कवि गाउँलेको आँशु कल्यिै रित्तिदैन सार्वजनिक

२०८३ असार २६ गते, शुक्रबार

काठमाडौँ । युवाकवि, गीतकार एवं पत्रकार सनत गिरी ‘गाउँले’द्वारा लिखित कविता संग्रह ‘आशु कहिल्यै रित्तिदैन’को विमोचन गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति विष्णुविभु घिमिरेले उक्त कविता संग्रहको बिमोचन गर्नु भएको हो ।
साथै सोही कार्यक्रमका आयोजक संस्था राष्ट्रिय यात्रा सप्ताहिकद्वारा स्थापित राष्ट्रिय यात्रा विशेष पत्रकारिता पुरस्कार २०८३ द्वारा बरिष्ठ पत्रकार ताराचन्द्र देवकोटालाई सम्मानित गरिएको थियो । पूरस्कारको रासी ५ हजार रुपैया र प्रमाणपत्र रहेको थियो । देवकोटालाई नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति घिमिरेले पुरस्कार अर्पण गर्नु भएको थियो ।

सोही कार्यक्रमबीच विभिन्न व्यक्तित्वहरुलाई राष्ट्रिय यात्रा सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा नेपाल प्रज्ञा प्रष्ठिानका पूर्वउपकुलपति बिष्णुविभु घिमिरेले सम्मानित विभिन्न व्यक्तिहरुलाई सम्मानपत्र प्रदान गर्नु भएको थियो । सम्मानित हुनेहरुमा देब ग्रुप प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत नविन सिलवाल, वरिष्ठ अधिवक्ता चन्द्र काÇले, वरिष्ठ समाजसेवी तथा राजनीतिज्ञ गोकर्णराज सिटौला, समाजसेवी तथा राजनीतिज्ञ राजकुमार जोशी, रेडियो मिरमिरे ८९.४ मेगाहर्ज, नेपाल नेश्नल पार्किट एण्ड डेकोरेटर्सका प्रबन्ध निर्देशक नबराज धमला, वरिष्ठ पत्रकार इश्वरी वाग्ले, सेतो घर डटकमका प्रधान सम्पादक कमल पन्थी, नेपाल व्यापार संघका अध्यक्ष गिरिराज पोखरेल, वरिष्ठ पत्रकार किशोर शर्मा, पूर्ण मासिककी प्रधानसम्पादक सम्झना वन, वरिष्ठ साहित्यकार एवं लहरा त्रैमासिकका प्रधानसम्पादक राम सञ्जेल, साहित्यकार एवं समालोचक युवराज मैनाली, साहित्यकार तारा सुवेदी, मिडिया नेपाल प्रा.लि. का संचालक विनोद सापकोटा, राजनीतिज्ञ एवं समाजसेवी चेवनबहादुर तुम्बाहाङ लिम्बु, मिडिया ठाँटीका प्रमुख कार्यकारी अधिकृत दामोदर भट्ट, नागरिक अभियन्ता सुवर्ण थापा र युवा पत्रकार भेषराज पाण्डे रहनुभएको थियो ।

यो कार्यक्रमको विशेष अतिथि देव गु्रप प्रा.लि. का अध्यक्ष नरेन्द्र बल्लभ पन्त रहनु भएको थियो । यस कार्यक्रममा राष्ट्रिय यात्रा साप्ताहिकका प्रमुख संवाददाता तिर्थराज गिरीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । राष्ट्रिय यात्रा साप्ताहिकका प्रधान सम्पादक/प्रकाशक सनत गिरी ‘गाउँले’ को सभापतित्वमा भएको यस कार्यक्रमको भेषराज पाण्डेले सहजिकरण गर्नु भएको थियो ।

41 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

युवा : उमेर होइन, सम्भावनाको नाम हो

२०८३ श्रावण २७ गते, बुधबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal