‘ल्याङ्ग ल्याङ्ग’मार्फत युवा पुस्ताको कथा भन्दै बलिराम
काठमाडौं । निर्देशक बलिराम चौहानले नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन् । गतवर्ष ‘द ब्ल्यू लाइट’ निर्देशन गरेका चौहानले चलचित्र ‘ल्याङ्ग ल्याङ्ग’ निर्माणको घोषणा गरेका हुन् ।
निर्देशक चौहानले सोमबार थिम पोस्टरसहित टाइटल अनाउन्स गर्दै चलचित्र ‘ल्याङ्ग ल्याङ्ग’ निर्माणको घोषणा गरेका हुन् । स्काइफल पिक्चर्सको प्रस्तुति रहने चलचित्र ‘ल्याङ्ग ल्याङ्ग’को स्लोगन ‘हरेक युवाको कथा’ राखिएको छ । यसले युवा पुस्ताको कथा भन्ने प्रस्ट पार्छ । ‘ल्याङ्ग ल्याङ्ग’ सामान्यतया युवा पुस्ताले आफ्नो साथी सर्कलमा प्रयोग गर्ने शब्द हो । यसको अर्थ ‘किचकिच’ अथवा एउटै कुरामा पटकपटक कर गर्ने वा दोहोर्याएर दिने तनाव हो ।
‘पालना गर्ने वाचा र बाँच्ने उद्देश्य : यो जीवनको लागि यति मात्र हो’ भन्ने वाक्यसहित निर्देशक चौहानले थिम पोस्टर सेयर गरेका छन् । थिम पोस्टरमा कुनै एक सहरको पार्कमा एउटा झोला, झोलामा हेडसेट, बाफ उडिरहेको कफी, कफीको बट्टामा लब साइन, छरिएका दुईटा डायरी र पेन । जिन्सको आउटर र कालो चस्मा र अलपत्र परेको बुके र सँगै रहेको गुड भाइब्स लेखिएको स्टिकर । तथा थिम पोस्टरमा रहेको ग्रे कलर । यी सबै कुराले अचानक प्रेममा धोका पाएको प्रेमीको कथा ‘ल्याङ्ग ल्याङ्ग’ले भन्ने संकेत गरेको छ ।
‘पालना गर्ने वाचा र बाँच्ने उद्देश्य : यो जीवनको लागि यति मात्र हो’ भन्ने निर्देशकको लाइनले पनि प्रेममा गरेको वाचा तोडेर गएको प्रेमिकाको कथा र त्यसको तनावमा रहेको प्रेमीको संकेत गर्छ ।
‘ल्याङ्ग ल्याङ्ग’को कथा बलिराम चौहान र उपश्री खतिवडाले लेखेका छन् । कलाकार, प्राविधिक, छायांकन, रिलिज डेटबारे निर्देशकले केही बोलेका छैनन् । निर्माता को हो भन्नेबारे पनि निर्देशकले केही बताएका छैनन् ।
बलिराम चौहानको गत वर्षको ‘द ब्ल्यू लाइट’ले राम्रो समीक्षा पाएको थियो । तर निर्वाचनको माहोलका कारण यो चलचित्र हल रिलिजको तेस्रो दिन नै निर्माण टिमले हलबाट निकालेको थियो ।
ताजा
अरबौंको घाटामा गएको डिडिसी सुधारमा कृषि मन्त्री गिता चौधरी पनि उदासिन
२०८३ असार २७ गते, शनिबार
अरबौंको घाटामा गएको डिडिसी सुधारमा कृषि मन्त्री गिता चौधरी पनि उदासिन
२०८३ असार २७ गते, शनिबार
अन्तरआत्माको आवाज जहां नागरिक आफैंलाई जलाउन बाध्य हुन्छ
२०८३ असार २७ गते, शनिबार
रुसमा दुई रोबोटले गरे विवाह, एआईको नयाँ प्रदर्शन
२०८३ असार २७ गते, शनिबारकाठमाडौंको बुद्धनगरमा फेरि अर्को आत्मदाहको प्रयास
२०८३ असार २७ गते, शनिबार
कीर्तिपुरमा रहेको होल्डिङ सेन्टरमा बाढी बस्दा सुकुम्बासीको उठीवास
२०८३ असार २७ गते, शनिबार
सुधन गुरुङलाई ज्ञानेन्द्र शाहीको कटाक्षः तपाईं गृहमन्त्री हो कि कन्टेन्ट क्रियटर ?
२०८३ असार २६ गते, शुक्रबार
गणेशको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाइने
२०८३ असार २६ गते, शुक्रबार
गणेश नेपालीको आत्मदाह प्रकरणः सक्दो प्रयास गर्यौँ, बचाउन सकेनौँः वीर अस्पताल
२०८३ असार २६ गते, शुक्रबार
‘गौँथली’को चर्चा चुलियो, युट्युबको ट्रेन्डिङ नम्बर १ मा
२०८३ असार २६ गते, शुक्रबार
कवि गाउँलेको आँशु कल्यिै रित्तिदैन सार्वजनिक
२०८३ असार २६ गते, शुक्रबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





