्न नसक्ने उल्लेख गर्दै उनले कम्युनिष्ट पार्टीकै खोल ओढेर कम्युनिष्ट पार्टीलाई खत्तम पार्ने काम ओलीले गरेको बताए ।

338 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal