सहमति कार्यान्वयन नभए पुनः सत्याग्रहः डा. केसी

२०८३ मंसिर ७ गते, सोमबार

काठमाडौं । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लागि सरकारसँग भएका सहमति शीघ्र कार्यान्वयन गर्न माग गर्दै प्रा. डा. गोविन्द केसीले पुनः सत्याग्रह सुरु गर्ने चेतावनी दिएका छन् ।

२५औँ सत्याग्रह स्थगित गर्ने क्रममा सरकारसँग भएको सहमति दुई हप्ताभित्र कार्यान्वयन गर्ने प्रतिबद्धता जनाइए पनि अहिलेसम्म कार्यान्वयन नभएको भन्दै केसीले आइतबार प्रेस विज्ञप्ति जारी गरी सरकारको ध्यानाकर्षण गराएका हुन् । केसीले चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधार, समतामूलक पहुँच, जवाफदेहिता, सुशासन र सामाजिक न्यायका माग राख्दै गरेको २४औँ सत्याग्रह २०८३ साउन ११ गते सरकारसँग निश्चित समयभित्र माग पूरा गर्ने सहमतिपछि स्थगित गरेका थिए ।

तर, सरकारले सहमति कार्यान्वयन गर्नुको सट्टा चिकित्सा शिक्षा ऐन र सुशासनका मान्यताविपरीत आम नागरिकको स्वास्थ्यमा प्रतिकूल असर पार्ने निर्णय गरेको उनको आरोप छ । त्यसको विरोध तथा पुराना सहमति कार्यान्वयन र जनहितविपरीतका निर्णय खारेजीको माग गर्दै उनले २५औँ सत्याग्रहसहित नौदिने अनसन गरेका थिए ।

उक्त अनसन २०८३ कात्तिक २१ गते शिक्षा मन्त्रीसहितको सरकारी टोलीसँग पुनः सहमति भएपछि स्थगित भएको थियो । तर, दुई हप्ताभित्र कार्यान्वयन गर्ने भनिएका सहमतिका बुँदा अझै कार्यान्वयन नभएको केसीले बताएका छन् ।सहमति भएलगत्तै तिहार र छठको सार्वजनिक बिदा परेकाले सरकारलाई कार्यान्वयनका लागि केही दिन थप समय दिएको उनले उल्लेख गरेका छन् ।

“अब पनि सहमतिहरू शीघ्र कार्यान्वयन नगरिएमा वा सहमतिविपरीतका गतिविधि गरिएमा स्थगित सत्याग्रहसहितको आन्दोलन पुनः सुरु गर्न बाध्य हुनेछौँ,” विज्ञप्तिमा भनिएको छ ।

4 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

सहमति कार्यान्वयन नभए पुनः सत्याग्रहः डा. केसी

२०८३ मंसिर ७ गते, सोमबार

सहमति कार्यान्वयन नभए पुनः सत्याग्रहः डा. केसी

२०८३ मंसिर ७ गते, सोमबार

प्रधानमन्त्री बालेनद्वारा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण

२०८३ मंसिर ७ गते, सोमबार

प्रधानमन्त्री शाह र मोदीबीच भेटवार्ता

२०८३ मंसिर ७ गते, सोमबार

सहकर्मीलाई अपमानजनक गालीगलौज गरेको आरोपमा प्रहरी हवल्दार महतो निलम्बित

२०८३ मंसिर ७ गते, सोमबार

सुनील थापाको अन्तिम चलचित्र ‘हिमालयन गोल्ड’ नेपाल र भारतमा एकसाथ प्रदर्शनमा

२०८३ मंसिर ७ गते, सोमबार

नेपाल सनातन धर्म संस्कृति संगठनमा खराल र सुवेदी

२०८३ मंसिर ७ गते, सोमबार

देवघाटधामको प्रचारप्रसार गर्ने उद्देश्यका गण्डकी परिक्रमा महोत्सव आजदेखि

२०८३ मंसिर ७ गते, सोमबार

यस्तो छ प्रधानमन्त्रीको सोमबारको कार्यतालिका

२०८३ मंसिर ७ गते, सोमबार

पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न

२०८३ कार्तिक १५ गते, आईतवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक १० गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal