समाउने हाँगा र टेक्ने धरातल गुमेपछि किरातीको कोकोहोलोः माओवादी केन्द्र

२०७७ माघ २ गते, शुक्रबार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्री का पूर्व अध्यक्ष गोपाल किरातीमा राजनीतिक, वैचारिक र सैद्धान्तिक विचलन आएपछि पार्टीको पोलिटब्यूरो बैठकमा सर्वसम्मतले कारबाही गरि सल्लाहकारको भूमिकामा रहन सुझाएको र किराती स्वयम् राजी भई पार्टीका तत्कालीन उपाध्यक्ष तिलक थापालाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिएको कुरा दिनको घाम झैं सबैमा छर्लङ सावित भइसकेको छ ।
पार्टीले दिएको जिम्मेवारीमा नरहेर पुनः अध्यक्षकै हैसियतमा पार्टीको सम्पूर्ण संगठनात्मक संरचना भंग भएको कथित प्रेस विज्ञप्ति जारी गरेसँगै पार्टीले किरातीलाई थप कारबाही गर्न बाध्य बनेको कुरा पनि सबैमा जगजाहेरै भएको कुरा हिजो जारी विज्ञप्तिमा उल्लेख गरिएकोछ । यसरी वैचारिक विचलनसँगै किरातीले केही मतियारहरु साथमा लिएर कोकोहोलो मच्चाउने दुस्साहस गर्न पछि नपरेको भन्दै आफुसँग बचेखुचेका केही कार्यकर्ताहरुले एकपछि अर्को गरि छाड्ने क्रमसँगै एक्लिए पछि केही अन्धभक्त र मतियारहरुलाई प्रयोग गरि कथित पार्टी कार्यालय सचिव पासाङको नाममा यहि माघ १ गते जारी गरिएको विज्ञप्ति प्रति नेकपा (माओवादी केन्द्र) को गम्भीर ध्यानाकर्षण भएको समेत उक्त विज्ञप्तिमा उल्लेख गरेकोछ ।
आफ्नो वैचारिक विचलनसँगै एक्लिएपछि आफ्नो सच्चा मतियार पासाङको नाममा जारी विज्ञप्तिले अब किरातीका राजनीतिक धरातल धरासाई बन्दै गएको प्रष्ट भएको भन्दै आफुलाई पुजेसम्म राम्रो मान्छे हाम्रो मान्छे भन्ने र आफुलाई पुज्न छाडेपछि राजनीतिक धरातल भुलेर तल्लो स्तरमा ओर्लेर तथानाम गाली गर्ने स्वभाव आज पासाङको नाममा जारी गराईएको विज्ञप्तिबाट थप पुष्टि भएको नेताले विज्ञप्तिमा लेखेकोछ । सबै कार्यकर्ताले छाड्दै गएपछि घर न घाटको स्थितिमा पुगेका किरातीका आताताईहरुको रोईलो देखेर टिठ लागेर आएको र किरातीका मतियारहरुले कथाकथित आरोप लगाई हाम्रो गौरवशाली पार्टी नेकपा ९माओवादी केन्द्र० का वरिष्ठ नेता तिलक थापालाई विभिन्न आरोप सहित अख्तियारको भाषामा विज्ञप्ति निकाल्न लगाई तल्लो स्तरमा ओर्लिएको देखेर किरातीको भविष्य प्रति हामीलाई दया लागेर आएको भन्दै उनले हामीलाई गुनासो पाोखे । अर्का नेता कुमार याक्खा राईको सवालमा कुमार याक्खा राई भर्खरसम्म किरातीमा रहेको र हालै हाम्रो गौरवशाली पार्टीमा प्रवेश गरेसँगै अनेकन आछेप लगाउँदै रोईलो काटेको देखेर सच्चा कम्युनिस्ट कार्यकर्ताहरुका सामु किरातीको र मतियारहरुको हैसियत प्रष्टिएको उनको भनाइ छ । हिजो कार्यालयमा सामन्ती पाराले कार्यकर्तालाई निर्देशन दिएर अरुले दुःख जिलो गरि जम्मा गरेर ल्याईदिएको आर्थिकमा हालीमुहाली गर्दै आएका किराती अबका दिनमा ति दिनहरु नआउने प्रष्ट भएसँगै मानसिक सन्तुलन गुमेका मान्छे झैं तथानाम व्यक्ति व्यक्तिको नाम किटेर गालीगलौेजमा उत्रेसँगै भावी दिनमा यसरी तल्लो स्तरमा नओर्लन सुझाब दिंदै किरातीलाई आकाश फर्केर नथुक्न सुझाउन चाहेको उनले बताए । किराती सुध्रिन छाडेर यस्तै रुपमा आगाडी बढेमा किराती दुई दुई पटक मन्त्री हुँदा भएको गतिविधिको हाम्रो पार्टीले छानवीन गर्न बाध्य नबनाईयोस अन्यथा किरातीका कर्तुतहरु पनि बाहिर ल्याउन हामी बाध्य हुने जानकारी गराउँदै हाम्रो गौरवशाली पार्टीका आम नेता तथा कार्यकर्ताहरुलाई किरातीको धमिलो पानीमा माछा मार्न खोज्ने दुस्साहस प्रति सतर्क र सजक रहन र किराती र उनका मतियारहरुले फैलाएको भ्रामक कुरा प्रति विश्वास नगर्न अनुरोध गर्दै माओवादी केन्द्रका उक्त नेताले बेलैमा सुध्रन समेत सल्लाह दिन चाहेको विज्ञप्तिमा उल्लेख छ ।

368 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal