गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

काठमाडौं । चलचित्र ‘गौंथली’ले  प्रदर्शनको ५१औँ दिन मनाएको छ । यो वर्षको हालसम्मको सर्वाधिक धेरै कमाउने सिनेमामा दर्ज भएको ‘गौँथली’ले काठमाडौं उपत्यकाभित्र र बाहिर गरेर तीन दर्जनभन्दा धेरै हलमा ५१औँ दिन माउन सफल भएको हो ।

‘गौँथली’ हाल ४३ हलमा प्रदर्शनरत छ । “हाम्रो सिनेमा आज ४३ हलमा ५९ शो सहित प्रदर्शन भइरहेको छ,” निर्माता सुमन गिरीले भने, “हालसम्म २८ करोड ८० लाख ५ हजार ५२५ रुपैयाँ कलेक्सन गरेको छ ।”

अधिकांश सिनेमालाई एक हप्ता पनि हलमा टिक्न कठिन भइरहेको समयमा यो चलचित्र भने नेपाली सिनेमा उद्योगकै दोस्रो धेरै कमाउने चलचित्र बन्दै ५१औँ दिनसम्म पुगेको हो । ‘पूर्ण बहादुरको सारङ्गी’पछि यो सिनेमा नेपाली सिनेमा  उद्योगमा सबैभन्दा धेरै कमाउने दोस्रो चलचित्र बनिसकेको छ ।

“हाम्रो मेहनत र दर्शकको मायाले हामी ५१औँ दिन मनाउन सफल भएका छौँ,” निर्देशक कपिल रिजालले भने, “यो मायाले हामीलाई थप जिम्मेवार बनाएको छ ।” थप जिम्मेवार बन्दै चाँडै दर्शकमाझ आउने उनको भनाइ छ । उनले दर्शकलाई धन्याद दिँदै आभार प्रकट गरेका छन् ।

डा. कपिल रिजालको निर्देशनमा बनेको ‘गौँथली’मा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना र लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय रहेको छ ।

भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको फिल्मकी कार्यकारी निर्माता सरला रिजाल हुन् । निर्माता सुमन गिरी र डा. कपिल रिजाल रहेका छन् ।

31 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal