‘ल्याङ्ग ल्याङ्ग’मार्फत युवा पुस्ताको कथा भन्दै बलिराम

२०८३ जेष्ठ १३ गते, बुधबार

काठमाडौं । निर्देशक बलिराम चौहानले नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन् । गतवर्ष ‘द ब्ल्यू लाइट’ निर्देशन गरेका चौहानले चलचित्र ‘ल्याङ्ग ल्याङ्ग’ निर्माणको घोषणा गरेका हुन् ।

निर्देशक चौहानले सोमबार थिम पोस्टरसहित टाइटल अनाउन्स गर्दै चलचित्र ‘ल्याङ्ग ल्याङ्ग’ निर्माणको घोषणा गरेका हुन् ।  स्काइफल पिक्चर्सको प्रस्तुति रहने चलचित्र ‘ल्याङ्ग ल्याङ्ग’को स्लोगन ‘हरेक युवाको कथा’ राखिएको छ । यसले युवा पुस्ताको कथा भन्ने प्रस्ट पार्छ । ‘ल्याङ्ग ल्याङ्ग’ सामान्यतया युवा पुस्ताले आफ्नो साथी सर्कलमा प्रयोग गर्ने शब्द हो । यसको अर्थ ‘किचकिच’ अथवा एउटै कुरामा पटकपटक कर गर्ने वा दोहोर्‍याएर दिने तनाव हो ।

‘पालना गर्ने वाचा र बाँच्ने उद्देश्य : यो जीवनको लागि यति मात्र हो’ भन्ने वाक्यसहित निर्देशक चौहानले थिम पोस्टर सेयर गरेका छन् । थिम पोस्टरमा कुनै एक सहरको पार्कमा एउटा झोला, झोलामा हेडसेट, बाफ उडिरहेको कफी, कफीको बट्टामा लब साइन, छरिएका दुईटा डायरी र पेन । जिन्सको आउटर र कालो चस्मा र अलपत्र परेको बुके र सँगै रहेको गुड भाइब्स लेखिएको स्टिकर । तथा थिम पोस्टरमा रहेको ग्रे कलर । यी सबै कुराले अचानक प्रेममा धोका पाएको प्रेमीको कथा ‘ल्याङ्ग ल्याङ्ग’ले भन्ने संकेत गरेको छ ।

‘पालना गर्ने वाचा र बाँच्ने उद्देश्य : यो जीवनको लागि यति मात्र हो’ भन्ने निर्देशकको लाइनले पनि प्रेममा गरेको वाचा तोडेर गएको प्रेमिकाको कथा र त्यसको तनावमा रहेको प्रेमीको संकेत गर्छ ।

‘ल्याङ्ग ल्याङ्ग’को कथा बलिराम चौहान र उपश्री खतिवडाले लेखेका छन् । कलाकार, प्राविधिक, छायांकन, रिलिज डेटबारे निर्देशकले केही बोलेका छैनन् । निर्माता को हो भन्नेबारे पनि निर्देशकले केही बताएका छैनन् ।

बलिराम चौहानको गत वर्षको ‘द ब्ल्यू लाइट’ले राम्रो समीक्षा पाएको थियो । तर निर्वाचनको माहोलका कारण यो चलचित्र हल रिलिजको तेस्रो दिन नै निर्माण टिमले हलबाट निकालेको थियो ।

59 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal