सर्बोच्चको फैसला नेपालको संबिधान र शाशकिय प्रणाली अनुरुप आउछः अध्यक्ष ढकाल
काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीको शिफरिसमा राष्ट्रपतिले प्रतिनिधी सभा बिघटन गर्नु भएको रिटमा सर्बोच्च अदालतले गर्ने निर्णयले नेपालको संबिधानको परिधी र शाशकीय व्यवस्थालाइ प्रष्ट पार्ने बिश्वाश ब्यक्त गरेका छन् ।
नेपाल परिवार दल सुदुरपश्चिम प्रदेशले काठमान्डौमा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै पूर्वमन्त्रि समेत रहेका ढकालले प्रतिनिधी सभाको विघटनको बिषयमा देशका राजनैतिक दलहरु तथा नागरिकहरुका बीच तिब्र ध्रुविकरण भएको प्रति चिन्ता ब्यक्त गर्दै अदालतमा विचाराधीन मुद्धालाई सडकबाट प्रभावित बनाउन नहुने भन्दै सबै दल तथा आम नागरिकलाई संयमता अपनाउन आग्रह गरेका छन् । अध्यक्ष ढकालले संचार माध्यमले नकारात्मक समाचारलाइ मात्र हेडलाइन बनाउन नहुने भन्दै सकारात्मक चिन्तनले मात्रै समस्याको सहि परिणाम हासिल हुने जिकिर गरे । ढकालले पुराना राजनैतिक दलहरुले जनतालाई पटक पटक धोका दिएकाले अब बैकल्पिक शक्ति निर्माण गर्नु पर्ने बताउदै परिवार दल सोहि कार्यमा अघि बढ्ने स्पष्ट पारे । आफ्नो निहित स्वार्थको लागी झुटो आश्वासन दिने, देशलाई मुठभेड तर्फ धकेल्ने तथा आफ्नै सहयोद्धालाइ बदनाम गर्दै हिड्नेहरुबाट नागरिकले थप के आशा गर्ने भन्दै अब नयाँ विचार, नयाँ नेतृत्व तथा नयाँ सुसंस्कार युक्त राजनैतिक शक्ति नेपालको आवस्यकता भयको जिकिर गरे। अध्यक्ष ढकालले परिवार दलले अंगीकार गरेको अग्रपंथी लोकतन्त्र सबै नेपालीलाई जोड्ने सेतु हुनसक्ने भन्दै निर्बाचनको लागी तयार रहन आफ्ना कार्यकर्तालाई आग्रह गर्नु भयो । दलका महामन्त्री बिनोद डाँगीले नेपाली जनताका हरेक दुखमा निस्वार्थ साथ दिने तथा बोल्ने भन्दा काममा केन्द्रित हुने पार्टीको नाम परिवार दल हो भन्दै दलले गरेका कामहरुको जानकारी दिए । दलका प्रबक्ता सन्तोष पौडेलले भबिष्य भएको पार्टी नेपाल परिवार दलनै हो भन्दै सम्पूर्ण युबाहरुलाई आबद्ध हुन आह्वान गरे । दलका कोषाध्यक्ष एवम संबिधान सभा सदस्य मिलन कुमारी राजबंशीले महिलाहरुलाइ राजनीतिमा लाग्न जोड दिईन । सुदुरपश्चिम प्रदेश परिवार दलका संयोजक खडक नागरिले सुदुरपश्चिममा परिवार दलको योगदान उल्लेख्य रहेको बताउदै नागरिकहरुले थप आशा राखको उल्लेख गर्नु भयो। परिवार दलका केन्द्रिय सदस्य रुपसिंह भण्डारीले संचालन गर्नु भयको कार्यक्रममा सो दलका केन्द्रिय सदस्यहरु गोबिन्द मिश्र, प्रकाश बाबु थापा, लक्ष्मी भण्डारी, मनोज सुर्खेती, अनिल भण्डारी, सन्त बहादुर पन्त, पिया रत्न महर्जन लगायत सहभागी रहेको थियो ।
सुदुरपश्चिमेली कलाकारलाई परिवार दलको सम्मान
सुदुरपश्चिम क्षेत्रका कलाकारहरुलाई शुक्रबार सम्मान गरिएको छ । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले उनीहरुलाई सम्मान गरेका हुन् । यसरी सम्मानीत हुनेहरुमा चलचित्र क्षेत्रका नायक तथा मोडल भिम खड्का, म्यूजिक भिडियो निर्देशक जनक सिह, कलाकार दिनेश बिष्ट, गायकद्धय दिपक जोशी, सागर जोशी, कलाकार निशान एस।के, गायक सरद कोली, तथा कलाकार भिम बिष्ट लगायत रहेका छन् । कलाकारिता क्षेत्रमा पुरयाएको योदानलाई कदर गदै परिवार दलले उनीहरुलाई सम्मान गरेको हो ।

ताजा
बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक
२०८३ बैशाख २७ गते, आईतवार
बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक
२०८३ बैशाख २७ गते, आईतवार
गायक कुमार पौडेलको ल्याए ‘युपी बिहार’
२०८३ बैशाख २७ गते, आईतवार
मोफसलबाट ‘रोल नं १’को प्रचार सुरु
२०८३ बैशाख २५ गते, शुक्रबार
वर्षाअघि नै संकट व्यवस्थापन हुन अति आवश्यक
२०८३ बैशाख २५ गते, शुक्रबार
सार्वजनिक जग्गा खाली गर्नु नै उचित
२०८३ बैशाख २५ गते, शुक्रबार
प्रदेश हटाउँ, समानुपातिक सिट खारेज गरौँः गोकुल बास्कोटा
२०८३ बैशाख २४ गते, बिहीबार
आज प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै
२०८३ बैशाख २४ गते, बिहीबार
दश समस्याग्रस्त सहकारीका ठूला ऋणीको नाम सार्वजनिक
२०८३ बैशाख २४ गते, बिहीबार
विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणालीलाई नै ध्वस्त पारेः प्रधानमन्त्री
२०८३ बैशाख २२ गते, मंगलवार
सरकारले ट्रेड युनियन खारेज गर्ने निर्णय गरेपछि अध्यक्ष भट्टले सरकारलाई अन्तर्राष्ट्रिय इतिहास यसरी सम्झाए
२०८३ बैशाख २२ गते, मंगलवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





