पहिला संविधान जोगाउँ त्यसपछि चुनावमा जाउँः वरिष्ठ नेता पौडेल

२०७७ माघ ५ गते, सोमबार

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान जोगाएर मात्र निर्वाचनमा जानुपर्ने बताएका छन्। सोमवार बिहान सामाजिक सञ्जालमा आफ्नो प्रतिक्रिया दिँदै पौडेलले लेखेका छन्–‘लोकतन्त्रको चीर हरण हुँदा काँग्रेस चुप लागेर बस्ने कुरा हुँदैन। त्यसैले, संविधान जोगाएर मात्र निर्वाचनमा जानु पर्छ।’ पौडेलले प्रतिनिधि सभा पुनर्स्थापनामा जोड दिँदै यसपछिमात्र निर्वाचनमा जानु उपयुक्त हुने मत पेश गर्दै आएका छन्। वरिष्ठ नेता पौडेलले जनताको मतलाई लात हान्नेले जनताको कुरा गर्नै नमिल्नेसमेत बताएका छन्। उनले सामाजिक संजालमा लेखेका छन–‘जनताको मतलाई लात हान्नेले जनताको कुरा गर्न मिल्दैन् । त्यसैले संविधान जोगाएर मात्र निर्वाचनमा जानुपर्छ ।’ काँग्रेसको संस्थापन पक्ष चुनाव वा प्रतिनिधि सभा दुबै स्विकार्न तयार रहेको बेला पौडेल पक्ष भने पहिले प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्ने पक्षमा छन्। प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेका थिए। ओलीको कदम असंवैधानिक भन्दै काँग्रेस सडकमा ओर्लिएको छ।

324 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal