असंवैधानिक कदमलाई सच्याउन तेस्रो जनआन्दोलन आवश्यकः भट्टराई

२०७७ माघ ९ गते, शुक्रबार

बुटवल । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा। बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमलाई सच्च्याउन तेस्रो आन्दोलनका लागि तयार हुनु पर्ने बताएका छन् ।
बुटवलमा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै भट्टराईले भने–यो कदम अलोकतान्त्रिक र असंवैधानिक छ, यसलाई सहि ठाउँमा नल्याएसम्म आन्दोलन जारी हुन्छ । सबै सेटिङमै चल्ने अवस्था हो भने तेस्रो जनआन्दोलनका लागि तयारी गरौं ।ु
उनले जनआन्दोलनको बलमा प्रतिनिधि सभा पुनःस्थापना गर्नुपर्नेमाजोड समेत दिए । ुप्रतिनिधि सभा विघटनको गल्तीलाई सच्याउने सजिलो बाटो सर्वोच्चको फैसला हो,ु भट्टराईले भने, ुनभए दोस्रो जनआन्दोलन भन्दा पनि उच्चस्तरको तेस्रो जनआन्दोलनको खाँचो छ । त्यसले मात्रै प्रतिनिधि सभा पुनःस्थापना गर्नसक्छ ।ु
ओली समूह र कमल थापाको पार्टीबाहेकका सबै राजनीतिक शक्ति एक भएर संयुक्त जनआन्दोलन उठाउनुपर्ने भट्टराईको धारणा छ । नेपाली कांग्रेसको अनिच्छा र नेकपा विभाजनको औपचारिक टुंगो नलागेकाले संयुक्त आन्दोलनमा ढिलाइ भइरहेको भट्टराईले खुलासा गरे ।

255 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ असार १८ गते, बिहीबार

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ असार १८ गते, बिहीबार

पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक  

२०८३ असार १८ गते, बिहीबार

सरकार नेपाललाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउने खेलाडीको कहिले हुन्छ सम्मान ?

२०८३ असार १८ गते, बिहीबार

एम्बाप्पेको कुशल प्रदर्शनः स्विडेनलाई हराउँदै फ्रान्स विश्वकपको नकआउट चरणमा

२०८३ असार १७ गते, बुधबार

आज रास्वपाको नयाँ कार्यसमितिको शपथ

२०८३ असार १७ गते, बुधबार

आज यी भूभागमा भारी वर्षाको सम्भावना

२०८३ असार १७ गते, बुधबार

तत्काल पार्टी एकताको सम्भावना छैनः ओली

२०८३ असार १६ गते, मंगलवार

अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी

२०८३ असार १६ गते, मंगलवार

विष्णु पौडेल पक्राउ प्रकरणः बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

२०८३ असार १६ गते, मंगलवार

जातिय विभेद माथि प्रश्न र उत्तर

२०८३ असार १६ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal