चुनाव भन्ने वित्तीकै उहाँहरु निद्रामा झस्किनुहुन्छः प्रधानमन्त्री ओली

२०७७ पुष १० गते, शुक्रबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी भित्र खुट्टा तान्ने प्रवृतिले देशलाई अगाडि बढाउन बाधा पुगेकाले संसद विघटन गर्नुपरेको बताएका छन् ।
बिहीबार बालुवाटारमा आयोजित आफ्नो समूहको केन्द्रीय कमिटीको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले पार्टी भित्रको झमेलाका कारण देश हाँक्न बाधा भएकाले संसद विघटन गर्नुपरेको बताए ।
उनले भने, ‘किन संसद विघटन गर्नुप¥यो । अरु थुप्रै कुरा छोडिदिनुस । यहि किचकिच, यहि झमेला पार्टी भित्र सधैं हिंडन खोज्यो खुट्टा समाउने, हिंडन खोज्यो अल्झाउने, हिंडन खोज्यो धराप थाप्ने, हिंडन खोज्यो अल्झो लगाउने । देश हाँक्नुपर्ने बेलामा देशलाई अगाडि बढाउनुपर्ने बेलामा सरकारलाई पनि अगाडि बढ्न नदिने । सरकारलाई गतिशिल ढंगले हाँक्नुपर्ने बेलामा पार्टी, त्यो पार्टी अल्झिनुपर्ने । के मा भन्दा दिनै पिच्छेका गफ फिटनेहरुका कुरामै अल्झिनुपर्ने । उनीहरु गफ फिटेर बस्छन त्यसैमा अल्झिनुपर्ने ।’
अध्यक्ष ओलीले संसद विघटन पछि जनतामा जान डर मान्नेहरुले पार्टी फुटाएको पनि बताए । सरकारले नयाँ जनादेशका लागि जनतामा जाने घोषणा गर्दा डर मान्नेहरुले आन्दोलनको घोषणा गरेको बताए । उनले भने, ‘आन्दोलन के का लागि, प्रधानमन्त्रीले नयाँ जनादेशका लागि जनतामा जाने भनेर घोषणा ग¥यो । अब जनतामा जान उहाँहरुलाई यत्रो डर किन ? तपाई हामी बुझ्न सक्छौं । उहाँहरुको टाउको ठूलो छ तर खुट्टा सानो छ ।’
देशलाई विगार्ने, देशको एकता तोडने र अग्रगमनको बाटोमा जान रोक्नेहरुलाई जनताले मत नदिने पनि अध्यक्ष ओलीले बताए । त्यसैले संसद पुनस्र्थापना गरेर एक डेढ वर्ष सत्तामा जानका लागि आन्दोलन गर्न लागेको बताए । जनतामा जान छोडेर आन्दोलन गर्ने कुराको कुनै औचित्य नरहेको पनि बताए । उनले भने, ‘देश विगार्ने, देशको एकता तोडने देशलाई अग्रगमनको बाटोमा जानलाई व्यवधान खडा गर्नेहरुलाई जनताले मत दिन्छ ? त्यसकारण उहाँहरुलाई के लागेको छ भने अलि एक डेढ वर्ष भएपनि संसद पुनरस्थापना गरेर जोड घटाउ, जालझेल, तिकडम, यता सम्झौता, उता सम्झौता, यता मिलन, उता मिलन, यता मेलमिलाप कसको आशिर्वाद आदीबाट फेरी सरकारमा पुग्न पाइन्थ्यो की त्यसपछि त चुनाव भयो भने हुँदैन । चुनाव भयो भने चान्स हुँदैन भनेर उहाँहरु भागिरहनु भएको छ । चुनाव भन्ने वित्तीकै उहाँहरु निद्रामा झस्किनुहुन्छ ।’
गृहमन्त्री समेत रहेका नेकपाका सचिवालय सदस्य रामबहादुर थापाले पार्टीलाई जोगाउन पटकपटक अनुनयविनय गर्दा समेत नसकिएको बताए । अन्तिम समयसम्म पनि प्रयास गर्दा समेत नसकेपछि अहिलेको अवस्था आएको थापाले बताए ।

280 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ असार ५ गते, शुक्रबार

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ असार ५ गते, शुक्रबार

किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?

२०८३ असार ५ गते, शुक्रबार

‘क्याप्टेन साब’को सकियो छायांकन

२०८३ असार ५ गते, शुक्रबार

‘रोल नं १’को टिकटमा ५० प्रतिशत

२०८३ असार ५ गते, शुक्रबार

फाइभ जीका लागि सरकार र सेवा प्रदायक दुवै तयार

२०८३ असार ५ गते, शुक्रबार

के नेपालको धर्म, कला र संस्कृति आज हराउँदै गएको हो ?

२०८३ असार ५ गते, शुक्रबार

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी

२०८३ असार ३ गते, बुधबार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

२०८३ असार ३ गते, बुधबार

गेरुवामा निशुल्क लोकसेवा तालिम समापन

२०८३ असार ३ गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal