स्रष्टा नेपालको यात्रा भिमानमा ‘उज्यालो औंसी’ माथि चर्चा
काठमाडौं । भौगोलिक अन्वेषण र सांस्कृतिक अध्ययनलाई निरन्तरता दिँदै ‘स्रष्टा पदयात्रा नेपाल’ ले आफ्नो १०६औं श्रृङ्खला सिन्धुलीको भिमानमा सम्पन्न गरेको छ ।
शहीद रघुनाथ कोइराला ट्रस्टको निमन्त्रणमा २९ जना लेखक, साहित्यकार तथा पत्रकारहरुको टोली जेठ १ गते त्यसतर्फ गएको थियो । पदयात्री टोलीले भिमान क्षेत्रको चौतर्फी विकास, सहिद रघुनाथ कोइरालाको ऐतिहासिक योगदानको स्मरण र स्थानीय रैथाने संस्कृतिको सम्वद्र्धनका लागि ऐक्यबद्धता व्यक्त गरेको छ । पानसमा दीप प्रज्वलित गरी शहीदप्रति एक मिनेट मौनधारण गरी कार्यक्रम सुरु गरिएको थियो । कमलामाई नगरपालिका वडा नम्बर १० मा रहेको गौरनटोलको चौतारामा आयोजित कार्यक्रममा ट्रस्टकी संरक्षक तथा शहीद रघुनाथ कोइरालापत्नी कालिकादेवी कोइराला, प्रतिनिधिसभा निवर्तमान सांसद श्यामकुमार घिमिरे, स्रष्टा पदयात्रा नेपालका अध्यक्ष शीतल गिरी, कमलामाई नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष दीपबहादुर कार्की, सामाजिक अभियन्ता सुवास देवकोटा, सोमबहादुर हायुलगायत उल्लेखनीय मात्रामा साहित्यानुरागी र स्थानीयको उपस्थिति रहेको थियो । सो अवसरमा अनिता कोइरालाद्वारा लिखित …उज्यालो औंसीÚ का बारेमा समीक्षात्मक टिप्पणी राख्दै साहित्यकार भारती न्यौपानेले गौरनटोलमा उपस्थित भइरहँदा Úउज्यालो औंसीÚ का पात्रहरूलाई आफैँले भेटिरहेको आभास भइरहेको बताइन् । उनले औंसीले अन्धकारलाई जनाए पनि जीवनका पीडा र कठिनाइहरूलाई चिर्दै उज्यालो भविष्यतर्फ अघि बढ्न प्रेरणा दिने यस उपन्यासको सजीव कथावस्तुले जीवनमा गहिरो र सार्थक प्रभाव पारेको उल्लेख गरिन् ।
सोही अवसरमा अर्का समीक्षक डा. हेम भण्डारीले उज्यालो औंसी का विविध पक्षमाथि समाजशास्त्रीय विश्लेषण गरे । उनले उपन्यासभित्रका नायक रघु र खलनायकका रूपमा चित्रित रंगनाथको समाजलाई बुझ्ने भिन्न दृष्टिकोण र उनीहरूबीचको वर्चस्वको लडाइँ ले गर्दा नै रघुको हत्या भएको रोचक तथा मार्मिक प्रसंगलाई कलात्मक रुपमा प्रस्तुत गरे । भण्डारीले समाजमा व्याप्त कुसंस्कार र असमानताका बीच चेतनाको राँको बाल्न उत्प्रेरित गर्ने यस सुन्दर कृतिका लागि सर्जक कोइरालालाई बधाई दिए । साथै, उनको आगामी सिर्जनशीलता अझ समुन्नत र सशक्त रूपमा अघि बढ्ने विश्वास व्यक्त गर्दै कृतिको पूर्ण सफलताको कामना गरे ।
कार्यक्रममा सिन्धुलीको ऐतिहासिक पृष्ठभूमि, कृषि र पर्यटनको सम्भावना, हायु समुदायको रैथाने संस्कृति र सहिद रघुनाथ कोइरालाको सामाजिक योगदानबारे केन्द्रित रहँदै विशेष विचारगोष्ठी तथा रचना वाचन कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रममा विभिन्न क्षेत्रका बौद्धिक व्यक्तित्व, राजनीतिक विश्लेषक, स्रष्टा तथा स्थानीय प्रतिनिधिहरूले जिल्लाको समग्र विकासका लागि आ–आफ्नो धारणा राखेका थिए ।
सो समारोहमा सुरेश पौडेलले सहिद रघुनाथ कोइरालाको बहुआयामिक व्यक्तित्व र सामाजिक रूपान्तरणमा उहाँले खेल्नुभएको भूमिकामाथि प्रकाश पारे । कोइराला तत्कालीन सिन्धुलीको ब्राह्मण समुदायमा जन्मिएर पनि सामाजिक चेतनाको संवाहकका रूपमा बंगुर पालन सुरु गर्नु सामान्य आँट थिएन भन्दै पौडेलले कोइरालाको हिम्मतको प्रशंसा गरे । पौडेलले शहिद कोइरालाले हाटबजार सञ्चालन, शिव मन्दिर निर्माण, मिल स्थापना तथा यातायातका क्षेत्रमा कोइरालाले पु¥याएको योगदानले सिन्धुलीको सामाजिक, शैक्षिक र कृषि क्रान्तिमा अतुलनीय भूमिका खेलेको चर्चा गरे ।
स्थानीय बुद्धिजीवी तथा समाजसेवी सागरमणि पौडेलले सुरुमा भीम आलेले बस्ती बसाउन थालनी गरेकोले यसको नाम ÚभिमानÚ रहन गएको बताए । æभिमान बजारको इतिहास, वर्तमान र भविष्यæ विषयक प्रसंगमा बोल्दै उनले विगतमा माझी र दनुवार जातिको मुख्य थलो रहेको भिमान, औलो उन्मूलनको सफलतासँगै बेँसीतर्फ विस्तारित भएको जानकारी दिए । इतिहासको त्यो कालखण्ड सम्झँदै उनले विगतमा भिमानवासीले सिन्धुली जानका लागि मात्रै कमला नदीलाई २३–२४ ठाउँमा तर्नुपर्ने कहालीलाग्दो र कठिन यात्रा भोग्नुपरेको स्मरण गरे । तर, समय बदलिएको र वर्तमानमा भिमानले विकासको कोल्टे फेरेको बताउँदै उनले आज भिमानमा गुणस्तरीय विद्यालय, कलेज, बैंकिङ सेवा र सुलभ यातायातजस्ता सम्पूर्ण सुविधाहरू पुगिसकेको बताए ।
साहित्यकार भवानी खतिवडाले सिन्धुली र कृषिको सम्बन्धबारे प्रकाश पार्दै जनकपुरको रातोढिकमा वेणुगोपाल गौडबाट कृषि क्रान्तिको सुरुवात भएको स्मरण गर्दै भिमानबासीलाई कृषिजन्य लाभका विषयमा प्रकाश पारिन् । यसैगरी स्रष्टा सावित्री श्रेष्ठले मरेर पनि बाँच्न सक्नु नै मानिसको सार्थक कर्म हो । रघुनाथ कोइराला आज भौतिक रूपमा नरहे पनि आफ्नो सत्कर्म र समानताको आवाजका कारण अमर हुनुहुन्छ भन्दै उनकी छोरी अनिता कोइरालाले दिवंगत पिताको सत्कर्मलाई साहित्यको माध्यमबाट उजागर गरेकी कारण आज यो गौरनटोलको चौतारो पनि धन्य भएको बताइन् ।
उक्त अवसरमा स्रष्टा पदयात्री मन्दिरा मधुश्रीले स्रष्टा पदयात्रा नेपालका गतिविधिबारे प्रकाश पारिन् । यसैगरी हिमाल विज्ञ तथा प्रसिद्ध नियात्राकार प्रतिक ढकालले परमेश्वरले मानवलाई पृथ्वीमा यथेष्ट भ्रमण गर्न पठाएको यहुदी धर्मको प्रसंग उल्लेख गर्दै आफूले कत्तिको भ्रमणको वर्णन गर्न सकिन्छ त्यसमै पर्यटन प्रवद्र्धन र मानव जीवन सार्थक रहन सक्ने उल्लेख गरे । उनले ऐतिहासिक कालखण्डमा साम्राज्यवादी अंग्रेजलाई हराएर गौरवपूर्ण इतिहास निर्माण गरेको सिन्धुलीले प्रत्येक ढुंगाका टुक्रालाई ब्राण्डिंङ गर्न सक्नुपर्नेमा जोड दिए ।
सो समारोहमा सहिद रघुनाथ कोइरालाले सामाजिक रूपान्तरणमा खेलेका भूमिकाका बारेमा बोल्दै सुरेश पौडेलले सहिद रघुनाथ कोइरालाको बहुआयामिक व्यक्तित्वमाथि प्रकाश पारे । सोही क्रममा स्थानीय अभियन्ता सुवास देवकोटाले कृषिका लागि अनुकूल भूमि र उत्पादनका प्रचुर सम्भावनाहरूका कारण सिन्धुली खाद्यान्नमा आत्मनिर्भर मात्र नभई व्यापारिक बिक्रीवितरणका लागिसमेत सक्षम जिल्ला रहेको प्रष्ट पारे । खनियाखर्क र तिनकन्याजस्ता क्षेत्रहरू जुनार उत्पादनका लागि मुख्य पकेट क्षेत्र रहेको उल्लेख गर्दै उनले गौरवमयी इतिहास बोकेको सिन्धुली कमला नदीका कारण सिँचाइको दृष्टिकोणले समेत अत्यन्त सबल रहेको बताए ।
यसैगरी, हाल भग्नावशेषमा परिणत भएको ऐतिहासिक रानीचुरीबाट मनमोहक सूर्योदय अवलोकन गर्न सकिने र मौसम खुलेका बेला जनकपुरको प्रसिद्ध जानकी मन्दिरको झिलिमिलीसमेत सहजै देखिने हुनाले यस क्षेत्रमा पर्यटनको ठूलो सम्भावना रहेको उनको भनाइ थियो । यसैगरी सोमबहादुर हायुले पुर्खाका ऐतिहासिक प्रसंगहरुको उल्लेख गर्दै लोपेन्मुख जातिका कला संस्कृति सभ्यता जोगाउनुपर्नेमा जोड दिए ।
दीपक अर्यालले देशबाट युवाशक्ति दिनानुदिन पलायन भइरहेको चिन्ताजनक प्रसंग उल्लेख गर्दै स्वदेशमै रोजगारी प्रवद्र्धनका लागि सीपमूलक शिक्षा र तालिममा जोड दिए । वडाध्यक्ष दीपबहादुर कार्कीले स्वस्थ शरीर सकारात्मक चिन्तन र अभियान अनि परोपकारी कर्म स्रष्टा पदयात्रीको पहिचान रहेको उल्लेख गरे । यसैगरी वडा नम्बर ९ का वडाध्यक्ष विनोद प्रधानले कतिपय योजनाहरु सम्बन्धित समुदायसम्म पुग्न नसकेकोमा दुख मान्दै आफू सो को लागि प्रयत्नशील रहेको बताए ।
सो अवसरमा स्रष्टा पदयात्री खोलाघरे साहिंलो घनश्याम प्रसाईं, दुर्गा भवानी भट्ट, शम्भु गजुरेल, भवानी खतिवडा, वासु,पौड्याललगायतले कविता वाचन गरेका थिए । डा. बालचन्द्र मिश्रले हास्यप्रधान प्रसंंग सुनाए । संस्थाका महासचिव गंगाप्रसाद भेटवाल द्वारा सहजीकरण गरिएको कार्यक्रममा उत्तम कोइरालाको स्वागत मन्तव्य रहेको थियो ।
कार्यक्रममा Úउज्यालो औंसीÚ उपन्यासकी उपन्यासकार अनिता कोइरालाले केवल अक्षरको खेती गर्दैमा कोही साहित्यकार बन्न नसक्ने धारणा व्यक्त गरिन् । आफ्ना पिता रघुनाथ कोइरालाले आधिकारिक रूपमा कुनै पुस्तक वा काव्य सृजना नगरे पनि समाजप्रतिको निष्ठा र कर्मका कारण उहाँ कुनै महाकाव्यकारभन्दा कम नरहेको उनले उल्लेख गरिन् ।
सिन्धुलीमा पदयात्री टोलीलाई भव्य स्वागत तथा सम्मान
सिन्धुली साहित्यिक तथा सांस्कृतिक पर्यावरण प्रवद्र्धनका निम्ति निस्किएको पदयात्री टोलीलाई सिन्धुलीका विभिन्न स्थानीय संघ–संस्था, विद्यालय तथा नप्रतिनिधिहरूद्वारा भव्य स्वागत, आतिथ्यता एवं सम्मान गरिएको थियो ।
भ्रमणका क्रममा पदयात्री टोलीलाई शिद्धस्थली अंग्रेजी आवासीय माविका प्रिन्सिपल लक्ष्मी प्रधानले भोजनसहित आत्मीय स्वागत गरेबम थिए । सोही क्रममा पदयात्री टोलीले उमानाथ शास्त्री, सिन्धुलीय साहित्यिक प्रतिष्ठानको अवलोकन भ्रमण गरेको थियो । जर्बुटा कला केन्द्र, सिन्धुलीका कलाकार एवं संरक्षक मण्डलका संरक्षक विश्वम्भर लामिछानेद्वारा पदयात्रीलाई मिठो मोहीले स्वागत गर्दै जर्बुटा कला सम्बन्धित विस्तृत जानकारी गराइएको थियो । पदयात्राकै सिलसिलामा टोली कमलामाई नगरपालिका वडा नम्बर ९ मा अवस्थित सिन्धुलीका ऐतिहासिक शहिदहरू दुर्गा सुवेदी, ऋषिराज देवकोटा आजाद र दलबहादुर रजत मगरको प्रतिमास्थलमा पुगी श्रद्धासुमन अर्पण गरेको थियो ।
यसैगरी वडा नम्बर १० को उमा महेश्वर मन्दिरमा पदयात्री टोलीलाई टीका र पुष्पगुच्छासहित स्वागत गरिएको थियो । मन्दिर दर्शनपश्चात चनारा दोभानमा स्थानीय स्तरमा आयोजित एक विशेष कार्यक्रममा सहभागीहरूलाई रामनामी र रुद्राक्षको माला पहिराएर, टीका लगाई सगुन खुवाएर परम्परागत शैलीमा स्वागत गरिएको थियो । कार्यक्रममा स्थानीय पदयात्री दुर्गाप्रसाद घिमिरेकी १४ वर्षीया साहित्यप्रेमी सुपुत्री स्वस्तिका घिमिरेले स्रष्टा पदयात्रा टोलीलाई टीका र उपहारस्वरुप कलम दिएर विशेष सम्मान गरिएकोले महौल भावुक भएको थियो ।
ताजा
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का
२०८३ जेष्ठ १७ गते, आईतवार
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का
२०८३ जेष्ठ १७ गते, आईतवार
काठमाडौं महानगरद्वारा कक्षा ११ को छात्रवृत्ति परीक्षा आज सञ्चालन
२०८३ जेष्ठ १७ गते, आईतवार
ईश्वरी बरालको नयाँ गीत ‘दही दिन्छु मोही दिन्छु’ सार्वजनिक
२०८३ जेष्ठ १७ गते, आईतवार
चाँगुनारायण नगरपालिका अब ‘योगनगर’
२०८३ जेष्ठ १७ गते, आईतवार
स्रष्टा नेपालको यात्रा भिमानमा ‘उज्यालो औंसी’ माथि चर्चा
२०८३ जेष्ठ १७ गते, आईतवार
नेपालको बलियो बजेटको लक्ष्य नै धनी र गरिबबीच अन्तर साँघरो बनाउने भन्ने थियो, त्यो लक्ष्य कहाँ पुग्यो ?
२०८३ जेष्ठ १७ गते, आईतवार
बजेटः ३६० वस्तुको अन्तःशुल्क खारेज
२०८३ जेष्ठ १५ गते, शुक्रबार
बजेटः १० लाखसम्मको आम्दानीमा १ प्रतिशत आयकर
२०८३ जेष्ठ १५ गते, शुक्रबार
बजेट भाषण शुरु, नेपाली कागजको फाइलमा बजेट बोकेर अर्थमन्त्री क्याबिनेटमा
२०८३ जेष्ठ १५ गते, शुक्रबार
चारवटा शैक्षिक परामर्श व्यवसायीले दिए सरकारलाई यस्तो सुझाव
२०८३ जेष्ठ १५ गते, शुक्रबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





