विभागको महानिर्देशकको जिम्मेवारी प्याकुरेलले सम्हाले

२०७७ माघ ५ गते, सोमबार

काठमाडौं । शहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशकमा नवराज प्याकुरेल नियुक्त भएका छन् । शहरी विकास मन्त्रालयले प्राविधिक सहसचिव प्याकुरेललाई विभागको महानिर्देशको जिम्मेवारी दिएको हो ।
नवनियुक्त महानिर्देशक प्याकुरेलले आजै शहरी विकास तथा भवन विभागमा पदभार ग्रहण गरेका छन् । मन्त्रालय अन्र्तगतको विभिन्न निकायमध्ये विभाग सवै भन्दा बढी जिम्मेवारी भएको र धेरै बजेट खर्च गर्ने निकाय भएकाले त्यहाँको महानिर्देशक पदलाई निकै आकर्षक पदका रुपमा हेर्ने गरिन्छ ।
मन्त्रालय अन्र्तगत रहेको विभाग सरकारी भवन तथा सघन सहरी विकासका साथै शहरी क्षेत्रको पुर्वाधार विकास गर्ने महत्वपुर्ण निकाय हो । नवनियुक्त महानिर्देशक प्याकुरेलले विभागअन्र्तगत भइरहेका कामलाई अझै प्रभावकारी रुपमा अघि बढाउने प्रतिवद्धता जनाएका छन् ।
प्याकुरेलले हाल निर्माणाधीन अवस्थामा रहेका संघीय संसद भवन, मुख्यमन्त्री तथा प्रदेश प्रमुख निवास, प्रधानमन्त्री निवास, बञ्चरे डाँडास्थित ल्याडफिल साइड, गोदावरीको सभाहललगायत ठुला परियोजनालाई समयमै सम्पन्न गराउन मन्त्रालयसँग समन्वय गरेर अघि बढ्ने बताए । नवनियुक्त महानिर्देशक प्याकुरेललाई बिल्डिङ एण्ड आर्किटेक समुहमा काबिल प्राविधिक सहसचिवका रुपमा हेर्ने गरिन्छ ।

408 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती

२०८३ जेष्ठ २८ गते, बिहीबार

आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती

२०८३ जेष्ठ २८ गते, बिहीबार

आजदेखि फिफा विश्वकप–२०२६ः उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने

२०८३ जेष्ठ २८ गते, बिहीबार

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

२०८३ जेष्ठ २८ गते, बिहीबार

‘बसौँ हजुर’ मा सेजल र जोन्दिरको रोमान्टिक अवतार

२०८३ जेष्ठ २८ गते, बिहीबार

संगीत रोयल्टी संकलन समाज नेपालद्वारा रोयल्टी वितरण

२०८३ जेष्ठ २८ गते, बिहीबार

सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो

२०८३ जेष्ठ २६ गते, मंगलवार

गृहमन्त्रीमा पुनः सुधन गुरुङ, आजै शपथ

२०८३ जेष्ठ २६ गते, मंगलवार

बुधबारसम्म प्रतिनिधि सभा बैठक स्थगित

२०८३ जेष्ठ २६ गते, मंगलवार

महावीर पुन मन्त्री बन्दै

२०८३ जेष्ठ २६ गते, मंगलवार

मध्यरातमा फेसबुकमार्फत प्रधानमन्त्रीको व्यंग्यः ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर दिनुस् न’

२०८३ जेष्ठ २४ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal