प्रधानमन्त्री बालेन र मोदीद्वारा जनकपुरधाम–अयोध्या रेल सेवाको संयुक्त रुपमा उद्घाटन

२०८३ मंसिर ७ गते, सोमबार

नयाँ दिल्ली । नेपालका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार भारतको नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट संयुक्त रूपमा नेपालको जनकपुरधाम र भारतको अयोध्याबीच धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यसहित आजबाट जनकपुरधाम–अयोध्या विशेष रेल सेवाको उद्घाटन गरेका छन् ।

भर्चुअल माध्यमबाट उद्घाटन गरे लगत्तै अयोध्याबाट रेल जनकपुरका लागि हिँड्ने छ । अयोध्या रेलवे स्टेसनबाट उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र रेलका उच्च पदाधिकारीहरूले जनकपुर जाने रेलको बिदाइ गर्नेछ । यससँगै नेपाल र भारतका दुई महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक शहर प्रत्यक्ष रेल सम्पर्कमा जोडिएका छन् ।

भारतीय रेलवे विभागले नेपालको जनकपुरधाम र भारतको उत्तर प्रदेशस्थित अयोध्या क्यान्टबीच नयाँ साप्ताहिक रेल सेवा सञ्चालन गर्न यसअघि नै स्वीकृति दिइसकेको थियो । करिब ६०४ किलोमिटर दूरीको यो सिधा रेल सेवाले दुई देशबीचको धार्मिक पर्यटन र सीमापार आवागमनलाई अझ सहज बनाउने भारतीय रेल मन्त्रालयले जनाएको छ।

भारतीय रेलवे विभागका अनुसार यो रेल सातामा एकपटक दुईतर्फी रूपमा चल्नेछ । रेलवे बोर्डको तालिकाअनुसार प्रत्येक शनिबार दिउँसो १ः१० बजे जनकपुरधामबाट छुटेर आइतबार बिहान ८ः१० बजे अयोध्या क्यान्ट पुग्नेछ। त्यस्तै, प्रत्येक सोमबार साँझ ५ः५० बजे अयोध्या क्यान्टबाट (रेल नं. १५५९६) छुटेर जनकपुरधाम आउनेछ।

६०४ किलोमिटर लामो यस रुटमा रेल जयनगर, मधुबनी, शिशो, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्या धाम स्टेसनहरूमा रोकिनेछ। यो रेलको सुरक्षा कसले कसरी गर्ने भन्नेमा नेपाल र भारतबीच लामो समय छलफल चलेको थियो । भारतीय रेल नेपाली भूमिमा चल्दा त्यसको सुरक्षा कसले गर्ने भन्ने प्रश्न थियो । नेपालले नेपाली भूमिमा आफ्नै सुरक्षाकर्मी हुने भनेको थियो । भारतले भारतीय रेल भएकाले रेल जहाँसम्म जान्छ त्यहाँसम्म आफ्नै सुरक्षाकर्मी हुने बताएको थियो ।

13 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

भारतद्वारा २४ हजार करोडको सहयोग प्याकेज घोषणा

२०८३ मंसिर ७ गते, सोमबार

भारतद्वारा २४ हजार करोडको सहयोग प्याकेज घोषणा

२०८३ मंसिर ७ गते, सोमबार

प्रधानमन्त्री बालेन र मोदीद्वारा जनकपुरधाम–अयोध्या रेल सेवाको संयुक्त रुपमा उद्घाटन

२०८३ मंसिर ७ गते, सोमबार

प्रधानमन्त्री बालेनको लिखित सन्देशः ‘करुणा नै सर्वोच्च शक्ति हो’

२०८३ मंसिर ७ गते, सोमबार

सहमति कार्यान्वयन नभए पुनः सत्याग्रहः डा. केसी

२०८३ मंसिर ७ गते, सोमबार

प्रधानमन्त्री बालेनद्वारा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण

२०८३ मंसिर ७ गते, सोमबार

प्रधानमन्त्री शाह र मोदीबीच भेटवार्ता

२०८३ मंसिर ७ गते, सोमबार

सहकर्मीलाई अपमानजनक गालीगलौज गरेको आरोपमा प्रहरी हवल्दार महतो निलम्बित

२०८३ मंसिर ७ गते, सोमबार

सुनील थापाको अन्तिम चलचित्र ‘हिमालयन गोल्ड’ नेपाल र भारतमा एकसाथ प्रदर्शनमा

२०८३ मंसिर ७ गते, सोमबार

नेपाल सनातन धर्म संस्कृति संगठनमा खराल र सुवेदी

२०८३ मंसिर ७ गते, सोमबार

देवघाटधामको प्रचारप्रसार गर्ने उद्देश्यका गण्डकी परिक्रमा महोत्सव आजदेखि

२०८३ मंसिर ७ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal