गौँथली’ले मनायो ५१औँ दिन
काठमाडौं । चलचित्र ‘गौंथली’ले प्रदर्शनको ५१औँ दिन मनाएको छ । यो वर्षको हालसम्मको सर्वाधिक धेरै कमाउने सिनेमामा दर्ज भएको ‘गौँथली’ले काठमाडौं उपत्यकाभित्र र बाहिर गरेर तीन दर्जनभन्दा धेरै हलमा ५१औँ दिन माउन सफल भएको हो ।
‘गौँथली’ हाल ४३ हलमा प्रदर्शनरत छ । “हाम्रो सिनेमा आज ४३ हलमा ५९ शो सहित प्रदर्शन भइरहेको छ,” निर्माता सुमन गिरीले भने, “हालसम्म २८ करोड ८० लाख ५ हजार ५२५ रुपैयाँ कलेक्सन गरेको छ ।”
अधिकांश सिनेमालाई एक हप्ता पनि हलमा टिक्न कठिन भइरहेको समयमा यो चलचित्र भने नेपाली सिनेमा उद्योगकै दोस्रो धेरै कमाउने चलचित्र बन्दै ५१औँ दिनसम्म पुगेको हो । ‘पूर्ण बहादुरको सारङ्गी’पछि यो सिनेमा नेपाली सिनेमा उद्योगमा सबैभन्दा धेरै कमाउने दोस्रो चलचित्र बनिसकेको छ ।
“हाम्रो मेहनत र दर्शकको मायाले हामी ५१औँ दिन मनाउन सफल भएका छौँ,” निर्देशक कपिल रिजालले भने, “यो मायाले हामीलाई थप जिम्मेवार बनाएको छ ।” थप जिम्मेवार बन्दै चाँडै दर्शकमाझ आउने उनको भनाइ छ । उनले दर्शकलाई धन्याद दिँदै आभार प्रकट गरेका छन् ।
डा. कपिल रिजालको निर्देशनमा बनेको ‘गौँथली’मा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना र लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय रहेको छ ।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको फिल्मकी कार्यकारी निर्माता सरला रिजाल हुन् । निर्माता सुमन गिरी र डा. कपिल रिजाल रहेका छन् ।
ताजा
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबार
बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
२०८३ भाद्र २२ गते, सोमबार
भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला
२०८३ भाद्र २२ गते, सोमबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबार
उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै
२०८३ भाद्र १९ गते, शुक्रबार
राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी
२०८३ भाद्र १९ गते, शुक्रबार
बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन
२०८३ भाद्र १९ गते, शुक्रबार
आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
२०८३ भाद्र १९ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





