मेसीले रचे इतिहासः उच्च गोलकर्ताको कीर्तिमानी
काठमाडौँ – अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकपको इतिहासमा सर्वकालीन उच्च गोलकर्ताको कीर्तिमान आफ्नो नाममा लेखएका छन् ।
अमेरिकाको टेक्ससस्थित डलास स्टेडियममा सोमबार राति भएको समूह ‘जे’ को खेलमा अस्ट्रियाविरुद्ध टोलीका लागि सुरुआती गोल गर्दै ३८ वर्षीय मेसीले यो ऐतिहासिक सफलता हात पारेका हुन् । आफ्नो छैटौँ विश्वकप खेलिरहेका मेसीको विश्वकपमा गोल सङ्ख्या १८ पुगेको छ ।
खेलको ३८औँ र इन्जुरी समयको थप गरिएको समयमा अर्को गोल गर्दै उनी पुरुष र महिला दुवै विश्वकपको इतिहासमै सबैभन्दा बढी गोल गर्ने खेलाडी बने । उनले ब्राजिलकी महान् महिला खेलाडी मार्ताको १७ गोलको कीर्तिमानलाई पछि पारेका हुन् ।
यसअघि गत साता अल्जेरियाविरुद्ध ३–० को जित निकाल्ने क्रममा ह्याट्रिक गर्दै मेसीले जर्मनीका मिरोस्लाभ क्लोजको १६ गोलको कीर्तिमान बराबरी गरेका थिए । अस्ट्रियाविरुद्धको खेलमा मेसीले सुरुवाती समयमा पेनाल्टी भने चुकाएका थिए । सन् २००६ मा पहिलो पटक विश्वकप खेलेका मेसीले देशका लागि २०१ खेल खेल्दै १२१ गोल गरिसकेका छन् । उनी लगातार छ वटा विश्वकपमा गोल गर्ने तेस्रो खेलाडी समेत बनेका छन् । मेसीको यो उत्कृष्ट लयले सन् १९६२ मा ब्राजिलपछि लगातार दोस्रो पटक विश्वकप उपाधि जित्ने पहिलो टोली बन्ने अर्जेन्टिनाको सपनालाई बलियो बनाएको छ ।
व्यक्तिगत चोट र पारिवारिक समस्याका बाबजुद मेसीको उपस्थिति टोलीका लागि सधैँ ऊर्जादायी बन्ने गरेको छ । मेसीका बुबा हाल अस्वस्थ रहेको र उनको उपचार भइरहेको बुझिएको छ । ह्यामिस्ट्रिङको समस्याका बाबजुद मैदान उत्रिएका मेसीबारे मिडफिल्डर एलेक्सिस म्याक एलिस्टारले भने, “यदि कसैलाई लियोविना यो टोली राम्रो छ भन्ने लाग्छ भने, आज प्रस्ट भयो कि लियो नै हाम्रा लागि सबैभन्दा महत्त्वपूर्ण खेलाडी हुन् ।”
अमेरिकी क्लब इन्टर मायमीबाट व्यावसायिक फुटबल खेलिरहेका मेसीले उत्तर अमेरिकामा भइरहेको यो विश्वकप खेल्ने विषयमा अन्तिम समयसम्म पनि पक्का गरेका थिएनन् । यद्यपि, साविक विजेता अर्जेन्टिनाको नेतृत्व उनैले गर्नेमा सबै विश्वस्त थिए । चार वर्षअघि अर्जेन्टिनालाई विश्वकप दिलाउन पूर्व बार्सिलोना तथा पीएसजीका यी जादूगरले मुख्य भूमिका खेलेका थिए ।
ताजा
मेसीले रचे इतिहासः उच्च गोलकर्ताको कीर्तिमानी
२०८३ असार ९ गते, मंगलवार
मेसीले रचे इतिहासः उच्च गोलकर्ताको कीर्तिमानी
२०८३ असार ९ गते, मंगलवार
आज रास्वपाको बन्दसत्र, प्रतिनिधिलाई परिचय वितरण
२०८३ असार ९ गते, मंगलवार
प्रधानमन्त्री बालेन शाहकी स्वकीय उपसचिव प्रकृति ढकाल रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
२०८३ असार ९ गते, मंगलवार
आधुनिक प्रबिधिले आजको नारिलाई धेरैनै आधुनिक बनाएको छ
२०८३ असार ९ गते, मंगलवार
कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण
२०८३ असार ५ गते, शुक्रबार
किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?
२०८३ असार ५ गते, शुक्रबार
‘क्याप्टेन साब’को सकियो छायांकन
२०८३ असार ५ गते, शुक्रबार
‘रोल नं १’को टिकटमा ५० प्रतिशत
२०८३ असार ५ गते, शुक्रबार
फाइभ जीका लागि सरकार र सेवा प्रदायक दुवै तयार
२०८३ असार ५ गते, शुक्रबार
के नेपालको धर्म, कला र संस्कृति आज हराउँदै गएको हो ?
२०८३ असार ५ गते, शुक्रबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





