हामी र हाम्रो कृति समाजको २५औँ कृति मीरा न्यौपाने गजुरेलको मुक्तकसङ्ग्रह ‘मधुरिमा’ सार्वजनिक

२०८३ जेष्ठ २४ गते, आईतवार

काठमाडौं । मिति २०८३ साल जेठ २३ गते हामी र हाम्रो कृति समाजको २५औँ कृति मीरा न्यौपाने गजुरेलको मुक्तकसङ्ग्रह ‘ मधुरिमा’ गैरीगाउँ तीनकुने, काठमाडौँमा स्थित नासा कलेजको हलबाट लोकार्पण कार्यक्रम सम्पन भयो ।

दीपोज्वलन साथै राष्ट्रिय गान सहित सुरु गरिएको उक्त कार्यक्रमको सञ्चालन बृन्दा ढुङ्गानाज्यूले अत्यन्त उत्कृष्ट तरिकाले गर्नुभएको थियो भने स्वागत मन्तव्य हामी र हाम्रो कृति समाजकी उपाध्यक्ष नम्रता उप्रेतीज्यूले दिनुभएको थियो ।

हामी र हाम्रो कृति समाजका अध्यक्ष मदन प्रसाद नेपालज्यूको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रमको प्रमुख अतिथिको आसनमा लीलाध्वज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष वरिष्ठ साहित्यकार विजयध्वज थापाज्यू रहनु भएको थियो भने विशिष्ट अतिथिको आसनमा वरिष्ठ साहित्यकार एवम् साहित्यिक सञ्चारकर्मी तथा आवरण प्रकाशनका संस्थापक रमेश पौडेलज्यू, शारदा मासिक पत्रिकाका सम्पादक विमल भौकाजीज्यू, मुक्तक अभियन्ता एवम् हातेमालो साहित्य संगमका अध्यक्ष सुनिल अधिकारीज्यू रहनुका साथै विमोचित कृतिका समीक्षकको आसनमा दियालो साहित्यिक सरगमका कोषाध्यक्ष एवम् मुक्तककार प्रकाश बस्नेत गफाडीज्यू रहनुभएको थियो ।

संस्थाका सचिव बद्री उप्रेतीज्यूको कुशल व्यवस्थापनमा सञ्चालन भएको उक्त कार्यक्रममा प्रमुख अतिथि र विशिष्ट अतिथिज्यूहरूले विमोचित कृतिमाथि सटिक विश्लेषण गर्दै मीरा न्यौपाने गजुरेलज्यूद्वारा लिखित मधुरिमा मुक्तकसङ्ग्रह साहित्यको भण्डारमा एक उत्कृष्ट कृतिको रूपमा रहने कुरामाथि प्रकाश पार्दै कृतिकारलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो । त्यसैगरी विमोचित कृतिका समीक्षक प्रकाश बस्नेत गफाडीज्यूले मघुरिमा मुक्तकसङ्ग्रहमा समेटिएका हरेक मुक्तकहरू अत्यन्तै राम्रा र गहन भावमा सजिएको हुँदा पाठकहरूको मन छुनेमा कुनै दुविधा नरहेको कुरा बताउनु भएको थियो । त्यस्तै विमोचित कृतिका सम्पादक मिना चौलागाईँज्यूले कृतिमा समेटिएका मुक्तकहरू सम्पादन गर्दा कतै पनि गल्ती नहोस् भनेर आफूले सक्दो मेहनत गरेको कुरा बताउनुका साथै कृतिकारको साहित्यिक यात्राको बारेमा छोटो टिप्पणी गर्नुभएको थियो । विमोचित कृतिका कृतिकार मीरा न्यौपाने गजुरेलज्यूले कृति प्रकाशनमा सहयोग गर्नुहुने सम्पूर्णमा हार्दिकता ज्ञापन गर्नुभएको थियो । संस्थाको सचिव बद्री उप्रेतीज्यूले कृतिकारलाई बधाई दिँदै कृति सफलताको लागि शुभकामना व्यक्त गर्नुका साथै आगामी दिनमा संस्थाले गर्ने कार्यक्रमको बारेमा छोटो जानकारी गराउनु भएको थियो ।

लगभग ८७ जना उपस्थित साहित्यकारहरू मध्यबाट रचना वाचन गर्नुहुनेहरूमा सुभद्रा अधिकारी,पूर्ण बहादुर श्रेष्ठ ुहृदयङ्कृत’ रामेश्वर के।सी, प्रमुना पौडेल, एम पि पाण्डे, मन भुजेल, कमला घिमिरे, सुस्मिता अधिकारी, सोविता छत्कुली, खगेन्द्र बस्याल, भागिरथी ज्ञवाली, विष्णु थापा ‘विछोड’, पार्वती भट्ट, सरिता थापा, नानु राना थापा, सत्यन श्रेष्ठ, लब खड्का, संगिता निरौला, सामिन निरौला, रिना आचार्य, नम्रता उप्रेती, खगेन्द्र बस्पाल र बद्री उप्रेतीले विमोचित कृतिबाट रचना वाचन गर्नुभएको थियो ।

अन्त्यमा कार्यक्रमका सभाध्यक्ष मदन प्रसाद नेपालले आजको कार्यक्रम ऐतिहासिक भएको र विमोचित कृति नेपाली साहित्यको भण्डारमा उदाहरणीय दस्तावेजको रूपमा रहने कुरामा आफू विश्वस्त रहेको र उक्त कृतिका कृतिकार मीरा न्यौपाने गजुरेललाई बाधाई तथा शुभकामना दिँदै कार्यक्रमलाई सभ्य र भव्य रूपमा सम्पन्न गराउन उपस्थित हुनुभएका सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दै सभा विसर्जन भएको जानकारी गराउनु भएको थियो ।

20 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

मध्यरातमा फेसबुकमार्फत प्रधानमन्त्रीको व्यंग्यः ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर दिनुस् न’

२०८३ जेष्ठ २४ गते, आईतवार

मध्यरातमा फेसबुकमार्फत प्रधानमन्त्रीको व्यंग्यः ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर दिनुस् न’

२०८३ जेष्ठ २४ गते, आईतवार

हामी र हाम्रो कृति समाजको २५औँ कृति मीरा न्यौपाने गजुरेलको मुक्तकसङ्ग्रह ‘मधुरिमा’ सार्वजनिक

२०८३ जेष्ठ २४ गते, आईतवार

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

हाउसफूल हुँदै ‘रोल नं १’

२०८३ जेष्ठ २१ गते, बिहीबार

यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार

२०८३ जेष्ठ २१ गते, बिहीबार

विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित

२०८३ जेष्ठ २१ गते, बिहीबार

टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान

२०८३ जेष्ठ २१ गते, बिहीबार

आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा

२०८३ जेष्ठ २१ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal