भूपेशको ‘मेरी आमा’ सार्वजनिक
काठमाडौं — गायक भूपेश गिरीले आफ्नी दिवंगत आमा गोमा गिरीको सम्झनामा तयार पारेको गीत ‘मेरी आमा’ सार्वजनिक गरेका छन्। वास्तविक जीवनमा भोगेको पीडादायी घटनाबाट प्रेरित गीतको म्युजिक भिडियोमा आमाको माया, बाल्यकालका सम्झना, अस्पतालको पीडा र आमालाई गुमाउँदाको क्षणलाई कथात्मक रूपमा प्रस्तुत गरिएको छ।
आमाको स्वास्थ्य अवस्था गम्भीर हुँदै जाँदा चिकित्सकबाट प्राप्त निराशाजनक खबर, छोराको मनमा पलाएको आशा र अन्ततः आमालाई गुमाउनुपरेको पीडालाई भूपेशले शब्द, संगीत र दृश्यमा उतारेका छन्।
गीतका शब्द, संगीत, स्वर र अभिनय भूपेश गिरीकै हो। भिडियोमा संगम राईले आमाको भूमिका निभाएकी छन् भने बाल कलाकार ब्रायन घिमिरेले बाल्यकालका भूपेशको भूमिका निर्वाह गरेका छन्।
राजीव समरको निर्देशनमा बनेको भिडियोको छायांकन रक कौशल, सम्पादन तथा कलर राकेश दाहाल र पोस्ट प्रोडक्सन नोभिस आर्ट्सको रहेको छ। रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ सजन शाहले गरेका हुन्।
ग्लोबल हायरको प्रस्तुति तथा कुसुम पाठक निर्मात्री रहेको यस म्युजिक भिडियोलाई ओएसआर डिजिटलको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो। भिडियोमा दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ।
ताजा
पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न
२०८३ कार्तिक १५ गते, आईतवार
पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न
२०८३ कार्तिक १५ गते, आईतवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक १० गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





