हाम्रो पार्टी नै खास कम्युनिष्ट पार्टी हो – वरिष्ठ नेता थापा

२०७७ पुष २६ गते, आईतवार

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता तिलक थापा मगरले आफूहरुले अघि सारेको विचारले मात्र जनतालाई मुक्ति दिने बताएका छन् । उनले अरु पार्टीहरुको अहिलेसम्म जनताको नाममा राजनीति गरेको भने पनि सधैं जनताको भावनामाथि खेलवाड गरेको पनि आरोप लगाए ।
उनले आफ्नो पार्टी नै खास कम्युनिष्ट पार्टी रहेको जनाए । थापा मगरले अरु कम्युनिष्ट पार्टीको गलत व्यवहारका कारण कम्युनिष्टको भावनामाथि नै प्रहार भएकोमा गुनासो गरे । उनले आफ्नो पार्टीमा जनलहर बढेकाले ढुक्क भएर आफूहरुलाई समर्थन गर्न पनि नेता तथा कार्यकतालाई आग्रहसमेत गरे । उनले अब तीनवटा पार्टी भएकाले थप सजिलो भएको पनि स्पष्ट पारे । थापाले कम्युनिष्ट नामका धेरै पार्टीहरु भए पनि अरुले अवसरको लागिमात्र राजनीति गरेकाले आफूहरुलाई त्यसरी नहेर्न समेत अनुरोध गरे ।
आज काठमाडौंमा आयोजित तीनवटा पार्टीको एकीकरण कार्यक्रममा बोल्दै उनले पार्टीले माओवादी भनेर भन्दै आएपनि उनीहरुमा वास्तविक रुपमा माओवादी विचार र सिद्धान्त नभएको दाबी गरे । माओवादी जनमुक्ति पार्टी नेपाल, नेकपा संयुक्त (क्रान्तिकारी) र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा (माओवादी केन्द्र) बीच एकता भएर पार्टीको नाम नेकपा (माओवादी केन्द्र) नै बनेको पार्टी सचिव अरुण घिसिङले जनाए । उनले पार्टीले अब नयाँ गति लिने दाबी गरे । ‘हिजो हाम्रो पार्टीमा केही समस्या थियो अब त्यस्तो छैन, पार्टीले सधैं देश र जनताका विषय उठाउँछ’ घिसिङले भने ‘हाम्रो पार्टीका पूर्व अध्यक्ष गोपाल किराँतीमा वैचारिक रुपमा विचलन भएपछि, राजनीतिक अकर्मण्यता देखाएपछि र सांगठनिक अराजकतामा लागेपछि उहाँलाई अध्यक्षबाट हटाएका हौं ।’
पार्टीले पौष २९ गते विराटनगर, माघ ३ गते काभ्रेको बनेपा, ६ गते सुर्खेतमा कार्यक्रम गर्ने जनाएको छ । पार्टीले माघ १२ गते काठमाडौंमा वाइसिएल भेला गर्ने भएको छ ।

414 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal