प्रतिनिधिसभा विघटन संविधानसम्मत कि गैरसंवैधानिक ?
काठमाडौं । कानूनविद्हरुले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको कदमबारे फरक–फरक राय प्रस्तुत गरेका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै राष्ट्रियसभाका सदस्यसमेत रहेका अधिवक्ता रामनारायण बिडारीले प्रधानमन्त्री ओलीको संसद विघटन गर्ने कदम संविधानबिपरीत भएको दाबी गरेका छन् ।
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले प्रधानमन्त्रीले घोषणा गरेपनि कुनैपनि हालतमा चुनाव नहुने स्पष्ट पारे । उनले भने,‘चुनाव एक हुँदैन्, दुई हुँदैन्, तीन हुँदैन्, हुँदै हुँदैन् । के का लागि जनादेश चाहियो ? पाच बर्षका लागि तपाईलाई चुनेको होइन जनताले ? उहाँले अहिलेको व्यबस्था सिध्याउन यो गर्नु भएको हो। यो अपराध हो। सन्कीको भरमा गरेको काम बदर गर्नु पर्छ।’ उनले प्रधानमन्त्रीको कदम संविधान विरुद्धको काम भएको टिप्पणी गरे । प्रधानमन्त्रीलाई संसद विघटन गर्ने संविधानमा कुनै विषेशाधिकार नभएको उनले दाबी गरे ।
उनले संविधान बनाउँदा मस्यौदा समितिमा आफूपनि सदस्य रहेको उल्लेख गर्दै त्यतिवेला सुवास नेम्वाङले संसद विघटन गर्न पाउने विशेषाधिकार नराख्ने भनेको पनि स्मरण गराए । ओलीले १८औं शताब्दीको कुरा अहिले गरेको पनि उनले आरोप लगाए । उनले भने–‘थोत्रो, पूरानो, रोगी, ग्रसित मानसिकताले गरेको काम हो । होईन भने १८औं शताब्दीमा बेलायतले प्रयोग गरेको, अहिले बेलायतले छोडेको, संसारका प्रायः सबै देशले यस्तो घटाउँदै लगेको र हाम्रो संविधानले यस्तो गर्नुहुँदैन भनेर रोकेको विषयलाई यो जुन प्रकारले गरिएको छ, त्यो संविधानविरुद्धमा छ । अहिले यो प्रतिनिधिसभा नभएपछि संविधानको करिब करिब ५० प्रतिशत धाराहरु निश्क्रिय हुने रहेछन् । जानी जानी, अन्तबाट ल्याएको मान्छेले त्यस्तो गर्न सक्दैन् । सत्तामै भएको मान्छेलाई, मिलाई मिलाई, यो व्यवस्था विरोधीले, कुरा सिकाई सिकाई, बडो सुझबुझसहित योजना बनाएर यो विघटन गरेपछि, अहिले पचास प्रतिशत धारा निश्क्रिय भए ।’
उनले ओलीले चुनाव गर्न यस्तो कदम नचालेको पनि आरोप लगाए । ‘चुनाव गराएपछि त उहाँको प्रधानमन्त्री फुत्किन्छ । अहिले प्रधानमन्त्री छोड्नुहोस, पार्टीको अध्यक्ष बसिरहनुहोस भन्दा त यत्रो अपराध गर्नेले, अब चुनाव गरेर अर्कोलाई प्रधानमन्त्री दिन्छ भनेर कोही पत्याउँछ ? नेपाली सेना, प्रहरी, कर्मचारी, पत्रकार, बुद्धिजीवीहरुले विचार गर्नुपर्ने कुरा भन्दै ओलीले यो व्यवस्था सिध्याउनको निम्ति यो काम गरेको हो ।’
अधिवक्ता डा. सुरेन्द्र महतोले संसद विघटन गर्ने प्रधानमन्त्रीको कदम गैरसंवैधानिक भएको टिप्पणी गरेका छन् । अधिवक्ता महताले भने,‘अहिलेको प्रधानमन्त्री धारा ७६ (१) मा हुनुहुन्न । कुनै पनि प्रधानमन्त्रीले संसद मार्न सक्दैन् । संसद विघटन गर्नु भनेको संसदको दाहसंस्कार गर्नु हो । धारा ७६ को १ र ७ अनुसार संसद विघटन हुन सक्दैन् । संसारभरि नेपालजस्तो मौलिकता भएको देश कहीँ पनि छैन् र यस्तो व्यबस्था छैन्। यहाँ सर्बोच्चको सर्वोच्चता छ।संसद विघटन गैरसंवैधानिक छ।’
महतोले तत्कालिन उपेन्द्र यादव नेतृत्वको सरकारमा समेत सहभागी समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिँदापनि प्रधानमन्त्रीले संसदमा विश्वासको मत नलिएको गुनासो पोखे ।
उनले भने,‘उहाँले त्यतिवेला विश्वासको मत नलिनुको कारण चाहीँ आफूसँग स्पष्ट बहुमत छ भन्ने नै हो । सरकारमा सहभागी पार्टीले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले विश्वासको मत अनिवार्य रुपमा लिनैपर्छ । तर, प्रधानमन्त्रीले लिनुभएन् । यहाँसम्मकी समाजवादी दलले पनि यो कुरा उठाएन् । उहाँले विश्वासको मत नलिनुको कारण दुई दलबीच एकता भएपछि बहुमत छ भन्ने एजम्सन नै हो । तर, संविधान र कानूनले एजम्सनलाई मान्दैन् ।’
ताजा
बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक
२०८३ बैशाख २७ गते, आईतवार
बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक
२०८३ बैशाख २७ गते, आईतवार
गायक कुमार पौडेलको ल्याए ‘युपी बिहार’
२०८३ बैशाख २७ गते, आईतवार
मोफसलबाट ‘रोल नं १’को प्रचार सुरु
२०८३ बैशाख २५ गते, शुक्रबार
वर्षाअघि नै संकट व्यवस्थापन हुन अति आवश्यक
२०८३ बैशाख २५ गते, शुक्रबार
सार्वजनिक जग्गा खाली गर्नु नै उचित
२०८३ बैशाख २५ गते, शुक्रबार
प्रदेश हटाउँ, समानुपातिक सिट खारेज गरौँः गोकुल बास्कोटा
२०८३ बैशाख २४ गते, बिहीबार
आज प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै
२०८३ बैशाख २४ गते, बिहीबार
दश समस्याग्रस्त सहकारीका ठूला ऋणीको नाम सार्वजनिक
२०८३ बैशाख २४ गते, बिहीबार
विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणालीलाई नै ध्वस्त पारेः प्रधानमन्त्री
२०८३ बैशाख २२ गते, मंगलवार
सरकारले ट्रेड युनियन खारेज गर्ने निर्णय गरेपछि अध्यक्ष भट्टले सरकारलाई अन्तर्राष्ट्रिय इतिहास यसरी सम्झाए
२०८३ बैशाख २२ गते, मंगलवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





