लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशको राजनीति अँध्यारो सुरुङ तर्फ धकेलिएको र संविधान तथा व्यवस्थामा नै त्रुटि रहेको बताएका छन् । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन लिङ्देनले मुलुकको वर्तमान राजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गरे ।

कांग्रेसको अघिल्लो महाधिवेशनको स्मरण गर्दै अध्यक्ष लिङ्देनले भने, ‘१४ औँ महाधिवेशनमा शेरबहादुर देउवा, केपी शर्मा ओली र माधवकुमार नेपालको उपस्थिति थियो, आज उहाँहरू देखिनुहुन्न। तर, देशको अवस्थामा र नेताहरूलाई हेर्ने जनताको दृष्टिकोणमा कुनै परिवर्तन आएको छैन।’ उनले चुनावपछि ६ महिनाको अभ्यासले मान्छे फेरेर मात्र समस्याको समाधान नहुने स्पष्ट पारेको बताए । ‘समस्या व्यक्तिमा मात्र होइन, हामीले उत्कृष्ट भनेर ल्याएको संविधान र व्यवस्थामा छ,’ उनले भने, ‘संविधान त्रुटिका चाङले भरिएको छ, अब यसलाई सुधार्नुको विकल्प छैन।’

हिजोको निषेधको राजनीति ले मुलुकलाई बर्बादीतर्फ लगेको बताउँदै लिङ्देनले अबको बाटो राष्ट्रिय सहमति भएको जिकिर गरे । ‘हिजो राजाले दललाई र दलले राजालाई निषेध गर्ने काम भयो, यसको परिणाम देशले भोगिरहेको छ,’ उनले भने । हिजो गलत कुरा गर्दा गोलीको सामना गर्नुपर्ने अवस्था थियो भने आज सामाजिक सञ्जालमा आक्रमण हुने गरेको उल्लेख गर्दै उनले सहिष्णुताको खाँचो औँल्याए ।

देशलाई निकास दिनका लागि राजा, राजनीतिक दल र नयाँ पुस्तालाई एकै ठाउँमा राखेर समझदारी कायम गर्नुपर्ने उनको प्रस्ताव छ। ‘देश बिग्रिँदा हामी सबैको बिग्रिन्छ,’ लिङ्देनले चेतावनी दिँदै भने, ‘अहिले देश लिग बाहिर गएको छ। देशलाई बचाउन र समृद्ध बनाउन अब नयाँ शिराबाट राष्ट्रिय सहमति गरेर अघि बढ्नुपर्छ।’ अध्यक्ष लिङ्देनले कांग्रेसको महाधिवेशनले देशको यो गम्भीर परिस्थिति बुझेर अगाडि बढ्नका लागि मार्गनिर्देशन गर्ने विश्वास व्यक्त गरे ।

5 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

कांग्रेसको महाधिवेशन आजदेखि

२०८३ आश्विन १८ गते, आईतवार

पुस्तकलाई अभिभावकसँग जोड्दै कोसी साहित्य–कला परिषद् नेपाल

२०८३ आश्विन १८ गते, आईतवार

गति लिँदै राजापुर–ओखरिया सडक

२०८३ आश्विन १६ गते, शुक्रबार

गगनलाई किशोर सिंह राठौरको चुनौती

२०८३ आश्विन १६ गते, शुक्रबार

बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा

२०८३ आश्विन १६ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal