नाइजेरियामा कोरोना भाइरसको अर्को नयाँ प्रकार फेला

२०७७ पुष १० गते, शुक्रबार

एजेन्सी ।नाइजेरियामा कोरोनाभाइरसको अर्को नयाँ प्रकार फेला परेको अफ्रिकाको रोग नियन्त्रण संस्थाका प्रमुखले जनाएका छन् । उनले यसबारे थप अनुसन्धान गर्नुपर्ने बताएका हुन् ।
दक्षिण अफ्रिका र बेलायतमा सार्स–कोभ–२ को नयाँ प्रकार थप संक्रमक भएको पाइएको पछि यो आविष्कारले महामारी नियन्त्रणमा थप चुनौति थपिएको छ । बेलायत र दक्षिण अफ्रिकामा धेरै देशहरुले यात्रा प्रतिबन्ध लगाइसकेको छ ।
‘बेलायत र दक्षिण अफ्रिकामा भेटिएको भाइरसको प्रकारभन्दा यो फरक छ,’ अफ्रिका सेन्टर फर डिजिड कन्ट्रोल एन्ड प्रिभेन्सन (अफ्रिका सीडीसी) का प्रमुख जोन एनकेंगगासोङले बिहीबार पत्रकारहरुसँग भने । उनले नाइजेरिया सीडीसी र अफ्रिकन सेन्टर फर एक्सिलेन्स फर जिनोमिक्स अफ इन्फेक्सियस डिजिजले नाइजेरियामा पाइएको भाइरसको नयाँ प्रकारको थप अध्ययन गर्ने जानकारी दिए ।
‘केही भन्नु अहिले नै चाँडो हुनेछ । हामीलाई केही समय दिनुहोस्,’ उनले भने । भाइरसको नयाँ प्रकार गत अगस्त ३ र अक्टोबर ९ मा नाइजेरियाको ओसुन राज्यमा संकलन गरिएको स्याम्पलमा दुई जनामा पाइएको एसोसिएटेड प्रेसले जनाएको छ ।
पी ६८१ एच नाम दिइएको भाइरसको उक्त नयाँ प्रकारले नाइरजेरियामा संक्रमणलाई तीव्र गतिमा फैलाएको हालसम्म नपाइएको बताइएको छ । यद्यपि, पछिल्लो हप्ता नाइजेरियामा ५२ प्रतिशतले संक्रमण बढेको छ भने दक्षिण अफ्रिकामा ४० प्रतिशतले यो वृद्धि भएको छ । (अलजजिरा)

342 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal