सरकार निर्वाचनको तयारीमा जुटिसक्योः ठगुन्ना
काठमाडौं । संघीय मामिला तथा समान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्नाले वर्तमान सरकार निर्वाचनको तयारीमा जुटिसकेकोले निर्धारित मितिमै चुनाव हुने विश्वास दिलाएका छन् ।
आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री ठगुन्नाले भने,‘अहिले देश जनताको ताजा जनादेश लिनको लागि अगाडि बढेको छ । हामी अहिले निर्वाचनको सम्मुखमा छौं । सरकारले निर्वाचन गर्ने कार्यक्रमहरुको लागि पर्याप्त तयारीहरुको थालनी गरेको छ । त्यहीअनुसारको तयारी र कार्यक्रमहरु अघि बढाएको छ । निर्वाचन अयोगले पनि निर्वाचनसम्बन्धी कामकारबाहीहरू अगाडि बढाएको छ ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले सरकार बन्नुअघि र बनेपछिको अवस्थाबारे यसरी सम्झिए–‘निश्चित् रुपमा जब २०७४ सालको निर्वाचनमा हामी तत्कालिन् नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बीचमा चुनावी गठबन्धन, वाम गठबन्धनको आधारमा हामी जनताको बीचमा गएका थियौं । स्थायित्वको लागि मत मागेका थियौं । पाँच वर्षको लागि जनताबाट मत पनि प्राप्त भएको थियो । वाम गठबन्धनको तर्फबाट सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाउने म्याण्डेट जनताले दिएका थिए । सरकार बनेपछि जनताको म्याण्डेअनुसार यो सरकारले काम काम गर्दै आएको थियो । विकास र समृद्धिको अभियान अघि बढे । स्वास्थ्य क्षेत्रमा प्रत्येक पालिकास्तरमा स्वास्थ्य–सुविधा बढाउने काम भयो । प्रत्येक पालिका केन्द्रहरुमा कालोपत्रे सडक बनाउने कार्य अहिले जारी छ । चलिराखेको छ । भौतिक पूर्वाधारका थुपै कार्यक्रमहरु खानेपानी, विजुलीलगायत अभियानका कार्यक्रमहरु समावेशीकरण, उपेक्षित, अपांग, असहाय, एकल महिलादेखि वृद्धाहरुको सेवा सुविधाको बारेमा समेत यो सरकारले आफ्ना कार्यक्रमहरु अगाडि बढाउँदै लग्यो ।’
ओली नेतृत्वको वर्तमान सरकार ‘सुखी नेपाली र समृद्ध नेपाल’ को अभियान सञ्चालन गर्दै तिव्र गतिमा समाजवादउन्मुख अर्थतन्त्र बनाउने क्रियाकलापमा अगाडि बढेको पनि मन्त्री ठगुन्नाले सुनाए । उनले अघि थपे,‘यत्तिमात्रै होईन, यहाँहरुलाई थाहा छ–लामो समयदेखि हाम्रो देशको जुन भूमि मिचिएको थियो । हामीले औपचारिक रुपमा राष्ट्रिय÷अन्तर्राष्ट्रिय जगतमा दाबीसम्म गर्न पाएका थिएनौं । त्यसलाई औपचारिक रुपमै संसदमा प्रवेश गराएर संविधान संशोधन गरेर हामीले आफ्नो मिचिएको भूमि यो सरकारले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले हाम्रो भूमि समावेश गरेर, हाम्रो नक्सा सार्वजनिक गरेर संविधान संशोधन गरेर हामीले एउटा भारतसँग द्धिपक्षीय छलफलमा मात्रै होईन, अन्तर्राष्ट्रिय जगतमा पनि हाम्रो भूमिको आधिकारिक दाबी हामीले गर्यौं । त्यसलाई प्राप्त गर्ने प्रक्रिया अघि बढायौं । भारतसँग हामीले प्रष्ट रुपमा प्रधानमन्त्रीको नेतृत्वमा मिचिएको भूमि फिर्ता लिने कार्यक्रम पनि अगाडि बढ्दै जाँदाखेरि सरकारका विरुद्धमा, सरकारलाई अस्थिर बनाउने षड्यन्त्र भयो ।’
उनले बलियो सरकार, स्थिर सरकार, प्रगतिशील सरकार आफ्नो सार्वभौमसत्ता रक्षा गर्नको लागि सक्षम हुने उल्लेख गर्दै वर्तमान सरकार नेपालको भौगोलिक अखण्डता रक्षा गर्न पनि सक्षम भएको सुनाए । उनले भने,‘जनताको जनजिविकाको सवालमा पनि निर्वाद रुपमा अगाडि बढाउँदै नेपाललाई एउटा समृद्ध राष्ट्रको रुपमा अगाडि बढाउने अवस्था देखेपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिहरु यो सरकारलाई कमजोर बनाउनतर्फ लागे । त्यसकै प्रतिक्रियास्वरुप जनताबाट अनुमोदित सरकारको विरुद्धमा, कुनै विवाद वा असन्तुष्टि भएपनि ती कुरा पार्टीभित्र राख्नुपर्नेमा संसदमा अविश्वासको प्रस्ताव दर्ता हुन पुग्यो । झण्डै दुई तिहाई बहुमतप्राप्त प्रधानमन्त्रीलाई प्रतिपक्षसँग मिलेर सरकार असफल गराउने खेल सुरु भएपछि, जनताको जनादेश त्यो नभएकोले र जनताले स्थिर सरकार मात्रै खोजेको हुनाले लोकतन्त्रमा सबैभन्दा ठूलो कुरा जनताको जनादेश लिनु नै ठूलो कुरा भएको हुनाले वर्तमान सरकारले निर्वाचनको घोषणा गर्यो ।’
ताजा
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ
२०८३ असार १८ गते, बिहीबार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ
२०८३ असार १८ गते, बिहीबार
पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक
२०८३ असार १८ गते, बिहीबार
सरकार नेपाललाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउने खेलाडीको कहिले हुन्छ सम्मान ?
२०८३ असार १८ गते, बिहीबार
एम्बाप्पेको कुशल प्रदर्शनः स्विडेनलाई हराउँदै फ्रान्स विश्वकपको नकआउट चरणमा
२०८३ असार १७ गते, बुधबार
आज रास्वपाको नयाँ कार्यसमितिको शपथ
२०८३ असार १७ गते, बुधबार
आज यी भूभागमा भारी वर्षाको सम्भावना
२०८३ असार १७ गते, बुधबार
तत्काल पार्टी एकताको सम्भावना छैनः ओली
२०८३ असार १६ गते, मंगलवार
अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी
२०८३ असार १६ गते, मंगलवार
विष्णु पौडेल पक्राउ प्रकरणः बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
२०८३ असार १६ गते, मंगलवार
जातिय विभेद माथि प्रश्न र उत्तर
२०८३ असार १६ गते, मंगलवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





