कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध
काठमाडौं । धादिङको बेनीघाट रोराङ गाउँपालिका–स्थित कृष्णभीरमा सडक भासिएपछि काठमाडौं–मुग्लिन सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ।
बागमती प्रदेश ट्राफिक प्रहरी प्रमुख डिल्ली नारायण पाण्डेका अनुसार भोटेकोशी हुँदै आएको बाढीको कटानबाट कृष्णभीरमा सडक भासिएपछि दुवैतर्फको यातायात आवागमन पूर्णरूपमा रोकिएको हो।
सडक अवरुद्ध भएपछि मुग्लिनतर्फ तथा काठमाडौं आउने–जाने सवारीसाधन प्रभावित भएका छन्। आइतबार बिहान भोटेकोशी नदीमा बाढीको बहाव बढेको सूचना जारी भएसँगै काठमाडौं–मुग्लिन सडकखण्ड करिब एक घण्टा बन्द गरिएको थियो।
बाढी पूर्वानुमान महाशाखाका अनुसार धादिङको गल्छीस्थित बाढीमापन केन्द्रमा त्रिशूली नदीको जलसतह करिब ३ मिटरले बढेको थियो। यद्यपि, जलसतह घटेपछि उक्त खडकखण्ड पूर्णरूपमा सञ्चालनमा आएको थियो। तर, त्यसको केहीबेर पछि सडक पूर्णरूपमा अवरुद्ध भएको हो।
अहिले सडक खुलाउने प्रयास भइरहेको जनाइएको छ। यात्रु तथा सवारी चालकलाई अवस्था सामान्य नभएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न वा यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन पाण्डेले आग्रह गरेका छन्।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





