अनुसन्धानको घेरामा रहँदै आएका वीरगञ्ज महानगरपालिकाका प्रमुख सिंह पक्राउ

२०८३ जेष्ठ १९ गते, मंगलवार

वीरगन्ज। पर्साको वीरगन्ज महानगरपालिकाका प्रमुख -मेयर) राजेशमान सिंह पक्राउ परेका छन्।

उनलाई जिल्लाको सीमावर्ती क्षेत्र ठोरीबाट प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय र मातहतको विशेष सुरक्षा टोलीले उनलाई ठोरी आसपासको क्षेत्रबाट नियन्त्रणमा लिएको प्रारम्भिक विवरण प्राप्त भएको छ। लामो समयदेखि विभिन्न विवाद र अनुसन्धानको घेरामा रहँदै आएका मेयर सिंहलाई कुन निश्चित कसुर वा मुद्दाको सिलसिलामा पक्राउ गरिएको हो भन्नेबारे प्रहरीले आधिकारिक रूपमा विस्तृत विवरण सार्वजनिक गरिसकेको छैन।

यद्यपि, केही समयदेखि उनीमाथि लागेका गम्भीर आरोपहरू र उजुरीका आधारमा अदालतबाट अनुमति लिई वा तत्काल अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हुनसक्ने अनुमान गरिएको छ। ठोरीमा नियन्त्रणमा लिइएका मेयर सिंहलाई अहिले कडा सुरक्षाका बीच जिल्ला प्रहरी कार्यालय ल्याउने तयारी भइरहेको छ।

52 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal