वर्षौं सडकमा फोहोर टिपेर खाने वेवारिसेकालागि साहारा बन्दै आश्रमको युवा समुह

२०७७ पुष १७ गते, शुक्रबार

अर्घाखाँची । अर्घाखाँचीकी काव्य पोखरेल वीरगञ्जस्थित मावनसेवा आश्रममा भारतका मोहम्मद रजाक मियाको दाह्रीरकपाल मिलाइदिँदै थिए । उनको पारिवारिक स्पर्श पाउँदा सधैँ सडकमा फोहर टिपेर खाने मियाका लागि विहीबार विशेष नै बन्यो ।
सडकमा हिँड्दा मानिसले कतिपटक कुच्चिएको र मागेर खान खोज्दा गाली र तिरस्कृतमा परेको उनलाई सम्झना छ । फेरी उही समाजका केही व्यक्ति खुला आकाश मुनी रात विताउन विवश मानिसलाई टपक्क टिपेर स्याहार सुसारमा जुटिरहेका छन् । यसैको ज्वलन्त उदाहरण हो, आश्रमको युवा समुह ।
पोखरेलको परिवारिक ममताले औधी खुशी देखिएका मियाले मन्द मुस्कानका साथ भने, ‘बढिया’ । सानो छँदा बाढीले सबै परिवार बगाएपछि उनी एक्लिएर सडकमा आइपुगेका थिए । विक्षिप्त अवस्थाका उनी खुला सिमानाका कारण नाकाबाट नेपाल भित्रिनु भएको बताइएको छ ।
वीरगञ्ज महानगरपालिकालाई बेसहारा सडक मानवरहित क्षेत्र घोषणा गर्नु केही अघिको यहाँ यसरी बेवारिसे व्यक्तिलाई पारिवारिक माया प्रदान गर्न पोखरेल लगायत ४० जना युवा विहीबारसँगै थिए । यहाँका युवा देवेश गुप्ता, सानु गुरुङ, मुना लामा, सुरज कुशवाह, निरज पटेल, ओम झाजस्ता ३० जनाको युवा समूहको तीन वर्षको प्रयासको उपलब्धि सार्वजनिक हुँदै थियो ।
उनीहरु हरेक शनिबार जम्मा भएर मानवसेवाको सङ्कल्प गरी हप्ताभरी परिचालन हुन्थे । यसैको प्रतिफल स्वरुप महानगर सडक मानवरहित घोषणा हुँदै थियो ।
पोखरेलका लागि यहाँसम्म आइपुग्नुमा छुट्टै परिघटना छ । तीन वर्षदेखि सेवामा समर्पित भइ राष्ट्रिय उद्धार अभियानका क्रममा वीरगञ्ज आइपुगेकी पोखरेललाई २०७४ साल अघि ‘वेवारिसे व्यक्ति बाटोमा हुन्छन्’ भन्ने पनि थाहा थिएन ।
एक दिन साथीले सडकमा पानी÷विष्कुट बाँड्न जाउँ भन्दा मानिनन् । यसको दोस्रो हप्ता के रहेछ भनेर कुरो बुझ्न गइन् । त्यो बेला शुरुमा सडक सेवा (सडकका वेवारिसेका लागि आवश्यक सहयोग) हुने गरेको देखिन् । सहभागि युवाले मानवीय सेवामा समर्पित हुँदै वाचन गरेका प्रार्थनाका शब्दले उनको मन छोयो । प्रार्थनापछि सडकमा वेवारिसे व्यक्तिको सेवा गर्न अन्यसँगै उनी पनि समर्पित भइन् ।
“मलाइ लाग्थ्यो, मान्छेहरु आफु जस्तै त होला, तर त्यसदिन भेटिएकी दृष्टिविहिन पार्वती दिदी दिशारपिशाव एकै ठाउँमा गर्नुहुन्थ्यो”, पोखरेलले अनुभव सुनाउँदै भनिन, उहाँको अबस्था देखेर मन भक्कानियो, अनि सेवामा जुट्ने अठोट गरे ।” पहिलो दिन नयाँ मान्छेले सेवा गर्नुपर्ने सुनेपछि त्यसलाई स्वीकारेर पार्वती दिशापिशाव पखालेर सरसफाइमा जुटेको उनले अनुभव सुनाइन् ।
पोखरेलसँगै राष्ट्रिय उद्धार अभियान लिएर आइपुगेका ३५ जनाको युवा टोली मध्ये केहीले वीरगञ्जको सडकपेटीबाट ल्याइएका व्यक्तिको कपाल काटिदिए भने कोही नुहाइदिए । कसैले नङ् काटेर मिलाइदिए । कसैले तेल लगाइदिए । विभिन्न जिल्लाबाट भेला भएका ती युवा जमातले वीरगञ्जभरी सडक मानवको खोजी गर्दा विहिबार आठ व्यक्ति भेटिए । उनीहरु असक्त, मनोरोगी तथा पारिवारिक पीडाका कारण सडकमा आइपुगेका व्यक्ति थिए । उनीहरुलाई आश्रममा संरक्षण दिइएको छ । अहिले आश्रमका अभियानकर्मी होमनाथ तिमल्सिनासहित सुमा रावल, आदर्श ढकाल, सिर्जना ओली, सुमिरा लामा, मनोज घिमिरे, जमिर श्रेष्ठ पनि अभियानमा खटिएका छन् । यस्तै अन्य नव स्वयंसेवीहरु समेत सँगसैगै छन् । उनीहरु महिलालाई आमा र दिदी बहिनीको रुपमा र पुरुषलाई बुवा वा दाजुभाईको रुपमा व्यवहार गर्दै सेवा दिँदै आएका छन् ।
यसरी सडकमा सेवा गर्ने अधिकांश युवा करीब १५ देखि ३० वर्षका छन् । उनीहरु बेवारिसे, असक्त, सहयोगापेक्षी तथा मनोरोगी भएर सडकमा आश्रित व्यक्तिको सेवामा अहोरात्र खटिन्छन् ।
विसं २०६९ सालमा आश्रम स्थापना हुँदा रामजी अधिकारीको नेतृत्वमा शुसीला केसी, सुमन वतौँलालगायत युवाले नै मुलुकलाई असहाय सडकमानव रहित बनाउने सङ्कल्प बोकेर नौलो अभ्यास थालेका थिए । शुरुआती चरणमा अभियानलाई कसैले पत्याएनन् । गाउँमा गएर मुठी दान माग्दा घरघरबाट पानी खन्याएर लखेटेको अझै याद आउने अधिकारी स्मरण गर्छन् ।
“अहिले त समाजले बुझन् थालिसक्यो, सरकारको पनि ध्यान जान थालेको छ, उ बेला समाजले गरेको असामाजिक कार्य, शब्दमा भन्नै सकिँदैन, त्यसलाई आशिर्वाद सम्झेर सेवामा जुट्यौँ”, अधिकारीले भने ।
झण्डै दुई सय समर्पित युवाकै कारण पाँच हजार व्यक्तिको उद्धारपछि अहिले मुलुक नै सहयोगापेक्षी सडक मानवरहित बन्ने अबस्थातर्फ उन्मुख छ । देशव्यापी सडक सेवा अभियानमा उनी समाजका प्रेरणा बनेर उभिएका छन् ।
यही अभियानका क्रममा पछिल्लो हप्ता÷दश दिन कै अन्तरालमा झापा जिल्ला, विराटनगर र वीरगञ्ज महानगरपालिकालाई सडकमा असक्त÷असहाय मानिसमुक्त क्षेत्र घोषणा गरिएको छ । घोषणा हुनु भनेको अब कहिल्यै सडकमा मानिस नआउने भन्ने होइन, सकेसम्म आउन नदिने र आएकालाई तत्काल उद्धार गरेर सेवा दिनु रहेको आश्रमले जनाएको छ । यसअघि विभिन्न जिल्लालाई असहाय सडक मानव रहित घोषणा गरिसकिएको छ ।
आगाम वर्ष मुलुकलाई नै बेसहारा सडकमानव रहित बनाउने सरकारी योजना साकार पार्ने धुनमा युवाहरु छन् ।
छोटो समयमै वीरगञ्जको उपलब्धि
तीन वर्षको छोटो समयमै वीरगञ्ज महानगरपालिका सहयोगापेक्षी सडकमानव रहित घोषणा गरिएको छ । राष्ट्रिय उद्धार अभियान अन्तरगत मेची महाकाली सडक यात्रामा निस्किएका मानवसेवा आश्रको टोली वीरगञ्ज आइपुगेका बेला विहीबार महानगरपालिकाले यसरी घोषणा गरेको हो ।
घोषणासभामा महानगरपालिकाका प्रमुख विजयकुमार सरावगी र उपप्रमुख शान्ति कार्कीले युवाको समर्पण भावले प्रभावित भएको बताइन् । प्रमुख सरावगीले थपिन्, “अब कोही पनि बेसहारा बनेर सडकमा अलपत्र बस्नुपर्ने अबस्थाको अन्त्य भएको छ, सडकमा कोही आइहाले पनि त्यसरी कष्ट सहेर बसिरहनु पर्ने छैन ।”
वीरगञ्जमा २०७४ जेठबाट यहाँ आश्रम स्थापना भएको हो । हाल यहाँ ५५ जना बेसहारा आश्रित छन् । केहीलाई उद्धारपछि परिवारमा मिलान समेत गराइसकिएको शाखा प्रमुख देवेश गुप्ताले बताए ।
उनले स्थानीय र सरकारी निकायको सहयोग तथा समन्वयले सडक मानवरहित बनाउन सम्भव भएको बताए । (रासस)

194 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

This is Test by Web house Nepal

२०८३ असार २३ गते, मंगलवार

This is Test by Web house Nepal

२०८३ असार २३ गते, मंगलवार

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ असार १८ गते, बिहीबार

पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक  

२०८३ असार १८ गते, बिहीबार

सरकार नेपाललाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउने खेलाडीको कहिले हुन्छ सम्मान ?

२०८३ असार १८ गते, बिहीबार

एम्बाप्पेको कुशल प्रदर्शनः स्विडेनलाई हराउँदै फ्रान्स विश्वकपको नकआउट चरणमा

२०८३ असार १७ गते, बुधबार

आज रास्वपाको नयाँ कार्यसमितिको शपथ

२०८३ असार १७ गते, बुधबार

आज यी भूभागमा भारी वर्षाको सम्भावना

२०८३ असार १७ गते, बुधबार

तत्काल पार्टी एकताको सम्भावना छैनः ओली

२०८३ असार १६ गते, मंगलवार

अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी

२०८३ असार १६ गते, मंगलवार

विष्णु पौडेल पक्राउ प्रकरणः बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

२०८३ असार १६ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal