हाउसफूल हुँदै ‘रोल नं १’
काठमाडौं । प्रदर्शनको पहिलो दिनदेखि नै राम्रो प्रतिक्रिया पाएको चलचित्र ‘रोल नं १’ले अब भने व्यापारिक लय पनि समाउन थालेको छ ।
केही सिनेमा हलका केही शो प्रदर्शनको अघिल्लो दिन नै हाउसफूल हुन थालेपछि यो चलचित्रले व्यवसायिक रूपमा पनि लय समात्न थालेको प्रस्ट हुन्छ । शो सुरु हुनुभन्दा २४ घण्टाभन्दा अगाडि नै ‘रोल नं १’का कतिपय शो हाउसफूल भइसकेका छन् । कतिपय शो फिलिङ फास्टमा गएका छन् ।
स्कुलहरूले पूरै शो नै बुक गरेर आफ्ना विद्यार्थीलाई चलचित्र देखाउन लैजान थालेका छन् । जसका कारण बुधबारका कतिपय शो मंगलबार नै हाउसफूल भइसकेका थिए । “हाम्रो चलचित्रमा आएको सकारात्मक वर्ड अफ माउथले काम गर्न थालेको छ । केही स्कुलहरूले आफ्ना विद्यार्थीलाई चलचित्र देखाउन ल्याउन थालेका छन्,” निर्माता विनोद पौडेलले भने, “त्यसैले आजका कतिपय शो हिजो नै हाउसफूल भइसकेका छन् ।”
स्कुलले आफ्ना विद्यार्थीलाई सिनेमा देखाउने क्रम सुरु भएको र यसले निरन्तरता पाउनेमा निर्माता पौडेल ढुक्क छन् । सिनेमा हेर्नेहरूले विद्यार्थी, शिक्षक र अभिभावकले नै हेर्नै पर्ने चलचित्र भन्दै प्रतिक्रिया दिएपछि ‘रोल नं. १’ हेर्नेको संख्या क्रमशः थपिँदै गएको निर्माण पक्षको भनाइ छ । “सबैले चलचित्र राम्रो र हेर्नैपर्ने भन्ने बताएपछि हेर्न आउनेहरूको संख्या थपिँदै छ,” निर्माता पौडेलले भने, “हामी यही दिनको प्रतिक्षामा थियौँ ।”
निर्माता पौडेलको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ पनि सकारात्मक प्रतिक्रियाका कारण चौथो दिनबाट हाउसफूल हुन थालेको थियो । स्कुल–स्कुल र गाउँ–गाउँबाट गाडी रिजर्ब गरेर यो चलचित्र हेर्न आएपछि सिनेमाले ऐतिहासिक ग्रसकलेक्सन गरेको थियो ।
सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई जोन योञ्जनको निर्देशन छ । ‘रोल नं. १’मा मुकुन भुसाल, सुशांक मैनाली, रेणु नाथ योगी, एवन राज उप्रेती, सिर्जना अधिकारी मुख्य भूमिकामा छन् । चलचित्रको बाल–कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ रहेका छन् ।
विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको चलचित्रको सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन् । ‘रोल नं १’लाई महेश दवाडीले लेखेका हुन् । यो सिनेमाको डीओपी शिवराम श्रेष्ठको छ । चलचित्र अहिले देशभरका विभिन्न हलहरुमा शुक्रबारदेखि प्रदर्शन भइरहेको छ ।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





