सवारीचालक अनुमतिपत्रको राजस्व अबदेखि अनलाइनबाटै तिर्न सकिने

२०८३ असार ३२ गते, बिहीबार

काठमाडौं । सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिन तथा नवीकरण गर्न चाहने सेवाग्राहीले अबदेखि अनलाइनमार्फत नै राजस्व भुक्तानी गर्न सक्ने भएका छन्।

यातायात व्यवस्था विभागले (भोलि) शुक्रबारदेखि लागू हुने गरी लाइसेन्ससम्बन्धी अनलाइन प्रणालीमा राजस्व भुक्तानीको सुविधा थपेको हो । विभागका सूचना तथा प्रविधि निर्देशक केशव खतिवडाले खबरहबसँग कुरा गर्दै हालसम्म सेवाग्राहीले अनलाइनबाट आवेदन फाराम मात्र भर्न सक्ने व्यवस्था रहेकामा अब राजस्वसमेत सोही प्रणालीबाट तिर्न मिल्ने जानकारी दिए।

‘लाइसेन्स लिन चाहने नयाँ सेवाग्राही तथा नवीकरण गर्ने सेवाग्राहीका लागि शुक्रबारदेखि अनलाइन प्रणालीमार्फत नै राजस्व भुक्तानी गर्न सकिने व्यवस्था गरेका छौँ,’ उनले भने । उनका अनुसार नयाँ व्यवस्थासँगै सेवाग्राहीले राजस्व तिर्न बैंकमा पुगेर लाइन बस्नुपर्ने झन्झटबाट मुक्ति पाउनेछन्। यसले समय र खर्च दुवै बचत हुनुका साथै सेवा प्रवाहलाई थप छरितो र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

10 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

सवारीचालक अनुमतिपत्रको राजस्व अबदेखि अनलाइनबाटै तिर्न सकिने

२०८३ असार ३२ गते, बिहीबार

सवारीचालक अनुमतिपत्रको राजस्व अबदेखि अनलाइनबाटै तिर्न सकिने

२०८३ असार ३२ गते, बिहीबार

नेपाल मेडिकल कलेजका विएस्सी नर्सिङ विद्यार्थीहरूलाई ‘सिमुलेसन अन ट्रायेज म्यानेजमेन्ट’ प्रशिक्षण

२०८३ असार ३२ गते, बिहीबार

ध्रुवे हात्तीलाई नयाँ रेडियो कलर जडान, ६ इन्च दाह्रा काटियो

२०८३ असार ३२ गते, बिहीबार

सप्तकोसीमा पानीको बहाव बढ्दै, २१ ढोका खोलियो

२०८३ असार ३२ गते, बिहीबार

इङ्ग्ल्यान्डलाई हराउँदै लगातार दोस्रो पटक अर्जेन्टिना विश्वकप फाइनलमा

२०८३ असार ३२ गते, बिहीबार

‘माया भनेकै यस्तो होला’को पोस्टरमा दीलको हल्दी डे

२०८३ असार ३१ गते, बुधबार

आजदेखि बजारमा भरी सिलिण्डर ग्यास

२०८३ असार ३१ गते, बुधबार

फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा

२०८३ असार ३१ गते, बुधबार

कित्ताकाटसम्बन्धी व्यवस्थामा भएको प्रतिबन्धात्मक वाक्यांशको अपव्याख्या गरिएको भन्दै नेपाल लेखापढी व्यावसायी एसोसिएसनको आपत्ति

२०८३ असार २९ गते, सोमबार

‘हर्मुज जलमार्ग बन्द, अमेरिकासँग ‘वारपार’ को स्थिति

२०८३ असार २८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal