बालविवाह सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

२०७७ माघ १० गते, शनिबार

राजविराज । बालअधिकार र बालविवाह सम्बन्धी अभिमुखिकरण कार्यक्रम सप्तरीको विष्णुपुर गाउँपालिकमा सम्पन्न भएको छ ।
जनता माध्यमिक विद्यालयका बिद्यार्थीहरुका लागि गरिएको अभिुमखिकरण कार्यक्रममा बाल अधिकारका साथै कर्तव्य र बाल विवाह रोकथाममा बालबालिकाको भूमिका बारे अन्तरक्रियात्मक अभिमुखिकरण कार्यक्रम भएको हो ।
सहजकर्ता इन्सेक प्रतिनिधी मनोहर पोखरेलले बालबालिकाले स्वयमलाई समाजको एक अभिन्न अङ्ग मानी समाज विकासका विभिन्न चरणहरूमा खास गरेर बालबालिकासँग सम्बन्धित विषयहरूमा सहभागी हुन आग्रह गर्नुभयो ।
बालबालिकाको बाँच्न पाउने, विकास गर्न पाउने, संरक्षण पाउने, आफ्नो बारेमा गरिने नीति निर्णय र सामाजिक गतिविधिहरुमा सक्रिय अर्थपूर्ण सहभागिता हुन पाउने तथा आफ्नो विचार व्यक्त गर्न पाउने अधिकारहरुको समिश्रण रुप बाल अधिकार भएको उहाँले बताउनु भयो । अधिकारसँगै कर्तव्य र जिम्मेवारीका बारेमा जानकारी दिनुहुँदै पोखरेलले बाल अधिकार महासन्धी, ऐतिहासिक पृष्ठभूमि, संवैधानिक र कानुनी व्यवस्था, बालविवाहका कारण, असर र न्यूनीकरणमा बालबालिकाको भूमिकाबारे चर्चा गर्नुभयो ।
सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्र संघको महासभाबाट बालबालिकाको अधिकारका निम्ति पारित बाल अधिकार सम्बन्धि महासन्धि नेपालले १९९० सेप्टेम्बर १४ मा अनुमोदन गरेको हो । बाल अधिकारलाई देशको मुल कानुन संविधानमै पनि समेटिएको छ ।
मानव अधिकार निगरानी समूह बिष्णुपुरका सचिव अनीलकुमार साहको अध्यक्षतामा आयोजित अभिमुखीकरण कार्यक्रममा बालअधिकार चेतना समूहका अध्यक्ष मुकेशकुमार मण्डल, सचिव आनन्द ठाकुर, बिद्यार्थीहरु प्रमोद मुखिया, धर्मेन्द्रप्रसाद साह, अम्बिकाकुमारी मण्डल, नेहा यादवलगायतकाले जिज्ञासाहरु राख्नु भयो ।
बालअधिकार चेतना समूहको कार्ययोजना अनुसार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश नम्बर २ जनकपुरधामले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा सहजकर्ता दिपककुमार यादवले बालबालिकाको क्षमता अभिवद्धि गर्न र जिम्मेवार निकायलाई जवाफदेही बनाउन कार्यक्रम गरिएको बताउनु भयो । कार्यक्रममा कक्षा ८, ९ र १० का १२० जना बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।

217 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ असार १८ गते, बिहीबार

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ असार १८ गते, बिहीबार

पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक  

२०८३ असार १८ गते, बिहीबार

सरकार नेपाललाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउने खेलाडीको कहिले हुन्छ सम्मान ?

२०८३ असार १८ गते, बिहीबार

एम्बाप्पेको कुशल प्रदर्शनः स्विडेनलाई हराउँदै फ्रान्स विश्वकपको नकआउट चरणमा

२०८३ असार १७ गते, बुधबार

आज रास्वपाको नयाँ कार्यसमितिको शपथ

२०८३ असार १७ गते, बुधबार

आज यी भूभागमा भारी वर्षाको सम्भावना

२०८३ असार १७ गते, बुधबार

तत्काल पार्टी एकताको सम्भावना छैनः ओली

२०८३ असार १६ गते, मंगलवार

अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी

२०८३ असार १६ गते, मंगलवार

विष्णु पौडेल पक्राउ प्रकरणः बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

२०८३ असार १६ गते, मंगलवार

जातिय विभेद माथि प्रश्न र उत्तर

२०८३ असार १६ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal