कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध

२०८३ भाद्र १४ गते, आईतवार

काठमाडौं । धादिङको बेनीघाट रोराङ गाउँपालिका–स्थित कृष्णभीरमा सडक भासिएपछि काठमाडौं–मुग्लिन सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ।

बागमती प्रदेश ट्राफिक प्रहरी प्रमुख डिल्ली नारायण पाण्डेका अनुसार भोटेकोशी हुँदै आएको बाढीको कटानबाट कृष्णभीरमा सडक भासिएपछि दुवैतर्फको यातायात आवागमन पूर्णरूपमा रोकिएको हो।

सडक अवरुद्ध भएपछि मुग्लिनतर्फ तथा काठमाडौं आउने–जाने सवारीसाधन प्रभावित भएका छन्। आइतबार बिहान भोटेकोशी नदीमा बाढीको बहाव बढेको सूचना जारी भएसँगै काठमाडौं–मुग्लिन सडकखण्ड करिब एक घण्टा बन्द गरिएको थियो।

बाढी पूर्वानुमान महाशाखाका अनुसार धादिङको गल्छीस्थित बाढीमापन केन्द्रमा त्रिशूली नदीको जलसतह करिब ३ मिटरले बढेको थियो। यद्यपि, जलसतह घटेपछि उक्त खडकखण्ड पूर्णरूपमा सञ्चालनमा आएको थियो। तर, त्यसको केहीबेर पछि सडक पूर्णरूपमा अवरुद्ध भएको हो।

अहिले सडक खुलाउने प्रयास भइरहेको जनाइएको छ। यात्रु तथा सवारी चालकलाई अवस्था सामान्य नभएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न वा यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन पाण्डेले आग्रह गरेका छन्।

17 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध

२०८३ भाद्र १४ गते, आईतवार

कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध

२०८३ भाद्र १४ गते, आईतवार

विपद्को बेला सरकारलाई सहयोग गर्ने सभापति गगन थापाको भनाई

२०८३ भाद्र १४ गते, आईतवार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal